गैरआवासीय नेपाली संघ थाइल्याण्डको अधिवेशन जुलाई २७ मा

२०८२ असार २६

काठमाडौं असार २६, गैरआवासीय नेपाली संघ थाइल्याण्डको अधिवेशन जुलाई २७ मा हुने भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को आज बसेको बैठकले डा.उमेद कुमार पुन सेरपुन्जको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ ।
समितिमा आशा पुन, भारती लिम्बुनी, जमिला कायस्त र बेनी माधव लेखक सदस्य रहेको एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले बताए ।
एनआरएनए थाइल्याण्डको आह्वानमा भएको बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, श्रमिक, व्यापारी, बुद्धिजीवीहरूको उपस्थिति थियो ।
आगामी २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि हुने अधिवेशनमा थाइल्याण्डमा रहेका धेरै भन्दा धेरै गैरआवासीय नेपालीलाई समेट्न प्रयास गर्ने एनआरएनए थाइल्याण्डका अध्यक्ष बस्नेतले बताए ।
’हामीले अधिवेशनलाई भव्य तरिकाले सम्पन्न गर्नुपर्छ । सबैको सहभागिताले मात्र संस्था बलियो हुन्छ,’ बस्नेतले भने, ’थाइल्याण्डमा रहेका नेपालीको समस्या समाधान गर्ने विषयमा हामी एक ठाउँमा हुनुपर्छ । एक भएर मात्र हामीले काम गर्न सक्छौं ।’
बस्नेतले २०२१ देखि अहिलेसम्म २ कार्यकाल एनआरएनए थाइल्याण्डको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: