
मन कुमार न्यौपाने
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा गत आर्थिक वर्ष २०७९÷०८० मा मानव अधिकारको उल्लङ्घन वा हनन् भएको भन्दै १०० उजूरी दर्ता भएका छन् । आयोग उजुरी कारबाही सम्बन्धी निर्देशिका २०६९ को बुँदा नं. ४० (क) को ब्यवस्था बमोजिम मानव अधिकारको उल्लङ्घन दरुत्साहनमा दर्ता भएका उजूरीहरु सार्वजनिक भएका हुन् ।
यसअवधि र अघिल्ला वर्षहरुमा दर्ता भएका सहित ३५४ उजूरीमाथि अनुसन्धान सम्पन्न भएको आयोजले जनाएको छ । गत आर्थिक वर्षमा दर्ता हुन आएका उजुरीहरु मध्ये प्रमुख महासन्धिको आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित ४६ रहेका छन् भने सबैभन्दा कम जर्बजस्ति ब्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको समासन्धि अन्तर्गतको रहेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षमा उजूरी माथि ४२ पटक बैठक बसी ४०४ निर्णय गरेकोमा ११० वटा उजूरीमाथि सिफारिस हुँदा सिफारिससम्बन्धी ११५ वटा निर्णय भएको आयोजले जनाएको छ । सिफारिससम्बन्धी निर्णय मध्ये कारवाही र क्षतिपूर्तिको लागि उजूरीगत १०२ वटा सिफारिस छन् भने नीतिगत सुधारको लागि १३ वटा सिफारिसहरू गरिएका छन् । कारवाही र क्षतिपूर्तिलाई छुट्टयाएर हेर्दा कानूनी कारवाही र विभागीय कारवाहीको लागि सिफारिस गरिएको संख्या ७६ भएकोमा दोषीको नाम किटान गरिएको संख्या ६६ रहेको छ । क्षतिपूर्तिसँग मात्र सम्बन्धित संख्या ५९ रहेको छ । अघिल्ला आर्थिक वर्ष र यस आर्थिक वर्षमा दर्ता भएका ४०४ उजुरीउपर निर्णय भएको, जसमध्ये २७८ वटा तामेली, ११ वटा खारेजी र अन्य पुनः पेश गर्न आदेश भएका छन् ।
आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लंघन दुरुत्साहनमा दोषी पहिचान भएका व्यक्तिहरूको संख्या ३५८ जना पुगेको छ । आयोगले स्थापनादेखि मानव अधिकार उल्लंघनका पीडितलाई क्षतिपूर्ति राहत उपलब्ध गराउन २८ करोड १३ लाख १ हजार एक सय ९७ रूपैया सिफारिस गरी पठाएकोमा करिब ७ करोड बराबरको रकम निकासा भएको छ । विगत आर्थिक वर्षको तुलनामा सो आर्थिक वर्षमा सिफारिस कार्यान्वयन अवस्थामा सुधार आउन नसकेको आयोगको भनाइ रहेको छ ।
चालु आवको ६ महिनामा ५८ उजुरी
चालु आर्थिक वर्ष २०८०/८१ को अवधिमा मानव अधिकार उल्लंघन दुरुत्साहन भएको भनि ५८ उजुरी दर्ता भएका छन् । यस आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा पनि दर्ता भई अनुसन्धान हुन बाँकी रहेका ११७ वटा उजूरी माथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ ।
यता, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४४ वटा उजूरीमा अन्तिम निर्णय हुँदा ३७ वटा उजुरीमा कारबाही तथा क्षतिपूर्तिको लागि सिफारिस र ७ वटा उजुरी तामेली तथा खारेजी गर्ने निर्णय भएको छ । सिफारिस भएका ३७ वटा उजूरीमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारवाही गर्न र अन्य विषयमा १५ सिफारस गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: