बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम ककनीमा भएको छ । आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि शुरु भएको थियो ।
नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवद्र्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिमले थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पूराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ ।
प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्व, र चित्राङ्कन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताए ।
यस्तै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिकेको र सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने विश्वास लिइएको बताए । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’
अध्यक्ष शेर्पाले यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए ।
यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पु¥याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्: