पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम

२०८१ मंसिर १४

काठमाण्डौं मंसीर १३, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको ‘स्थानीय सरोकार’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निगरानी दैनिक मिडिया प्रा.लिद्धारा सञ्चालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ‘विकास निर्माण, सम्वृद्धि र पुर्ननिर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम गरेका थिए ।
जसमा गाउँपालिकाको कार्यसम्पादन÷मुल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगी, बढ्दो साइवर अपराध नियन्त्रणमा वर्तमान रुप अवस्था, यस्ता अपराधबाट कसरी बच्ने, तथा नमूना गाउँपालिका कसरी सवलिकरण र सक्षम र जनमुखी प्रशासन सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
जसमा प्रशिक्षकका रुपमा नेपाल प्रहरीका विषयविज्ञ अब्बल प्रहरी कर्मचारीहरु साथै ३० वर्षसम्म कानून कार्वान्यवन निकायमा काम गरेका कानूनी व्यवसायीहरुबाट प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रुपमा मानववेचविखन तथा ओसारपोसार कार्यालय ववरमहलका विषयविज्ञ प्रहरी नायव उपरीक्षक दिपक शाह, साइवर ब्यूरो भोटाहिटीका इन्जिनियर÷विषयविज्ञ प्रहरी निरीक्षक दिपा भट्टराई, कानुनी अघिवक्ता गोविन्द पन्थी उपस्थित रहेका थिए ।
जस अन्तरर्गत पहिलो दिन पाँचपोखरी थाङ्पाल गापाका जनप्रतिनिधी, निजामति कर्मचारी, बुद्धिजीवी, सरोकारवाला स्थानीय तहमा कार्यरत सुरक्षाकर्मीहरु तथा स्थानीयहरुलाई सञ्चारकर्मी जीवन शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल, गाउँपालिकाका प्रमुख सल्लाकार शिशिर वाइवा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित रहेका थिए ।
यस्तै, गाउँपालिकाका वडाध्यक्षहरु आलोक कुमार स्याङ्वो, बाबुलाल स्याङ्वो, निमा छिरिङ, विष्णु बहादुर खड्का, वडाका वडा सचिवहरु, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यपालिका सदस्य तथा कर्मचारीहरु, पालिका अन्तरर्गतका विद्यालयका प्रधानाध्यापकहरु, लगायतको उपस्थिती रहेका थिए ।
गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको विकास, सम्वृद्धि र क्षमता अभिवृद्धिका साथै सम्भावित अपराध न्यूनीकरणका निम्ति कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: