आफूले तत्काल कुनै पनि पार्टीमा नजाने : र।वल

२०८१ पुष २८

काठमाडौं पुस ११, पाँच दशकदेखि राजनीतिमा सक्रिय रावलले आफू एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताएका छन् । “एमालेबाट निकालिसकेपछि अब एमालेमा रहने भन्ने प्रश्नै भएन,’’ एमालेबाटै अलग भएका नेताहरूले गठन गरेको नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन आफूलाई प्रस्ताव आएको रावलले बताएका छन् ।
“मलाई माधव नेपालजीले धेरै अगाडि भेट्नुभएको थियो । ‘लौ, यो पार्टीमा आउनुप¥यो’ भन्नुभएको थियो । तर मैले मेरा विचारहरू देश र जनताबारेका धारणाहरूबारे तपाईँहरूका धारणा के छन्, ती पहिले प्रस्ट हुनुप¥यो भनेँ, । आफूलाई “कुनै पदको मोह नभएको“ बताउँदै रावलले ‘विदेशी हस्तक्षेप’, ‘अर्थतन्त्र’ र ‘नागरिकता’ लगायतका विषयमा आफूले नेकपा एकीकृत समाजवादीका धारणा माग गरेको बताए ।

एमाले विभाजन हुनुअघि रावल माधवकुमार नेपालसँग नजिक मानिन्थे । हाल एकीकृत समाजवादीमै रहेका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल वि.सं. २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पहिलो पटक कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्री हुँदा रावल उनको स्वकीय सचिव बनेका थिए ।
त्यसको झण्डै २० वर्षपछि वि.सं. २०६६ सालमा बनेको माधवकुमार नेपालको नेतृत्वको सरकारमा रावल गृहमन्त्री बनेका थिए ।
एकीकृत समाजवादीका नेताहरूसँगको व्यक्तिगत निकटताका कारण पनि कतिपयले रावल एकीकृत समाजवादीमा जाने आशंका व्यक्त गरेका थिए ।

रावलले माधव नेपालसँग भएको भेटको प्रसङ्ग उल्लेख गर्दै भने, “ती कुराहरूमा तपाईँहरूका धारणा के छन् भन्नुहोस् त्यसपछि विचार गरौँला भनेको थिएँ । ती कुराहरू अलि स्पष्ट भएनन् । त्यसकारण अहिले तत्काल कुनै पनि राजनीतिक दलसँग मेरो कुनै वार्ता भएको छैन ।’’
आफ्ना शुभचिन्तक र समर्थकहरूको सुझावका आधारमा अबको राजनीतिक यात्रा तय गर्ने बताएका छन् ।
“अरू पार्टीमा जाने मैले सोचेको छैन,’’ भने ।
“देश र जनताको भावना र देशको आवश्यकताबमोजिम, जनताको आकांक्षा अनुसार र मलाई साथ दिने साथीहरू, नागरिक, देशभक्तका सरसल्लाह र सुझाव लिएर जस्तो दिशामा जानुपर्छ, म त्यो दिशामा जान्छु ।’’
‘हतार, उत्तेजना र आवेगमा’ कुनै पनि निर्णय नलिने बताएका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले रावललाई आफ्नो पार्टीमा आउने ढोका सँधै खुल्ला रहेको बताए ।
“उहाँ विगतमा पनि हामी केपी ओली प्रवृत्तिविरुद्ध लड्दा नेतृत्व गर्ने व्यक्ति हो । विद्रोह गर्ने बेलामा हामीले आउनुहोस् भन्दा उतै बस्नुभयो । तर पनि हामीले उहाँलाई सँधै स्वागत गर्छौँ भनेका छौँ, ।’’
“उहाँले ‘समय आयो भने सोचौँला’ भन्नुभएको थियो, अब समय आयो, उहाँले पनि सोच्नुहोला ।’’
गृह र रक्षामन्त्री भइसकेका रावलको विशेष गरी सुदूरपश्चिमका केही जिल्लाहरूमा पकड भएको जानकारहरू बताउँछन् । पछिल्लो संसदीय निर्वाचनमा एमालेले रावललाई गृहजिल्ला अछाममा टिकट दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्: