अचानक आएको रसुवा भेलबाढीको कारण के ठूलो धनजनको क्षेति : वैज्ञानिकहरूले गरे यस्तो अनुमान

२०८२ असार २५

मनकुमार न्यौपाने

काठमाडौं असार २५, वर्ष भएकै थिएन, आयो बाढी । पानी नपरी ठूलो बाढी आउँदा तिब्बती भू–भागमा रहेको हिमताल फुटेको हुन सक्ने प्रारम्भिक अनुमान । बाढीले धादिङ ५, नुवाकोट २, गरि ९ जनाको मृत्यु, २ प्रहरी चिनियाँ ६, सर्वसाधारण ११ गरि जम्मा १९ जना वेपत्ता, गोसाईंकुण्ड, आमा छोदिङ्गो, उत्तरगया, र कालिका गाउँपालिका गरि ४ वटा गाउँपालिका प्रभावित भएका छन् । नुवाकोट २ र रसुवा ५५ गरि ५७ जनाको उद्धार गरिएको छ ।
भौतिक क्षतिमा कन्टेनर २४, इभी गाडी ३५, ६ वटा सिनो ट्रक बगाएको छ । त्रिशुली थ्रीबी हब स्टेशनका टावरहरु र पर्खाललगायत भौति संरचनामा क्षति पु¥याएको छ ।
चिनियाँ तथा अमेरिकी स्याटलाइट तस्विरका आधारमा वैज्ञानिकहरूले रसुवा भेलबाढीको कारण के हुन सक्छ भनेर आंकलन गरेका छन् ।
उनीहरूका अनुसार हिमाली भेगमा बाह्रै महिना जमेर बस्ने हिमतालको माथिल्लो सतहमा पानीको केही अंश तैरिरहेको हुन्छ । सेताम्मे हिमनदीको सतहमाथि पनि त्यस्तै पानीको अंश हुन्छ । खासगरी दिउँसोको समय घामको तापक्रमले पनि हिमताल वा हिमनदीको माथिल्लो पत्र पग्लेर पानी बन्छ ।
यसपालि तिब्बती क्षेत्रबाट त्यस्तै पानीको अंश ठूलो परिमाणमा पग्लेर ल्हेन्दो खोलामा मिसिएको र त्यसले नेपालको तटीय क्षेत्रमा भेलबाढी ल्याएको हुनसक्ने वैज्ञानिकहरूको आंकलन छ । ल्होन्दो खोला तिब्बतबाट बग्दै नेपालतिर आउँछ । यसलाई नेपालमा भोटेकोशी नदी भनिन्छ ।
चाइनिज एकेडेमी अफ साइन्समा अध्ययनरत डा.निकेश खड्काले विभिन्न समयमा खिचिएको ल्हेन्दो खोलाको स्याटलाइट तस्विर सार्वजनिक गर्दै भने, ‘हिमताल वा हिमनदीको माथिल्लो सतहमा रहेको पानी ठूलो परिमाणमा झरेर ल्हेन्दो खोलामा मिसिँदा यस्तो विपत्ति आएको हुनसक्छ ।’
हिमताल वा हिमनदीको माथिल्लो सतहको पानी बग्ने यो प्रक्रियालाई वैज्ञानिक भाषामा ‘सुप्राग्लासियल’ भनिन्छ ।
यो प्रक्रिया निरन्तर चलिरहने हुँदा हिमाली क्षेत्रबाट बगेर आउने खोलामा पानीको तह कहिलेकाहीँ अकस्मात् बढ्न सक्ने डा.खड्का बताउँछन् ।
उनका अनुसार स्याटलाइट तस्बिर हेर्दा ल्हेन्दोको माथिल्लो भागमा सन् २०२१ अघि यस्तो प्रक्रिया थिएन । तर सन् २०२२ यता केही परिवर्तन भएका छन् ।
त्यसयता हिमताल वा हिमनदीको माथिल्लो सतहबाट पानी बग्ने क्रम सुरू भएको देखिन्छ । पानी बग्दै जाँदा सन् २०२३ सम्म एउटा ठूलो ताल नै बनेको रेकर्ड भेटिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: