नाडा अटो शो २०२४को प्रदर्शनी भव्यताकासाथ सकियो ः इभी प्रति अवलोकनकर्ताको बढ्दो आकर्षण

२०८१ भाद्र १६

दीपक विष्ट

काठमाडौं भाद्र १७, नाडा अटो शोको प्रदर्शनी भव्यताकासाथ सकिएको छ । ६ दिन सम्म चलेको उक्त प्रदर्शनीमा विश्व अटो बजारमा उत्कृष्ट कहलिएको एसआरएम ब्राण्डको गाडि नेपालमा सार्वजनिक भएको छ । भिजि मोटर्सले चिनमा उत्पादित गुणस्तरीय एसआरएम ब्राण्डका भ्यान नेपाल ल्याएको हो ।
अहिले काठमाडौँको भृकुटीमण्डबमा संचालन भइरहेको ‘नाडा अटो शो २०२४’ मा राखिएका एसआरएमका भ्यानमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । कमर्सियल भ्यानमा अवलोकन गर्ने आउनेको संख्या निकै कम भएपनि एसआरएम ब्राण्ड हेर्ने आउनेहरुको संख्या भने उच्च रहेको छ । अवलोकन गर्ने आउनेहरुले एसआरएमको भ्यानलाई निकै आकर्षकको रुपमा लिएका छन् ।
५ वटा मोडलहरुमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । गाडी खरिद गरेपछि उपभोक्ताले विक्रीपछिको सेवा तथा पार्टपुर्जाको उपलब्धतामा दुःख पाउने सम्भावनालाई पनि मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्वस्तरीय गुणस्तरमा आफैंले गाडी उत्पादन गर्ने कम्पनी एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो । जसकारण कमर्सियल गाडी खरिद गरेपछि आगामी १५÷२० वर्षसम्म यी कम्पनीहरुले राम्रो सेवा तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने बताइएको छ ।
यो माइक्रो भ्यानमा सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेड नेपाली बजारमा सार्वजनिक भएको छ । बजाजको नेपालको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कोले नाडा अटो शो २०२४ को अवसर पारेर उक्त बाइक सार्वजानिक गरेको हो ।
नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ ।
६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।
यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै, स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ ।
भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नाडा अटो शोः कमर्सियल गाडिका स्टलमा शून्य चहल–पहल

गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा कमर्सियल गाडिमा प्रदर्शनीकर्ताको आकर्षण शून्य देखिएको छ । मंगलबारदेखि सुरु भएको अटो शोमा ग्राहकहरुले कमर्सियल गाडि स्टलको बारेमा बुझ्न समेत नआउने गरेको पाइएको हो ।
पछिल्लो समय कमर्सियल गाडिको व्यापार निरन्तर ओरालो लागि रहेको छ । आर्थिक मन्दिसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण कमर्सियल गाडि बिक्री हुन सकेका छैनन् ।
पछिल्लो समय कमर्सियल ईभी गाडि नेपाल आउने गरेको भएपनि व्यापार भने अझै बढ्न सकेको छैन । नाडा अटो शोमा कमर्सियल गाडिका स्टलहरुमा कर्मचारीहरु बाहेक अन्य कुनै ग्राहक र बुझ्न आउनेहरुको संख्या समेत छैन ।
सिप्रदीमा कमर्सियल भेहिकलको बिक्री झण्डै ७० प्रतिशतले ओरालो लागेको छ । यसले कम्पनीलाई थप धरासयी अवस्थामा पुराइ रहेको छ । डल्फिन, कामा र सोकोनको कमर्सियन गाडि बिक्रीमा समेत सुस्तता देखिएको छ ।

नाडा अटो शोमा खल्तीको एकाधिकार, नाडा कै मिलेमतोले दर्शकलाई सास्ती

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२४’ मा टिकटमा खल्ती एपको एकाधिकार देखिएको छ ।
अटो शोमा प्रवेशका लागि सर्वसाधारणबाट २०० रुपैयाँ असुल गर्ने गरेको भएपनि टिकट ब्यवस्था निकै अब्यवस्थित बनाएको पाइएको हो । शोमा प्रवेश हुनका लागि खल्ती एप डाउलोड गर्ने र केवाईसी भेरिभाइड गरेर टिकट गरिद गर्नु पर्ने बाध्यता रहेको छ । जसका ग्राहकहरुलाई आफ्नो मोबाइलमा डाटा प्याक लिएर टिकट काउन्टरमा नै करिब ३० मिनेटभन्दा बढी रोकिनु पर्ने समस्या रहेको छ ।
ग्राहकहरुले नरुचाएका एप खल्ती मार्फत अनिवार्य टिकट खरिद गर्नुपर्ने बाध्यतालाई दर्शकलाई सास्ती भोक्नु परेको छ । नाडाले कम गुणस्तर तथा थोरै ग्राहक रहेको एप मार्फत टिकट खरिद गर्ने लगाएर सर्वसाधारणलाई दुःख दिइरहेको देखिएको छ ।
आजको युग विज्ञान प्रविधिको हो । नाडाले ग्राहकहरुको सहजिकरणका लागि अनलाइन टिकट गर्नु राम्रो भएपनि कुनै एक एप लाई मात्र टिकट जिम्मा दिनु गलत कार्य रहेको अवलोकन गर्न आउनेहरुको गुनासो रहेको छ । एक जनाले बीमा पोष्टलाई भने, ‘११ः३० तिर अटो हेर्ने भृकुटीमण्डबमा पुगेको थिए । क्यास थिएन अनलाइनबाट गरौ भनेको खल्तीबाट मात्र काट्न पाउने रे । मैलै २९ रुपैयाँको डाटा लिए । खल्ती डाउनलोड गरे फेरी के के भेरिफाइड समेत गरे । टिकट काट्न मात्रै ४० मिनेट कुर्नु परो ।’
नाडाले अटोहरुको ब्रान्डिङ भन्दापनि खल्तीको ब्रान्डिङ गरेको अर्का अवलोकनकर्ताले बताए । ‘नाडाले खल्तीको ब्रान्डिङ गरेको हो कि अटोको ब्रान्डिङ गर्ने हो ? थाहा छैन । अवलोकनकर्तालाई कसैबाट टिकट काट्न नत्र भित्रै नजानु भने जस्तै गरेको छ’ उनले भने ।
गोगोरोले काठमाडौंको नाडा अटो शोमा विश्वकै पहिलो हाइपर–इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर–जीएक्स २५० स्मार्टस्कुटरहरूको अनावरण र काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेशनहरूको घोषणा गरेको छ ।
शहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक (नास्डाकः जीजीआर) र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका छन्। उनीहरूले काठमाडौं उपत्यकामा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थानहरूको पनि घोषणा गरेका छन्। जारी नाडा अटो शोमा गोगोरोको एम थ्री स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त घोषणा गरिएको हो। दुई स्वाप स्टेशनहरूको सफ्ट लन्च र फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझेदारहरूसँग स्कूटरहरूको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रिया पछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार भएको हो ।
मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए। ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने बताइएको छ ।
नेबुला इनर्जीले हाल उनीहरूको जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गरिरहेको छ। नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्नेछ। उद्घाटनपछि ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि–बुकिङ गर्ने र दशैंपछि आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन्। बिक्री सुरु गर्नु अघि ४५ स्वाप स्टेसनहरू स्थापना गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेशनका लागि निश्चित स्थानहरूको घोषणा गरेको छ जस अनुसार प्रत्येक २–३ किलोमिटरमा एउटा स्टेशनको उपलब्धता सुनिश्चित हुनेछ। स्टेशनहरू रणनीतिक रूपमा पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा रहनेछन् ।
गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्ने बारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कूटरहरू पावर अप राख्न सजिलो बनाउँछ ।
अन्ततः नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पहरूको संख्याभन्दा धेरै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ ।

गोगोरो पल्स
भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरिएको छ। पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ ।
पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो–डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ–म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई–डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।
पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा संचालित छ जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो। हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल–कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ ।
०–५० प्रतिघण्टा किलोमिटर – ३.०५ सेकेन्ड
९.० किलोवाट – म्याक्सिमम पावर आउटपुट
११,००० आरपीएम – म्याक्सिमम आरपीएम
३७८ एनएम टर्क – रियर व्हीलमा

गोगोरो जेगो
गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ ।

गोगोरो जीएक्स २५०

गोगोरो जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ ।

गोगोरो ब्याट्री–स्वापिङ टेक्नोलोजी

विश्व बजारमा हलुका शहरी सवारी साधनहरूका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्द्रमा एउटा खुला र इन्टरअपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहेको छ। गोगोरो ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित र व्यवसाय र समुदायहरूका लागि गतिशील र बहुमुखी हुन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ ।

ताइवानमा गोगोरो नेटवर्कले ६ लाख १० हजारभन्दा बढी सवारहरूलाई समर्थन गर्छ र २ हजार ५०० भन्दा बढी स्थानहरूमा १२ हजार ५०० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् यसका १.४ मिलियन भन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्। ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशनहरू पेट्रोल स्टेशनहरू भन्दा बढी छन् । ४ लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र आजसम्म ६१५ मिलियनभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिंगले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको छ ।

ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी साधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। ब्याट्री स्वापिङ टेक्नोलोजीले दुई–पाङ्ग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ र सुरक्षित, दिगो र स्केलेबल तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूको सम्बोधन गर्दछ। गोगोरोको ब्याट्री स्वापिङले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको व्यापक प्रयोगसँग सम्बन्धित निम्नलिखित लगायत अन्य धेरै चिन्ताहरूलाई सम्वोधन गर्दछ ।

स्वामित्वको कुल लागतमा कमी

ब्याट्रीहरूको स्वामित्व आवश्यक पर्दैन
ब्याट्री स्वापिंग आईसीई सवारीसाधनहरू रि–फ्युल गर्नुभन्दा छिटो भएकोले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ ।
चार्ज गर्ने समय हटाउँछ – केहि सेकेन्डमै स्वाप गर्न सक्ने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन ।
नेबुला इनर्जीको बारेमा

नेबुला इनर्जी एमजी समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो र यो वातावरणीय रूपमा दिगो र ऊर्जामा आत्मनिर्भर नेपाल निर्माणको नेतृत्व गर्न प्रतिबद्ध नयाँ इनर्जी भेन्चर हो ।

गोगोरोको बारेमा

सन् २०११ मा शहरी ऊर्जा पुनर्विचार गर्न र विश्वलाई स्मार्ट र अधिक दिगो समाधान मार्फत् शहरहरूलाई गतिशील बनाउन प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको गोगोरोले शहरी ऊर्जा वितरण र उपभोग गर्ने तरिका परिवर्तन गर्न इनोभेसनको शक्ति प्रयोग गर्छ। गोगोरो हालै फास्ट कम्पनीको ‘२०२४ वल्र्डस मोस्ट इनोभेटिभ कम्पनी’ हरुको सूचीमा एसिया–प्यासिफिकको सबैभन्दा इनोभेटिभ कम्पनीको रूपमा र विश्वव्यापी रूपमा ३७ औं नम्बरमा परेको थियो। फ्रस्ट एण्ड सुलिभ्यानद्वारा ‘विद्युतीय दुई–पाङ्ग्रे सवारी साधनहरूको ब्याट्री स्वापिङका लागि २०२३ ग्लोबल कम्पनी अफ द इयर’को रूपमा मान्यता प्राप्त, र एमआईटी टेक्नोलोजी रिभिउमा सन् २०२३ का ‘फिफ्टीन क्लाइमेट टेक कम्पनीज टु वाच’ मध्ये एकको रूपमा सूचीकृत गोगोरोको ब्याट्री स्वापिङ र गाडी प्लेटफर्महरूले शहरी गतिशीलतामा नयाँ दृष्टिकोण प्रदान गर्न स्मार्ट, प्रमाणित र दिगो दीर्घकालीन इकोसिस्टम प्रदान गर्दछ। सवारी साधनको डिजाइन र इलेक्ट्रिक प्रोपल्सन, स्मार्ट ब्याट्री डिजाइन, ब्याट्री स्वापिङ र ब्याट्री चार्जिङ र उपलब्धता व्यवस्थापन गर्न उन्नत क्लाउड सेवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने इनोभेसनको अग्रणी बन्ने दिशामा गोगोरो द्रुत रूपमा अगाडि बढेको छ। गोगोरो ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा छ ।

अटो शोः दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको नजर

भृकृटीमण्डबमा ‘नाडा अटो शो २०२४’ अटो शो यसवर्ष चिनिया ईभीमय बनेर संचालक भइरहेको हो । बिक्रीमा सुस्तता देखिएको दुई पाङ्ग्रे साधन हेर्ने आउनेहरुहरुको भने पहिलो नजरमा पर्ने गरेको छ । १० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको आकर्षण देखिएको हो ।
बजाजले सार्वजनिक गरेको पल्सर एनएस ४०० जेड, हिरो, टिभिएस, भेनिला, गोगोरो, अपाची, रोयल इन्फिल्ड लगायतका ब्रान्डहरुमा नाडा अटो शोमा युवाहरु आकर्षण रहेको छ । ब्रान्डहरुले अटो शोलाई लक्षित गर्दै विभिन्न छुट योजना समेत सार्वजनिक गरी रहेका हुन् ।
दुई पाङ्ग्रे साधनमा युवाहरुको लोभलाग्दो आकर्षणका साथसाथै बुकिङ समेत गरी रहेका छन् । अटो शोमा चार पाङ्ग्रे सवारीमा सीमित ब्यक्तिहरुको चहल–पहल रहेपनि दुई पाङ्ग्रे सवारी साधन रहेको स्टलहरुका निकै भिडभाड रहेको छ ।

नाडा अटो शोमा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्नेलाई ७५ हजारसम्म छुट
‘नाडा अटो शो २०२४’ मा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरुले भारी छुट पाउने भएका छन् । स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले ‘सेभिङस एक्स्ट्राभागेन्जा स्किम’ ल्याएको हो ।
स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउने छन् । शोको समयमा स्कुटर बुक गर्ने ग्राहकहरूले अनर २०० र अनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
डेल्टा अटोकोर्प अटो शोको अवसर पारेर आफ्नो नयाँ प्रडक्ट अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर कम्पनीले सार्वजनिक गरेको छ । नेपाली बजारमा १२५सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्येको एक यो स्कुटरमा २२० एमएमको भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ । जसमा कम्बी–ब्रेकिङ सिस्टम (सीबीएस) लाई स्टयाण्डर्डको रूपमा राखिएको छ ।
१२–इन्चको एल्लोय ह्वील्स, टेलिस्कोपिक फ्रन्ट फोर्कस साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटरको मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ बाट सुरू रहेको बताएको छ ।
भृकृटी मण्डबमा नाडा अटो शो २०२४ संचालन भइरहेको छ । एउटै छातामा मुनी नेपालमा उपलब्ध सबै ब्राण्डका गाडि यस मेलामा रहेका छन् ।
पछिल्लो समय चिनबाट ईभी गाडि नेपाल भित्रिने लहर नै लागेको छ । चिनबाट नेपाल आइरहेको स्काइवेलको ई–११ मा ग्राहकहरुको आकर्षण देखिएको छ । ईभी मध्ये सबैभन्दा उत्तम स्काइवेलमा
पछिल्लो समय चिनबाट ईभी गाडि भित्रिने लहर नै आइरहेको छ । एकपछि अर्का गर्दै नेपाली अटो बजार चिनिया ईभीले भरिदै गएको हो । ‘नाडा अटो शो २०२४’ पनिमा अधिकांश ईभी गाडिमा नै अवलोकनकर्ताको आकर्षण देखिएको छ । चिनमा उत्कृष्ट कहलिएको ‘स्काइवेल ई–११’ अहिले नाडा अटो शोमा आउनेहरुको मुख्य नजर पर्ने गरेको छ ।
नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले यो गाडी ४ सय १० किलोमिटर रेन्ज र ५ सय २० किलोमिटर रेन्जमा ल्याएको छ । कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ ।
मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ । नाडा अटो सो अवधि भरी उक्त गाडि बुकिङ गर्नेलाई करिब १ लाखदेखि २ लाखसम्म छुट योजना रहेको छ ।
नाडा अटो शोको ३ दिनमा ३४ भन्दा बढी गाडि बुकिङ भइसकेका छन् ।

पाँच लाख ५९ हजारमा किन्न सकिने

जारी नाडा अटो शो २०२४ मा दुई पाङ्ग्रे साधनमा युवाहरुको आकर्षण उच्च देखिएको छ । अझ बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेडमा युवा वर्गहरु झुम्मिएका छन् ।
हंसराज हुलासचन्द एण्ड को बिक्रेता रहेको पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। भदौ १६ गतेसम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्नेछ । यसपछि भने उक्त साधनमा मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।
बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ ।नाडा अटो सो मा युवाहरुलाई उक्त बाइकलाई समेत बुकिङ गर्ने गरेका छन् ।
१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

बीवाइडीको सिलायन–०७

नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी ल्याएको छ । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘सिलायन–०७’ ल्याएको हो ।
सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको शोमा जानकारी दिइएको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।
सिलायन ईभीको लम्बाई ४८३० एमएम, चौडाई १९२५ एमएम, उचाई १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । सिलायनमा ७१.८ र ८०.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । यसले ५५० देखि ६१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसी साइकलले प्रमाणित गरेको छ ।
सिलायनको इन्टेरियरमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।
नाडा अटो शोमा कम्पनीले ‘बीवाइडी एटो थ्री’ एडभन्स भर्सन अर्थात २०२४ भर्सन र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिन समेत प्रदर्शनीमा राखेको छ ।

एसआरएमका कुन मोडलका मूल्य कति ?
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट÷आवर )
एसआरएम २ सिटर कार्गो (रु. ३८ लाख, ४२ किलो वाट÷आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट÷आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट÷आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट÷आवर)

प्रतिक्रिया दिनुहोस्: