सल्यानमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १७ जना घाइते

२०८१ चैत्र १५

काठमाडौं चैत्र ११, सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–३, गतियानास्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे.१ज १२१४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सल्यान शारदा नगरपालिका–१, का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका–३, तिमिलेका ६४, वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिताकुमारी बुढा, ३५ वर्षीय शेरबहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गीता चन्द, गीता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका–५, की २१ वर्षीया भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका–४, की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका–२, की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका–१०, का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका–२, की २६ वर्षीया ललिता बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जिप सडकमा पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस्: