
खगेन्द्र न्यौपाने
जर्मनीमा बोलिने अन्य भाषाहरू :
जर्मनीको आधिकारिक मानक भाषा जर्मन हो । देशको ९५% प्रतिशतभन्दा बढीले पहिलो भाषाको रूपमा जर्मन वा जर्मन बोलीहरू बोल्छन् । १.५ बिलियन बोल्नेहरूको लागि अगे्रेजी भाषा संसारभरि सबैभन्दा धेरै र व्यापक रूपमा बोलिने जर्मन भाषा हो । विशेषगरि इन्टरनेटमा अङ्ग्रेजी भाषाले विश्वव्यापी सञ्चारको प्रमुख भाषाको स्थान लिएको पाइन्छ । जर्मनीमा सबैभन्दा बढी बोलिने चार भाषामध्ये, अङ्ग्रेजीः भाषा जनसंख्याको ५६% अङ्ग्रेजी बोल्छन् । फ्रान्सेली : जनसंख्याको १५% फ्रान्सेली बोल्छन् । रुसी : जनसंख्याको ५% रूसी बोल्छन् र टर्की ः जनसंख्याको १.८% टर्की बोल्छन् । अङ्ग्रेजी र जर्मन एउटै पुर्खाभाषा परिवारबाट आएको हुनाले, अङ्ग्र्रेज र जर्मनहरूको लागि अङ्ग्रेजी भाषा त्यति गाह्रो छैन । तर विशेष गरी यदि तपाई जर्मन भाषाको मूल निवासी होइन र जुन कुनै भाषाहरूको इन्डो–युरोपियन परिवारसँग सम्बन्धित नभएमा जर्मन भाषा सिक्न अलि गाह्रो हुनसक्छ, तर तपाईंको मूल भाषा जे भए पनि, र जर्मन तपाईलाई शुरुमा गाह्रो र अप्ठ्यारो पनि लाग्नसक्छ तर निराश नहुनुहोस् किनभने स्वभावैले सुरुमा जे पनि गाह्रो, साह्रो अप्ठ्यारो अनि अनौंठो र असजिलो हुनेगर्छ ।
जर्मन भाषा बोल्दाका कतिपय शब्दहरू भारोपेली भाषासित धेरै शब्दहरू करिब मिल्दा रहेछन् । जस्तैः दामन दामेन, हंश (हाँस) हंश, पुछन् पुछ्नु, नाइँ नाइन् आदि । जर्मन भाषा जर्मन इन्डो–युरोपियन भाषा परिवारको पश्चिमी जर्मन भाषा हो र यो भाषा मुख्यतया मध्ययुरोपमा बोलिने भाषा हो । यो जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड, लिकटेन्स्टाइन र दक्षिण टायरोलको इटालियन प्रान्तमा सबैभन्दा धेरै र व्यापक रूपमा बोलिने र आधिकारिक वा सह–आधिकारिक भाषा पनि हो। जर्मनीमा सबैभन्दा बढी बोलिने भाषाहरूमध्येमा जर्मन, रुसी, टर्की, पोलिस, कुर्दिस, इटालियन, ग्रीक, अरेबियन, डच, सार्बियन, सर्बियाई, क्रोएसियन, स्पेनिश र अङ्ग्रेजी बोल्ने गरिन्छ साथै जर्मन भाषालाई कठोर तर आधिकारिक भाषाको रूपमा पनि लिइन्छ ।
जर्मन राष्ट्रगान हालको जर्मन राष्ट्रगान, तात्कालीन अस्ट्रियाई राष्ट्रियगानको रूपमा सुरु भएको थियो । जर्मनीको राष्ट्रगानको इतिहास शब्दभन्दा धुन (सङ्गीत) पुरानो छ । सन् १७९६ मा जोसेफ हेडनले पवित्र रोमन सम्राट फ्रान्सिस द्वितीयको जन्मदिन मनाउनको लागि रचना गरेका थिए । जुन गीतलाई ‘सम्राटको भजन’ भनिन्थ्यो । तत्कालीन अष्ट्रियाली प्रसिद्ध सङ्गीतकार जोसेफ हेडनले राष्ट्रगानको पहिलो पङ्क्ति – ‘भगवान फ्रान्सिस सम्राटको रक्षा गर्नुहोस्, हाम्रा असल र महान सम्राट फ्रान्सिस !’ तर अनौंठो कुरो यो पनि छ कि, बेलायती गानको प्रतिध्वनि भगवान महारानीलाई बचाऊ !’ यस राष्ट्र धुनलाई सन् १९१८ सम्म अस्ट्रिया–हङ्गेरी साम्राज्यको पतन नहुँदासम्म अस्ट्रियाको राष्ट्रगानको रूपमा प्रयोग गरिएको थियो ।
नाजी शासन र दोस्रो विश्वयुद्धको समयकालमा, पहिलो हरफ–(‘जर्मनी, सबैभन्दा माथि जर्मनी’) त्यो पङ्क्ति खासमा, तत्कालीन नाजी शासनको साम्राज्यवादी नीति, योजना र उद्देश्यसँग जोडिएको थियो । युरोपका देशहरू बीचको युद्धपछि सम्पूर्ण युरोपमा नाजीहरूले सो राष्ट्रगानसमेत प्रयोग गरेका थिए ।
जर्मन राष्ट्रगान सन् १९२२ देखि कुनै न कुनै रूपमा परिवार्तन हुँदै र प्रयोग गरिंदै आएको छ । यस गीतका रचनाकार अगस्ट हेनरिक होफम्यान हुन र उनको जन्म सन् १७९८ अप्रिल २ मा जर्मनीको फेल्लेर्सलेबेन, एलेक्त्रोरेट अफ ब्रुन्स्विक–लुनेवर्ग र मृत्यु सन् १८७४ जनवरी १९ कोर्भेमा भएको थियो । ले सन् १७९७ सङ्गीत रचना गरेका थिए । मूलतः त्यस गीतको मुख्य उद्देश्य ः– भगवान्ले फ्रान्सिस सम्राटलाई बचाऊ भनिने उक्त गान, पवित्र रोमन साम्राज्यका सम्राटको थियो । पछि अस्ट्रियाका फ्रान्सिस द्वितीयको जन्मदिनको लागि लेखिएको थियो ।
नेपाली अनुवाद :
एकता र न्याय र स्वतन्त्रता जर्मन मातृभूमिको लागि हामी सबै दाजुभाइको रूपमा हृदय र हातले प्रयास गरौं एकता र न्याय र स्वतन्त्रता खुशीको आधार हो यो खुसीको प्रकाशमा फुलौं, फुलाऔ, जर्मन जन्मभूमि ज्यााmबलल एक कवि, गीतकार र जर्मन अध्ययनका एक अध्येता र प्राध्यापक पनि थिए । साथै उनले जर्मन भाषामा थुप्रै र लोकप्रिय बालगीतहरू पनि लेखेका थिए । जर्मन संस्कृति जर्मनीको संस्कृति र धर्मनिरपेक्षता जस्ता दुबै पक्षहरू यूरोपमा मुख्यतया बौद्धिक एवम् चर्चित मान्यताहरूले आकार लिएका छन् । त्यसैले जर्मनीलाई ऐतिहासिक रूपमा अर्थात् कवि र विचारकहरूको देश (जर्मन भाषामा भनिन्छ । जर्मन संस्कृतिमा जर्मनीको संघीय गणतन्त्रको संस्कृतिका साथै मध्ययुरोपका मुख्यतया जर्मन–भाषी मानिसहरूको सांस्कृतिक सम्पदाका अंशहरू समावेश गरिएका छन् । मध्ययुग “सोह्रौं सत्रौं शताब्दी देखि, जर्मन संस्कृतिले संख्यामा शैली, परम्परा, रितिरिवाज र युग–परिभाषित व्यक्तित्वहरू उत्पादन गरेको छ । जर्मन विभिन्न मुद्दाहरू र सरोकारका विषयहरूमा विशेषतः जर्मन दार्शनिकहरू, कवि कलाकारहरू र साहित्यकारहरूले नयाँ बौद्धिक बहस र अभियानहरू सञ्चालन गर्दै विकासहरूको लागि मार्ग प्रशस्त गरे । केही जर्मन दार्शनिक, कवि साहित्यकार र कलाकारहरू जर्मन सभ्यताको इतिहासका मुख्य पात्रहरू हुन् भनेर गौरव गर्दछन् ।
जर्मन संस्कृति, जर्मन भाषा क्षेत्रको ऐतिहासिक नामको रूपमा जर्मनी, शताब्दीयौंदेखि मुख्य रूपमा साझा भाषाद्वारा परिभाषित गरिएको छ । जर्मनीको संघीय गणतन्त्र, जर्मन–भाषी अष्ट्रिया, स्विजरल्याण्ड, लिच्टेन्स्टिन, दक्षिण टिरोल आदि क्षेत्रका संस्कृति, रीतिरिवाज, परम्पराहरू र चाडपर्वहरू सबै जर्मन भाषा र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित रही रहेका छन् ।
२० औं शताब्दीमा आमसञ्चारको प्रसारले जर्मन समाजमा लोकप्रिय संस्कृतिलाई उच्च प्राथमिकता दियो । तर २१ औं शताब्दीमा इन्टरनेटको व्यापक विस्तार र फैलावटले सांस्कृतिक क्षेत्र र त्यसका परिदृश्यहरूमा अझै विविधतामा भिन्नता ल्याएको छ र क्रमशः तिनका प्रभावक्षेत्र विस्तार गर्दै अनुकूलता र संस्कृतिहरूको विशेषताहरूमा परिवर्तन भएको पनि पाइन्छ ।
धेरै बालकदेखि वृद्धसम्मका जर्मनहरूलाई प्रिय र रोचक लाग्ने चलन र परम्पराहरूमा :
घटनास्थल :
फराकिलो अर्थमा, शब्दले मानिसले काम गरेको, हेरचाह गरेको र सिर्जना गरेको कुरालाई जनाउँछ ः– प्रकृतिमा हामीले अपरिवर्तित पाएको कुराको विपरीत । त्यसैले संस्कृतिलाई मानव सभ्यताका उपलब्धिहरूको समग्रताको रूपमा बुझ्न सकिन्छ ।
जर्मनहरूलाई कम्तीमा विशेष समयनिष्ठ र विशेष गरी अनुशासित भनिन्छ । यदि तपाईं त्यस्ता व्यक्तिहरूलाई चिन्नुहुन्छ भने पनि, त्यहाँ अझै पनि धेरै जर्मनहरू छन् जो सँधै समयमा आउँछन्, सबै कुरा सही र सही रूपमा गर्छन् र धेरै इमान्दार छन् ।
– जर्मनीमा प्रान्तीय राज्यहरूको कानून अनुसार कहीं थोरै कहीँ धेरै सार्वजनिक समारोह, यसको कार्निवल संस्कृति र विश्वव्यापी रूपमा प्रभावशाली क्रिसमसको बिदाहरू छन् । देश विशेष गरी म्यूनिखमा अक्टोबर फेस्टिभल रूपमा चिनिने क्रिसमस रीतिरिवाजहरूको लागि परिचित छ । सन् १९९० अक्टोबर १३ देखि जर्मनीको राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ । साथै यसलाई जर्मन एकता दिवसको रूपमा मनाइन्छ । भनिन्छः युनेस्कोले विश्व सम्पदा सूचीमा जर्मनीका ।
४६ वटा सांस्कृतिक सम्पदाहरू समावेश गरेको छ ।
– जर्मन संस्कृति, जर्मन भाषा क्षेत्रको ऐतिहासिक नामको रूपमा जर्मनी, शताब्दियौंदेखि मुख्य रूपमा साझा भाषाद्वारा परिभाषित गरिएको छ । युरोपमा जर्मन सांस्कृतिक विशेषतालाई विशेष गरी प्रचार र प्रभाव क्षेत्रको रूपमा श्रेय दिइएको पाइन्छ ।
जर्मन संस्कृति, अद्वितीय, रोचक र समृद्ध इतिहासको लागि परिचित छ । यसलाई १,००० वर्षभन्दा अघिदेखि युरोपेली साहित्य, दर्शन, तर्क, वाद, विचार, राजनीति र कलाको अग्रपङ्क्तिमा जोडेको पाइन्छ ।
जर्मन संस्कृतिः तथ्यगत, जर्मनहरूको चालचलन, रीतिरिवाज परम्परा, चाड पर्वहरू जान्न र बुझ्न मानिसहरू, भाषा र संस्कार परम्पराहरूले जर्मन संस्कृतिलाई अद्वितीय बनाउँछ । सिङ्गो यूरोप क्षेत्रको इतिहासमा यसको बलियो प्रभावले मुख्य भूमिका खेलेको बताइन्छ । अन्तर्राष्ट्रिय भाषामा बोल्नेहरूले जर्मनी भन्छन् तर स्वयम् जर्मनहरू चाहीँ डचल्याण्ड भन्छन् । त्यसो त, जर्मनीलाई कवि र विचारकहरूको देश भनेर चिनिन्छ ।
जर्मनीको भू–वनोट भूगोलको परिभाषा, यसको प्रकार, इतिहास र तथ्यका वारेमा ५औं शताब्दी ईसापूर्वमा ग्रीक दार्शनिक र विश्वयात्री हेरोडोटसले प्रदर्शन गरे जस्तै नयाँ र विदेशी ठाउँहरूको बारेमा ज्ञानका भण्डारहरू निर्माण गरिएको थियो। त्यो ज्ञान
प्रतिक्रिया दिनुहोस्: