माओवादी पूर्वनेता थापाको तरक्र्की, ‘एकान्त एग्रो रिर्सोट’ सञ्चालन

२०८१ भाद्र १९

काठमाण्डौं भाद्र १९, नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधव थापा (भुपेन्द्र)ले राजनीति त्यागेर एग्रो टुरिजम व्यवसाय थालेको २ वर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनुभन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेको बताए । उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा मैले रिर्सोट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ ।
उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । उनले भने ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाए पनि ब्यक्तिगत रुपमा कुनै खालको अवसर पाइँन । सँधै अरुको भ¥याङ हुनुभन्दा कुनै व्यवसाय गरेर आफु सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर व्यवसाय थालेको हुँ ।
थापाले भक्तपुरको खरीपाटीस्थिति मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्वृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका हुन् । त्यसकारण उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दूध दिने गाइ छन् । जसले करिव २०० लिटर दैनिक दूध दिइरहेका छन् । बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौ हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्की र एकसय हाराहारी नै कालिज पालिएको छ । माछाका दुइ पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ ।
करिब २३ रोपनी क्षेत्रफलमा शुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिट्टै उद्घाटन गर्ने लक्ष्य बनाएका माधव थापाले रिर्सोट निर्माणको काम करिव सक्किएको पनि बताए । रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना तयारी गरि छिट्टै उद्घाटन गरिने उनले बताए । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमूना हुने उनको भनाइ छ ।
पारिवारिक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैले दुन चाहे दोयर दूध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान चाहे पनि मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खशी जस्ता सबै खालका लोकल चीजहरुको उपलब्धता रिर्सोटमा रहेको उनले बताए । त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत सबै खालका अग्र्यानिक खानेकुरा आफनो रिर्सोटमा पाइने उनले बताए । उद्घाटन नभएपनि रिर्सोटबाट आम्दानी हुन थालेको थापाले सुनाए । अहिले नै दैनिक ४०–५० हजारको व्यापार हुन थालेको उनले बताए । फलस्वरुप आफनो रिर्सोटमा १० जनाले रोजगारी पाएको थापाले बताए ।
साथै उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टा–छुट्टै माटाका घर र पढ््््ने लेख्नेहरुका लागि पुुुस्तकालयको समेत व्यवस्था गरेको बताए ।
अहिलेको राजनीति घृणित भएको, नेताहरु भष्ट्राचारमा लागेको र आफूहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जिवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: