
अनिल श्रेष्ठ
अमेरिकी कवि नाथनमोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख छु । धेरै दिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौ विचार र जिज्ञासाहरू उठिरहेको थियो । सुकरात र उनका विचारहरूलाई बुझ्न सुकरात स्वयंले लेखेका किताबहरू बजारमा थिएनन् । किताबको गातोमा सम्पादकको नाम जोडेर प्लेटोको ‘सुकरातको आत्मकथा’ लेखिएका नेपाली अनुवादका किताबहरू बजारमा छ्यासछ्यास्ती थिए । सँधै वस्तुहरूको व्यापार गर्न सिपालु व्यापारीहरूबाट उपभोक्ता नक्कली यो मन कहाँ दुख्छ ।
ठगिनु बजारमा नौंलो होइन । यो कस्मेटिकको जमाना यस्ता कस्मेटिक व्यापारहरूबाट साहित्यका पाठकहरू ठगिनु स्वाभाविक हो । यस्ता ठगहरूले पाठकको सेन्टिमेन्टसँग खेलिरहन्छन् ।
–मैले कम्प्युटरको अगाडि बसेर धेरै चोटि गुगल र विकिपिडिया सुकरातका कविताहरूलाई खोजी गरिरहेँ ।
गुगलले पटकपटक कम्प्युटरको भित्तोमा यही जवान देखाइरह्यो । उनका उद्गारहरूमा सुन्दर कवितात्मक शैलीस एउटा उद्गार देखें (कविहरू ईश्वरका दोभासे मात्र हुन् । –सुकरात
कविहरूका लागि सुकरातका यी शब्दहरू सायद निर्भर लाग्नसक्छ । अझ ती कविहरू जो ईश्वरको अस्तित्वलाई कहिल्यै स्वीकार्दैनन् र आफूलाई नास्तिक भनिरहन्छन्, उनीहरूका लागि सुकरात सन्काहा मनोवृत्तिका कुरूप र भद्दा मानिस लाग्नसक्छ । सोफिस्टहरू यही कुराले सुकरातसँग मुर्मुरिरहन्थे । ती युनानी कविहरू आफूलाई राज्यको सबैभन्दा ज्ञानी, विद्वान् र समाज रूढिवादी संस्कार र अन्धविश्वासहरूबाट उनीहरू मुक्त हुन सुधारक सम्झन्थे । तर समाजको परम्परागत मान्यता, विचार । थिएनन् । सुकरात कविहरूको त्यो विद्वताप्रति कटाक्ष गर्थे ।
‘मेरो प्रिय मित्र, तपाई यो एथेन्स नगरको एकजना महान्, शक्तिशाली र असल नागरिक हुनुहुन्छ । के तपाईलाई आफ्नो अथाह सम्पत्ति र मानसम्मान मात्र जोड्न लाज लागिरहने छैन ? तपाई नीति, सत्य र आत्माको शुद्धीतिर किन ध्यान दिनुहुन्न ?’ प्राचीन युनान राज्यको एथेन्स नगरका सडकहरूमा आफ्ना विचारहरूलाई मानिसहरूबीच सुकरात सँधै यसै गरी प्रचार गरी हिँड्थे ।
सुकरातको त्यो आलोचनालाई युनानी कविहरूले सहन सक्दैनथे । र, उनीहरू सुकरातबाट सार्वजनिक रूपमा आफू अपमान भएको सम्झन्थे । उनीहरू शहरमा सुकरातप्रति बदलाको भावना बोकेर हिँडिरहन्थे । उनीहरू सुकरातका यस्ता कार्यहरूलाई पागलपनको संज्ञा दिँदै सुकरातलाई खिस्याउँथे । तर सुकरात आफ्ना तर्कहरूले समाजमा आफूलाई बुद्धिमान् हुँ भन्नेहरूको उछित्तो काट्थे । आफ्नो पाखण्ड लुकाउन ती कथित बुद्धिजीवीहरू सुकरातलाई अनेकथरी फत्तुर लगाउँथे । एरिस्टोफेनिज नामको एकजना नाटककारले त सुकरातमाथि व्याङ्ग्य गर्दै ‘दि क्लाउड’ नाटक नै लेखेर मञ्चन गरे । तर आफ्ना विचारको प्रवाह गर्नबाट यस्ता आलोचना र टिप्पणीहरूले सुकरातलाई रोक्न सकेन । एथेन्सका अधिकांश युवाहरू सुकरातको विचारबाट प्रभावित थिए र उनीहरू तर्क विधा सिक्न सुकरातकहाँ आउने गर्थे ।
युनानभरि सुकरातका विचारको लोकप्रियता बढिरहेको बेला उनका केही विरोधीहरू भने उनी विरुद्ध सक्रिय रहे । –मिल्टस, लिकन र एनिट्सले सुकरातमाथि शहरका तरुणहरूलाई बिगारेको, ईश्वरनिन्दा गरेको र नास्तिकता फैलाएको आरोप लगाउँदै युनानी अदालतको समक्ष अभियोगको मुद्दा चलाए ।
युनानी कविहरूले मिल्टसको यो अभियानलाई साथ दिइरहे । उनीहरू अदालतले सुकरातलाई दण्ड दिएको हेर्न चाहन्थे । सुकरातले यी सबै अभियोगहरूलाई अस्वीकार गर्दै आफूले पनि गल्ती वा अपराध नगरेको आफ्नो मन्तव्य अदालतमा दिए । उनले आफूमाथि लगाइएका यी आरोपहरू केही व्यक्तिहरूले आफूमाथि आग्रहपूर्वक लगाइएका झुठा आरोप मात्र हुन् भन्ने त पेश गरिरहे । तर उनको सफाइमाथि कुनै सुनुवाइ भएन । र अन्ततः उनलाई मृत्युदण्डको सजाय सुनाइयो । सुकरातलाई मृत्युडण्ड दिने अदालतको निर्णयले सोफिस्ट कविहरू निकै खुस देखिन्थे ।
आफ्नो गुरूप्रतिको सोफिस्टहरूको त्यो दुव्र्यवहार र एथेन्सको अदालतको कठोर निर्णयका कारण प्लेटोले आफूलाई तथाकथित विद्वान् हुँ भन्ने ती एकथरी युनानी कविहरूप्रति लक्षित गर्दै कविहरूलाई देश निकाला गर’ भन्ने अभिव्यक्ति दिए । आफ्नो गुरुको मृत्युडण्डले विक्षिप्त भएका बेला सायद प्लेटोको त्यो एउटा आक्रोशको अभिव्यक्ति थियो तर धेरै कवि, लेखक र साहित्यकारहरूले प्लेटोको त्यो अभिव्यक्तिलाई कविहरूप्रतिको असहिष्णुता र निरङ्कुुश अभिव्यक्ति मान्छन् ।
–कैयौं कविहरूले प्लेटोका विरुद्ध कविता लेखे । आज पनि लेखिरहेका छन् ।
प्लेटो ! तिमी त अस्ताउँदो समयको एउटा उदाउँदो न्यानो घाम कर्पोरेट क्षितिजले छेलिएको इतिहासको एउटा पारिलो याम कहिले कुदिहिँड्छौ कलमसँगै ‘रिपब्लिक’ का क्रूर शासकीय पन्नाहरूमा कहिले यस्सै गफिइरहन्छौ कविताको नैतिकतामाथि बकवास बकवास बोल्दै ‘इयन’का हुकुमी अक्षरहरूमा
कहिले उतर्सिदै फरमान जारी गर्छौं ..
कविलाई निष्कासन गर
मेरो आदर्श गणराज्यबाट ।’
तिनताका सत्ताको शक्तिलाई दुरुपयोग गरेर युनानी बुद्धिजीवीहरूले समाजलाई पथभ्रष्ट बनाउँदै थिए । सामाजिक न्याय, कानुन, मूल्य र मान्यताहरू हराउँदै गएका थिए । कविहरू भोगविलासमा लिप्त थिए र उनीहरू केवल मनोरञ्जनका लागि मात्र लेख्थे । उनीहरूको साहित्यले पाठकको वासनालाई उत्तेजित गथ्र्यो र आवेगपूर्ण बनाउँथ्यो । पाठकहरू त्यस्ता साहित्यबाट दिग्भ्रमित थिए । युवाहरूमा बढ्दै गइरहेको कुण्ठा, निराशा र समाज पतनको दिशातिर बढ्दै गइरहेको यो भयावह दृश्यले प्लेटोलाई व्यथित बनाउँथ्यो । त्यसैले पनि राज्यको संरक्षणमा हुर्किरहेका त्यस्ता विलासी कविहरूप्रति प्लेटोको विमति थियो ।
प्लेटो सुकरातभन्दा झण्डै चारदशकले कान्छा थिए । बीस वर्षको उमेरमा प्लेटोले सुकरातको सान्निध्यता पाए । प्लेटो सुकरातको एक असल शिष्य थिए । सुकरातको मृत्युदण्डपश्चात प्लेटोले आफ्नो गुरु सुकरातको दार्शनिक विचारहरूलाई अझै व्यापक गरे । सुकरातले आफ्नो जीवनकालमा कहिल्यै पनि आफ्नो विचारहरूलाई लिपिवद्ध गरेनन् । उनको मृत्युपछि उनका शिष्यहरू प्लेटो, एरिस्टोफेनिज र जेनोफेनले सुकरातको विचार र दर्शनलाई संसारभरि प्रचार गरे । प्लेटोले सुकरातको आत्मकथा’ मा यथास्थितिमा आफूलाई बुद्धिजीवी हुँ भन्ने युनानी कविहरूको ढोंगी चरित्रलाई अदालतमा सुकरात र मिल्टसबीच भएको संवादबाट निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।
सुकरातको जन्म इसापूर्व ४६९ मा युनानको राजधानी एथेन्स शहरमा भएको थियो । उनको बुवाको नाम सोफ्रोनिस्कस र आमाको नाम फिनेरिट थियो । उनको बुबा मुर्तिकार थिए । आमा धाई थिईन । शुरुमा सुकरातले पनि मुर्ति बनाउने काम थाले । तर पछि उनी सेनामा भर्ना भए र युद्धमा भाग लिए । उनले आफ्नो मुलुकको रक्षाका लागि पोतिदाय अम्पिपोली र दिलियाको ठूला लडाइँहरू समेत लडे । उनी युद्धमा सक्रिय रहे र युद्धमा कहिल्यै हतोत्साही भएनन् । उनी ध्यानपूर्वक शत्रुका गतिविधिहरूलाई नियाल्थे र आफ्ना साथीहरूलाई सुरक्षित गर्थे । पोतिदायको एउटा युद्धमा उनले आफ्ना सेनापति आल्सेविदियालाई शत्रुको आक्रमणबाट घाइते हुनुबाट जोगाए ।
आल्सेविदियाले सुकरातले युद्धमा देखाएको साहस र धीरताको ्र निकै खुलेर प्रशंसा गरे । उनले सुकरातका लागि पदक र । सम्मानको घोषणा गरे । तर सुकरातले यसलाई लिन अस्वीकार गरे ।
र सुकरातले ५० वर्षको उमेरमा जेन्थिपीसँग विवाह गरे भनिन्छ ।
–जेन्थिपी उमेरले सुकरातभन्दा जेठी थिइन् । उनीहरूका तीन छोराहरू
–ल्याम्प्रोल्स, सोफोनिकस, मेनोक्जेकस थिए । जेन्थिपीको व्यवहारबाट ।
–सुकरात दिक्क थिए । उनकी श्रीमती उनलाई घरव्यवहार छाडेर । बरालिहिँड्ने ठान्थिन् । र, सँधै कचकच शुरु गर्थिन् । उनीहरूबीच । सधैँ झगडा चलिरहन्थ्यो । त्यसैले श्रीमतीबारे कसैले सोधिहाले सुकरात भन्थे– तिमीले मेरो जुत्ता देखिरहेका छौ ? यो कति सुन्दर छ ? तर यसले मलाई कहाँनिर घोचिरहेको छ तिमीलाई के थाहा ।’
सुकरात सँधै ज्ञान र सत्यको खोजीमा रहन्थे । उनीभित्र असाधारण ज्ञानमीमांसा थियो । कुनै पनि कुरामा गम्भीर भएर डुबिरहन्थे । पहिले आफैँभित्र सत्यलाई खोज भन्थे । कुनै नयाँ विचार मनमा आउँदा उनी घण्टौ एकै ठाउँमा उभिएर त्यसलाई मन्थन गरिरहन्थे । त्यतिबेला उनी आफूलाई कहाँ छु भन्ने पनि होस् रहँदैनथ्यो । र, वरिपरिका सबै वस्तुहरूलाई बिर्सेर उनी एकाग्रतामा हराउँथ्यो ।
एकपल्ट उनी एउटा लडाइँमा गएका थिए । उनको सेनाको फौजले एक ठाउँमा शिविर खडा गरेर बसेका थिए । गर्मीको दिन थियो । एउटा बिहान, उनी कुनै समस्यामा घोत्लिए । उनी दिनभरि नै त्यसै गरी घोत्लिइरहे । दिउँसोको चर्को घामले एकोहोरो पोलिरहेको हेक्का समेत उनलाई रहेन । उनका साथीहरू उनको त्यो विचित्रको व्यवहारलाई परबाटै नियालिरहेका थिए र उनको त्यो समाधि कतिखेर टुट्छ भनेर प्रतीक्षारत थिए । तर रातभरि पनि सुकरातको समाधि चलिरह्यो । भोलिपल्ट बिहान सूर्योदयपश्चात् मात्र उनको ध्यान टुट्यो । उनले सूर्यको पूजा गरे र काममा फर्के ।
होंचा कद, ठूलो ओंठ, चिम्सा आँखा र चेप्टा नाक भएको सुकरात झट्ट हेर्दा शारीरिक रूपले जति कुरूप देखिन्थे, उनीभित्र रहेको विचारको सुन्दरताको चर्चा युनानदेखि लिएर पुरै संसारभरि फैलिरहेको थियो । सुकरात एक सन्त दार्शनिक थिए ।
जसले यसलाई अपराध भनिरहेका छन् उनीहरूभित्र अज्ञानको प्रकोप छ । मैले उतिबेलै भनेको हुँ संसारलाई कहिल्यै पनि एउटा सिद्धान्तको परिधिमा बाँध्न सकिँदैन । मानव मस्तिष्कका आफ्ना सीमाहरू छन् । संसारलाई बुझ्नका लागि आफूभित्रको अहंमलाई हटाइदिनुपर्दछ । मानिस यो नश्वर काया मात्र होइन, ऊ सजग र चेतन आत्माभित्र बास गर्छ । यसैले हामीलाई आत्मानुसंधानतिर नै प्रवृत्त हुनु जरुरी छ । हामीलाई आफ्नो जीवनमा सत्य, न्याय र इमानदारीको अवलम्बन गर्नु आवश्यक छ । हामीले यो कुरालाई मानेर अघि बढ्नुपर्छ कि शरीर नश्वर छ । त्यसैले मित्रहरू, तपाईंहरूको सदाशयता र प्रेमका लागि धन्यवाद व्यक्त गर्दै म तपाईहरूको भाग्ने सुझाव अस्वीकार गर्छु ।
मृत्युडण्डको अघिल्लो राति सुकरातले एउटा सपना देखे । जेलभित्र आफूसँगै रहेका आफ्ना शिष्य क्रीटोलाई सुकरातले भने ‘क्रीटो, अहिले भर्खरै मैले एउटा निकै रमाइलो सपना देखेँ,
क्रीटोले सोधे– ‘तपाईले कस्तो सपना देख्नुभयो सुकरात ?
भर्खरै मैले सपनामा सेतो वस्त्र लगाएकी एउटी अति सुन्दरी नारीले मलाई बोलाएर भनिरहेकी थिइन्, ‘आजको तेस्रो दिन तिमी तिम्रो सुन्दर बाटोमा पुग्नेछौ ।
–सुकरातले क्रीटोलाई भने ।
क्रीटोले भने– ‘सुकरात, यो त अनौठो सपना हो ।
इसापूर्व ३९९ को एक साँझ, सुकरातलाई जेलभित्रै हेमलक नामक विष पिलाएर मृत्युदण्ड दिइयो । गिलासबाट विष पिएर उनी एकछिन यताउति डुले । उनले विस्तारै सास फेर्न अप्ठ्यारो हुँदै गइरहेको महसुस गरे । जब उनका गोडाहरू गह्रौं भए र हिँड्न नसक्ने भए, उनले आफ्ना शिष्यहरूलाई भने– ‘म सुतेपछि मेरो जीउमाथि पछ्यौला ओढाइदिनु ।’
सुकरात बिछ्यौनामा गएर पल्टिए । विस्तारै उनको पाइताला सुन्नियो । उनका हात र गोडाहरू सुन्निए । आँखाअघि शून्यताले । घेर्दै लग्यो । एथेन्सका सारा शहर रातको अँध्यारोमा डुबेका थिए । जेलका पर्खालहरू स्तब्ध थिए ।
‘क्रीटो, ममाथि अस्क्लेपियसको एउटा कुखुरा उधारो बाँकी छ, त्यो तिमीले तिरी दिनु । अन्तिमपल्ट सुकरातले आफ्नो शिष्य क्रीटोसँग भने । अनि उनका आँखाहरू स्थिर भए । त्यसपछि सुकरात बोलेनन् ।
उनका शिष्यहरू उनलाई घेरेर रोइरहेका थिए । जेलको पर्खाल बाहिर रातको गहिरो अँध्यारोमा एउटा जुनकिरीको उज्यालो चम्किरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: