उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिए

२०८१ भाद्र ३०

काठमाडौं भाद्र ३०, आइतावार निर्वाचन तोक्न सरकारलाई परामर्श दिइएको बारे जानकारी आयोगका सहसचिव प्रवक्ता नारायण प्रसाद सापकोटाले प्रेस विज्ञप्ति प्रकाशित गरि जानकारी दिइएको छ । प्रेस विज्ञप्तिमा उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिइएको हो ।
वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उप–प्रमुख १ र वडा अध्यक्ष २१ गरी देहायका जम्मा ३९ रिक्त पदमा संवत् २०८१ मंसीर १६ गते आइतवार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आयोगबाट नेपाल सरकारलाई परामर्श दिइएको छ ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ वमोजिम जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उप–निर्वाचनद्वारा हुने जनाएको छ । साथै उप–निर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था भए वमोजिम परामर्श दिइएको हो ।
क्रमशः कोशी प्रदेश अन्तर्गत झापा वडा–६, अध्यक्षको लागि कन्काई नगरपालिका, मोरङ जिल्ला, अध्यक्ष ग्रामथान गाउँपालिका वडा–६, तेह्रथुम जिल्ला, वडा अध्यक्ष लालीगुराँस नगरपालिका वडा–८, सुनसरी जिल्ला वडा अध्यक्ष गढी गाउँपालिका वडा–६, ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख,ओखलढुंगा वडा अध्यक्ष मोलुङ गाउँपालिका वडा–५, उदयपुर जिल्ला वडा अध्यक्ष त्रियुगा नगरपालिका वडा १२, वडा अध्यक्ष वेलका नगरपालिका वडा–९,
मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्ला वडा अध्यक्ष डाक्नेश्वरी नगरपालिका वडा –४, धनुषाजिल्ला वडा अध्यक्ष धनुषाधाम नगरपालिका वडा–१, महोत्तरी जिल्ला वडा अध्यक्ष रामगोपालपुर नगरपालिका वडा–२, रौतहट जिल्ला वडा अध्यक्ष ईशनाथ नगरपालिका वडा–७, वडा अध्यक्षराजपुर नगरपालिका वडा ६, वडा अध्यक्ष गढीमाई नगरपालिका–८, बागमती प्रदेश दोलखा
जिल्ला उपाध्यक्ष गौरिशंकर गाउँपालिका, काठमाडौं जिल्ला नगर प्रमुख कीर्तिपुर नगरपालिका,
वडा अध्यक्ष कीर्तिपुर नगरपालिका वडा–१, वडा अध्यक्ष कीर्तिपुर नगरपालिका वडा–४, वडा अध्यक्ष काठमाडौं महानगरपालिका वडा–१६, नुवाकोट जिल्ला वडा अध्यक्ष ककनी गाउँपालिका वडा–२, मकवानपुर वडा अध्यक्ष हेटौडा उप–महानगरपालिका वडा–१२, गण्डकी प्रदेश, गोरखा जिल्ला वडा अध्यक्ष गोरखा नगरपालिका वडा–५ लुम्बिनी प्रदेश गुल्मी जिल्ला वडा अध्यक्ष मुसिकोट नगरपालिका वडा–१, रोल्पा जिल्ला वडा अध्यक्ष रुन्टीगढी गाउँपालिका वडा–४, बर्दिया जिल्ला वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका वडा–४, कर्णाली प्रदेश दैलेख जिल्ला अध्यक्ष महाबु गाउँपालिका, वडा अध्यक्ष दुल्लु नगरपालिका वडा–१३,कालिकोट जिल्ला वडा अध्यक्ष तिलागुफा नगरपालिका वडा–४, जाजरकोट जिल्ला उप–प्रमुख नलगाड नगरपालिका, वडा अध्यक्ष कुसे गाउँपालिका वडा–७, डोल्पा जिल्ला वडा अध्यक्ष त्रिपुरासुन्दरी नगरपालिका–५, हुम्ला जिल्ला उपाध्यक्ष सर्केगाड गाउँपालिका, रुकुम जिल्ला (पश्चिम भाग) वडा अध्यक्ष सानीभेरी गाउँपालिका वडा–५, सुदूरपश्चिम प्रदेश बाजुरा
उपाध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका, बझाङ जिल्ला वडा अध्यक्ष सूर्मा गाउँपालिका–४, डोटी
वडा अध्यक्ष पूर्वीचौकी गाउँपालिका–६, दार्चुला वडा अध्यक्ष दुहुँ गाउँपालिका–५, कैलाली जिल्ला जिल्ला समन्वय समिति प्रमुख, कञ्चनपुर जिल्ला वडा अध्यक्ष भीमदत्त नगरपालिका–६, गरि ३९ रिक्त स्थानमा उप–निर्वाचनका लागि सरकारलाई सिफारिस गरिएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३को दफा २० को उपदफा (२) वमोजिम उप–निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समितिको प्रमुख, उप–प्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिका प्रमुख, उप–प्रमुख, वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा संवत् २०८१ मंसीर १६ गते नै उप–निर्वाचन गर्ने गरी परामर्श दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: