अर्थ
पूर्व प्रम ओली सरकार ढल्ने गरी भदौ २३ र २४ गतेको घटनामा देशैभर भएको धनजनको व्यापक क्षतिलाई लिएर विभिन्न अनुमान गरिएका छन्। सबै खाले सत्ता आकांक्षी त्यसलाई आफ्नो अनुकुल व्याख्या गरिरहेका छन् ।
विघटित प्रतिनिधि सभामा उपस्थित पुराना राजनीतिक दलहरूले यसलाई भयानक देशी–विदेशी षड्यन्त्रका रूपमा प्रस्तुत गर्न खोजेका छन् ।
जनसाधारणको ठूलो समूह राजनीतिक दलका नेताहरूमाथि भएको आक्रमणमा कत्ति पनि दुःखी छैन। तर कुनै संगठनले नियोजित रूपमा विनाश गराएको हुनुपर्छ हो भन्ने मानिरहेको छ ।
के साँच्चै हजारौं वा लाखौंको संख्यामा मान्छेहरू निश्चित उद्देश्यका लागि कुनै योजना र संगठन बिना परिचालित हुन सक्दैनन ? बृहत् स्तरमा कुनै रचनात्मक काम गर्न वा विध्वंश मच्चाउन सुगठित संगठन वा केन्द्रीय योजना नै चाहिन्छ ?

प्रतिक्रिया दिनुहोस्: