संक्रमणकालीन संयन्त्रहरूले पीडित केन्द्रित भएर काम गर्नुपर्छ : अध्यक्ष मगर

२०८२ जेष्ठ १४

काठमाडौं जेठ १३, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले संक्रमणकालीन संयन्त्रहरुले पीडित केन्द्रित भएर कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार उलंघनका घटनाका पीडितहरुको न्याय र परिपूरण चिन्ताको विषय भएको भन्दै संक्रमणकालीन संयन्त्रहरुले पीडित केन्द्रीत भएर कार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
घटनाका पीडितहरुको न्याय र परिपूरणका लािग राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेमा आयोग विश्वस्त रहेको उहाले बताए । अध्यक्ष मगरले पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजनाको फितलो कार्यान्वयनले मानवअधिकारको संरक्षण प्रभावकारी हुन नसेकाले आगामी योजना तर्जुमाको चरणदेखि नै सवै सरोकारवालाहरुलाइ सहभागी बनाएर अपनत्वको बिकास गराउन आवश्यक रहेको धारणा राखे ।
चालू आर्थिक बर्षको हालसम्म मानवअधिकार उलंघनसम्बन्धी ५८ वटा उजुरीहरु दर्ता भएको र यसअघिका समेत गरि चालू आर्थिक बर्षमा १६४ वटा उजुरीहरु फछ्यौट गरिएको आयोगले जनाएको छ । आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन अवस्था भने न्यून रहेको अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्: