
काठमाडौं बैशाख १३, मुल्ुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले आजदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको जनाएको छ ।
“अर्थको अर्थ’’ का प्रबन्ध निर्देशक हृदयराज गौतमले विज्ञाप्ति प्रकाशित गरि जानकारी दिएको छ ।
तीन दशकभन्दा लामो अनवरत यात्रा तय गर्दै यस अवस्थासम्म आइपुग्न स्थापनाकालदेखि हामीलाई सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजि क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संस्थाहरु, अर्थशास्त्री र विज्ञापनदाता लगायत आम दर्शकवृन्दप्रति आभार व्यक्त गर्दछौं ।
आगामी दिनमा यस कार्यक्रमको माध्यमबाट मुल्ुकका युवा उद्यमी एवं पछिल्ला दिनमा सूचना प्रविधिमा आएको परिवर्तन र सातै प्रदेशका आर्थिक सामग्रीहरुलाई अझै परिष्कृत गर्दै अघि बढ्ने संस्थाका प्रवन्ध निर्देशक ह्रदयराज गौतमले बताउनु भएको छ । यसैगरी आगामी दिनमा अन्य टेलिभिजनहरुमा समेत कार्यक्रम निर्माण गरी प्रसारण गराउने योजना रहेको प्रवन्ध निर्देशक गौतमले जानकारी दिनुभयो ।
मुलुकमा हुने गरेका आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई हामीले केलाउँदै समाचार एवं विशेष कार्यक्रमको रुपमा निर्माण गरी राष्ट्रको पहिलो टेलिभिजन नेपाल टेलिभिजनमा अनवरत रुपमा प्रसारण गर्दै आइरहेको यहाँलाई अवगतै छ । यसै सन्दर्भमा वर्तमान परिस्थितिमा मुलुकको आर्थिक क्षेत्रले केही गति लिएको अवस्था र आगामी दिनमा अझै विस्तार भई आर्थिक गतिविधिहरु चलायमान हुँदै जाने संस्थाले विश्वास एवं अपेक्षा लिएको छ । साथै आगामी दिनमा आर्थिक क्षेत्रले अझ बृहत्तर प्रगती गर्दै नयाँ फड्को मार्ने विश्वास लिएका छौं । गौतमले विज्ञाप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: