काठमाडौं असोज ९, जेन जी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सडक प्रदर्शनको पहिलो दिन “किशोरहरूको ज्यान जाने गरी गोली चलाउने कार्य कानुनअनुरूप भए नभएको जाँच्ने र जिम्मेवार भूमिकामा रहेकाको गल्ती पाइए कारबाहीका निम्ति सिफारिस गरिने“ बताएका छन् ।
गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको आयोगले बिहीवारबाटै काम थालेको छ ।
“बुधवार शपथ भयो र बिहीवारबाट काम थालेका छौँ,“ अध्यक्ष कार्कीले बीबीसीसँग भने।
जेन जी आन्दोलनः सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन
’जेन जी’ आन्दोलनका बेला सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिको आकारबारे अहिलेसम्म के थाहा छ ?
आयोगलाई “काम थालेका मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन पेस गर्न“ भनिएको छ ।
पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेको तीन–सदस्यीय आयोगलाई एक सहसचिव र एक उपसचिव गरी सात कर्मचारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: