ओलीसँग टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं

२०८२ बैशाख १०

कठडमाडौं बैशाखा १०, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिवद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
‘उक्त आतंकवादविरुद्धको लडाईमा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: