
निर्मलाको सान्निध्य
अनिल श्रेष्ठ
एक सवेरा था
जब हँसकर उठते थे हम,
और आज कई बार विना मुस्कुराये
ही शाम हो जाती है ।
कितने दूर निकल गए
रिश्तोको निभाते निभाते,
खुद को खो दिया हम ने
अपनो को पाते पाते ।
लोग केहते है
हम मुस्कुराते बहुत है,
और हम थक गए
दर्द छुपाते छुपाते ।
‘ख्वाहिसे’ हरिवशराय बच्चन
कैयौं रातहरु मैले निर्मलासँगै व्यग्रताले व्यतीत गरेको छु एउटा छटपटी हुन्थ्यो मनभरि ।
उनका आँसु मेरो मेरा पनि आँसु । बन्थे । उनी एकोहोरिएर टोलाइरहँदा मेरो मनमा शून्यता छाउँथ्यो । उनको अनुहारमा उनी खुसी भएको अलिकति भाव पोखिँदा पनि म आफूभित्र खुसीको एउटा काउकुती महसुस गर्थे । एउटा उत्साहहीन साँझको एकान्तले सँधै उनलाई लखेटिरहन्थ्यो । र, मलाई ती एकान्तले लखेटिरहेका उनका आँखाहरूले सँधै व्यथित बनाउँथ्यो । यतिधेरै उकुसमुकुस, यतिधेरै बेचैनी र गहिरो वेदनाले भरिएर एउटी सामान्य स्वास्नीमान्छे कसरी यो समाजको निरङ्कुशता र आफ्नो एउटा बेमेल परिवारको सम्बन्धलाई सजिलै झेल्न सक्छे हँ ! मेरो मन व्याकुल छ ।
मुंसी प्रेमचन्द कृत ‘निर्मला’ उपन्यासको सान्निध्यमा केही दिनदेखि बितेका मेरा पठन अनुभूतिका यी जीवन्त क्षणहरू हुन् । निर्मलालाई पढिसकेपछि धेरै प्रश्नहरू मनमा यसरी नै विवश भएर खेल्न आइपुग्छन् ।
सोचा था घर बना कर
बैठूंगा सुकून से,
पर घर की जरुरतों ने
मुसाफिर बना डाला मुझे ।
सायद कवि हरिवंशराय बच्चनले आफ्ना कविताका यी पङ्क्तिहरू निर्मलाकै लागि लेखिदिएझैँ लाग्छ ।
साँच्चै भन्ने हो भने प्रेमचन्दलाई पढ्नुभन्दा अघि मैले हिन्दी साहित्यमा गुलसन नन्दा, रानु, सुरज र वेदप्रकाशहरूलाई खुब पढें । रानु र गुलसन नन्दाहरूकै रोमान्टिक उपन्यासहरू पढेर मैले हिन्दी साहित्यलाई पढ्न सुरु गरेँ । त्यो स्कुले जीवन थियो । एक किसिमको कल्पनाशील बेला र उमेर । जब उपन्यास पढ्न बस्थेँ, समयको ख्याल हुन्नथ्यो । भावुकताले बगाउँथ्यो । कुनै युवतीको एउटा चित्रमय सौन्दर्य आँखामा आएर बस्थ्यो । यसरी हिन्दीका यी एकथरी प्रेम र रोमान्सले भरिएका उपन्यासहरूले, मलाई भावुक र कल्पनाशील बनाउँदै लगिरहेको थियो । एकदिन प्रेमचन्दको उपन्यास ‘निर्मला’ बोकेर आएँ । सायद त्यसबेला प्रेमचन्दको नामसँगभन्दा पनि बढी म त्यो किताबको नामसँग आसक्त थिएँ । प्रेमचन्दका किताबहरू यसअधि पढेको थिइनँ । एउटा आसक्ति थियो किताबको गातासँग । एउटी रूपवती युवतीको प्रेमासक्तिपूर्ण चित्र मेरा आँखाअघिल्तिर खेलिरहेको थियो । निर्मलाले मनमा अनेक उत्सुकता उब्जाएको थियो ।
उपन्यास पढ्न सुरु गरेदेखि पढिसक्दासम्म कतिचोटि मेरो गला अवरुद्ध बन्यो होला ! कतिपटक मेरा आँखाहरू अनायास आँसुले रसाए होलान् ! र, कतिपटक मैले त्यो उपन्यासलाई दोहो¥याएर पढेँ हुँला ! कतिखेर दिनको उज्यालो बित्थ्यो र रातको अँध्यारो सुरु हुन्थ्यो ! कतिखेर बिहानको दुई बज्थ्यो र म सुत्न पल्टन्थेँ । एउटा किताबले बनाएको यति साह्रो अधीरता यसअघि मैले कहिल्यै यसरी महसुस गरिनँ ।
निर्मला उपन्यास पढिसकेपछि मेरो साहित्यलाई पढ्ने र बुझ्ने दृष्टिकोणलाई बदलिदियो । यसले मेरो पठनलाई विस्तार गरिदियो । यसरी गुलसन नन्दा र रानुको उपन्यासलाई पढेर सुरु भएको हिन्दी साहित्यको मेरो अध्ययनले एउटा सतहबाट सुरु भएर प्रेमचन्द, शरदचन्द्र र राहुलसांस्कृत्यान हुँदै हिन्दी साहित्यको गहिराइको अर्को अनुभूतितलमा प्रवेश ग¥यो ।
प्रेमचन्द मेरो मन रोजाइको लेखक बन्यो । र, निर्मला मेरो अधिक रुचिको किताब । रूसी साहित्यमा जति माक्सिम गोर्कीको ’आमा’को क्रान्तिकारी भूमिका छ, भारतीय साहित्यमा प्रेमचन्दका उपन्यास र कथाहरूले उत्तिकै सामाजिक विद्रोहको मनोविज्ञान बोकेका छन् ।
आज पनि किताबहरूको चाङबाट प्रेमचन्दका किताबहरू पाठकको पहिलो रोजाइमा पर्छ । शान्त हावाले ल्याउने चिसो स्पर्शजस्ता यी किताबहरू । यी किताबहरूको आजसम्म हजारौं प्रतिहरू बिक्री भइसकेका छन् । तर पनि संस्करणपिच्छे नयाँ लाग्छ र किनिरहन मन लाग्छ । शताब्दी बितिसक्दा पनि यी किताबहरूको बिक्री उत्तिकै बढ्दो छ ।
प्रेमचन्दका यी किताबहरू पढिरहँदा मलाई लाग्छ हामी आजका लेखकहरू यति हतारले लेखिरहेका छौं कि हामीलाई रातारात चर्चामा आउनु छ र वाहवाही कमाउनु छ । कतिपय बजारबाट किनेर ल्याएका राम्रा भनिएका किताबहरू पनि पढिनसक्दै पाठकले ती किताब र लेखकलाई बिर्सिसक्छन् । हामी आफ्नो लेखनमा निकै अस्थिर छौं । अहिलेको सूचना प्रविधिमा देखिएको सामाजिक सञ्जाल र अनलाइन मिडियाहरूको विकासले हाम्रो लेखनलाई जति द्रुत बनाएको छ उत्तिकै कमजोर र ऊर्जाहीन पनि बनाएको छ ।
जतिसुकै प्रगतिशील र उन्नत चेतनाको हुँ भने पनि आममान्छेले झैँ उसको सोच्ने र काम गर्ने शैली उही र जीवन व्यवहार उस्तै रहेपछि समाज परिवर्तनको जति नै डिङ हाँकेर हिँडे पनि आखिर उसको संसार फोहोरमाथिको झिँगासरह हो ।
प्रेमचन्द हिन्दी भाषाका विश्व प्रसिद्ध भारतीय साहित्यकार थिए । उनी उपन्यासका सम्राट् थिए । उनका थुप्रै उपन्यास र कथाहरू हिन्दी भाषाबाट विश्वका अन्य भाषाहरूमा अनुवाद भएर प्रकाशित भएका छन् ।
प्रेमचन्दको लेखनको लोकप्रियता बढ्दै थियो । एकदिन उनका समकालीन मित्र कवि कन्हैयालाल मिश्र ‘प्रभाकर’ले मुंशी प्रेमचन्दलाई सोधे– ‘मुंशीजी, तपाईं कस्तो कागजमा र कस्तो कलमले लेख्नुहुन्छ ?’ प्रेमचन्द जोडले हाँसे र उत्तर दिए– ‘यस्तो कागज जसमा पहिले केही नलेखिएको होस् र यस्तो कलम जसको नीब नभाँचिएको होस् ।’
यस्ता वाक्पटुताका लागि सिपालु प्रेमचन्दको जन्म ३१ जुलाई, सन् १८८० मा बनारस शहरदेखि चार माइल टाढा लमही गाउँमा भएको थियो ।
निर्मला प्रेमचन्दको बहुचर्चित उपन्यास हो । यो भारतीय समाजको निम्नमध्यम वर्गीय परिवारको कथा हो । यो भारतीय समाजभित्र हुर्किरहेको रूढिवाद र त्यसबाट भारतीय नारीमाथि भएको उत्पीडनको कथा पनि हो । निर्मला उपन्यासमा प्रेमचन्दले भारतीय समाजमा रहेको दाइजो प्रथा र अनमेल विवाहका कारण नारीहरूले भोग्नुपरेका मानसिक दशा र नारी मनोविज्ञानको निकै मार्मिक ढङ्गले चित्रण गरेका छन् । निर्मला त्यो समाजका एउटा प्रतिनिधि चरित्र (पात्र) हुन् । यस्ता धेरै निर्मलाहरू जो आज पनि भारतीय समाजमा सामाजिक रूढिवाद र दाइजोको कारण पारिवारिक हिंसाको सिकार बन्न उत्तिकै वाध्य छन् । र उनीहरू सामाजिक उत्पीडन भोगिरहेका छन् ।
१९२७ को जनवरीमा किण्डल प्रकाशनबाट निर्मला उपन्यासको पहिलोपटक प्रकाशन भएको थियो । त्यसयता उपन्यासको दर्जनौं संस्करण र लाखौं प्रति बिक्री भइसकेका छन् ।
प्रेमचन्दका बुवा अजायव राय हुलाकका एक साधारण कर्मचारी थिए । उनको बुवाको पूख्यौली जायजेथा थिएन । त्यसैले पनि प्रेमचन्दको परिवारको आर्थिक अवस्था उनको बुवाको तलबको सामान्य आम्दानीमा आश्रित थियो ।
आठ वर्षको कलिलो उमेरमा प्रेमचन्दले आफ्नी आमाको असामयिक निधन बेहोर्नुप¥यो । आमाको मृत्युले प्रेमचन्दको । बाल्यावस्थामा एउटा गहिरो चोट त दियो नै, आमाको मृत्युको केही समय नबित्दै बुवाको दोस्रो विवाहले उनले जीवनमा धेरै विषम परिस्थितिहरू भोग्नुप¥यो । सौतेनी आमा दुष्ट स्वभावकी थिइन् । सौतेनी आमाबाट उनले वात्सल्यता पाउन सकेनन् । उनी कहिलेकाहीँ भोकै रहन्थे । उनले कहिल्यै भनेजस्तो लाउन, खान पाएनन् । कान्छी स्वास्नीको छोराप्रतिको यो व्यवहारबाट उनका बुवा अजायव राय पनि सन्तुष्ट थिएनन् । र, उनको घरभित्र बिस्तारै पारिवारिक कलह र बेमेल सुरु भयो ।
प्रेमचन्द १५ वर्षको हुँदा बुवाले उनको विवाह गरिदिए । प्रेमचन्दको विवाह भएको अर्को साल उनको बुवाको मृत्यु भयो । बुवाको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी र आर्थिक बोझ प्रेमचन्दको काँधमा आइप¥यो । सौतेनी आमा, उनका दुई केटाकेटी, श्रीमती र उनी स्वयंको खर्च जुटाउन उनलाई धौधौ पर्न थाल्यो । उनले ठूलो आर्थिक अभाव झेल्नुप¥यो । गरिबीले उनको अगाडि आएर अजिङ्गरले झैँ मुख बाइरह्यो । अभावले विस्तारै उनको ढाँडमा हिर्काउन थाल्यो । परिवार पाल्न उनले ट्युशन पढाउनुप¥यो । उनी महिनाभरि ट्युशन पढाएर पाँच रुपैयाँ कमाइ गर्थे । तीन रुपैयाँ घरमा पठाउँथे र दुई रुपैयाँ आफ्नो खर्चका लागि राख्ये अभाव बढ्दै गएपछि उनले एकदिन आफूसँग भएको एउटा कोट र किताबहरूसमेत बेच्नुप¥यो ।
प्रेमचन्दको इच्छा पढेर आफू एकदिन वकिल बनूँला भन्ने थियो । उनी पढ्नमा असाध्य सोखिन थिए । आफ्नो गाउँबाट नाङ्गै खुट्टा हिँडेर उनी पढ्नका लागि बनारस पुग्थे । तर बुवाको मृत्यु र घरको कमजोर आर्थिक अवस्थाले गर्दा उनले मेट्रिकपछि आफ्नो औपचारिक सरकारी शिक्षालाई अगाडि बढाउन सकेनन् । र, उनी स्वअध्ययनमा लागे । उनीलाई सानैदेखि भाषाको राम्रो दखल थियो । उनले उर्दू साहित्यको अध्ययन थाले । उनमा उर्दू उपन्यासहरू पढ़ने एउटा यस्तो उन्माद थियो कि सयकडौँ उपन्यासहरू उनी महिनाभरिमै पढी सिध्याउँथे । यसबाट पनि उनको पढ्ने भोक र साहित्यप्रतिको रुचि र प्रभावलाई बुझ्न सकिन्थ्यो । उनले उर्दू भाषाका साहित्यकार सरूर मोलमा शार, रतननाथ, सरशार आदिका किताबहरू सिनित्तै पढेर सिध्याउँथे ।
उनकी श्रीमती उमेरले उनीभन्दा जेठी थिइन् । र, चोथाले थिइन् । रूखो स्वभावकी थिइन् । कसैलाई टेर्थिनन् । लोग्नेसँगको तिनको सम्बन्ध कहिल्यै प्रेमपूर्ण र सुमधुर रहेन । आफ्नो पहिलो विवाह बारे प्रेमचन्द यसरी लेख्छन्– ‘बुवाले जीवनको अन्तिम वर्षमा आएर एउटा यस्तो ठक्कर खाए कि आफू स्वयं त लडे लडे, साथमा मलाई समेत डुबाए । सुझबुझ नगरीकनै मेरो विवाह । गरिदिए ।
अन्ततः प्रेमचन्दको पहिलो बैवाहिक जीवन सुखद रहन सकेन । यही पारिवारिक कटुताका कारण सन् १९०५ मा उनले आफ्नी पहिली श्रीमतीलाई छोडपत्र दिए र यसै वर्षको अन्त्यतिर उनले शिवरानी देवीसँग दोस्रो विवाह गरे । शिवरानी देवी एक विधवा आइमाई थिइन् । शिवरानी देवीको शील, स्वभाव र व्यवहारसँग भने प्रेमचन्द सँधैं नतमस्त रहन्थे । उनको लेख्ने कार्यलाई शिवरानी देवीले सँधै प्रेरणा र साथ दिइन् । जीवनको अन्तिम क्षणसम्म पनि शिवरानी देवीसँगै रहिन् ।
प्रेमचन्द जस्तोसुकै दुःखलाई पनि सहन सक्थे । दुःखमा उनी कहिल्यै आत्तिएनन् । दुःखमा पनि सजिलै हाँस्थे । उनी सँधै हँसिला । देखिन्थे । ठट्यौली स्वभावका थिए । हाँसो, ठट्टा गरिरहन्थे । के बच्चा, के युवा, के वृद्धवृद्धा उनी सबैका साथीजस्ता थिए सबैसँग उनको व्यवहार मित्रवत् रहन्थ्यो । उनीसँग सबै रमाउँथे । उनी सरल र उदारभावका थिए । त्यसैले गाउँमा उनको उत्तिकै सम्मान र लोकप्रियता थियो । उनी गाउँका जमिनदार र सुदखोर व्यापारीहरूलाई सँधै घृणा गर्थे । र, गरिब, असहाय र उत्पीडनमा परेकाहरूप्रति सहानुभूति राख्थे । उनका धेरै उपन्यास र कथाहरू ग्रामीण जीवनका यिनै पात्रहरूको चरित्र चित्रण गरेर लेखिएका छन् ।
विशेषतया समाजमा रहेका सीमान्तकृत र उत्पीडनमा रहेका वर्ग प्रेमचन्दको उपन्यास र कथाको मुख्यपात्र हुन्थ्यो । र, उनीहरूको मनोविज्ञानलाई सुन्दर ढंङ्गले उनले आफ्ना उपन्यासमा प्रस्तुत गर्थे । निर्मला भारतीय समाजमा नारीहरूले भोगिरहेका विभेद र उत्पीडनको एउटा जीवन्त कथा हो ।
प्रेमचन्दले १३ वर्षकै उमेरदेखि साहित्यिक लेख, रचनाहरू गरेका थिए । सुरुमा उनले केही नाटकहरू लेखे । लेख्न सुरु सन् १८९८ मा उनले उर्दू भाषामा पहिलो उपन्यास लेखे । यसै वर्ष उनले इतिहासलाई विषयवस्तु बनाएर अर्को उपन्यास ‘रूठी रानी’ लेखे । सन् १९०५ मा उनको अर्को उपन्यास ‘प्रेमा’ प्रकाशनमा आयो । यसले उनलाई पूरै भारतभरि साहित्यकारको रूपमा स्थापित ग¥यो । यसरी उनको लेखन धाराप्रवाह रूपमा अगाडि बढिरह्यो ।
सन् १९०७ मा जब उनको कथा सङ्ग्र्रह ‘सोज–ए–वतन’ प्रकाशनमा आयो, भारतलाई औपनिवेश बनाएर शासन गरिरहेका अंग्रेज प्रशासकहरूका बीचमा हल्लीखल्ली मच्चियो । उनको यस कथा सङ्ग्रहभित्र पाँचवटा कथाहरू सग्रहीत थिए । ‘सोडो वतन’ किताब लेख्दासम्म प्रेमचन्दले नवाव रायको नामबाट लेखिरहेका थिए । यो किताबभित्र अङ्ग्रेज प्रशासकहरूले ठूलो विप्लव देख्यो । उनीमाथि राजनैतिक प्रचार गर्न खोजेको आरोप लाग्यो । नवाब रायको खोजी सुरु भयो । अङ्ग्रेज प्रशासनले उनी विरुद्ध वारेन्ट जारी गरे र उनलाई गिरफ्तार गरे । अङ्ग्रेजहरूले उक्त किताब जलाए र अब आइन्दा अङ्ग्र्रेजहरूको स्वीकृति नलिई किताब लेख्न र प्रकाशन गर्न नपाउने कागजात गराएर छाडिदिए । एककिसिमले उनको लेखनमाथि अङ्ग्र्रेजहरूबाट प्रतिवन्ध लगाइए । अङ्ग्र्रेजहरूको यस्तो दबाबले प्रेमचन्दको स्वाभिमानमाथि ठूलो आघात पा¥यो ।
उनको स्वाभिमानले आफूलाई एउटा मौनतामा चुपचाप बाँधेर अङ्गे्रेजहरूको यो दबाब र अत्याचारलाई सहिरहन मानेन । उनी आफ्नो सिर्जनालाई मर्न दिन चाहँदैनथे । उनी लेखिरहन चाहन्थे ।
यो दुविधापूर्ण मानसिकताबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर एकदिन उनले आफ्ना मित्र दयानारायण निगमलाई पत्र लेखे र सुझाव मागे । दयानारायण निगमले नै उनलाई प्रेमचन्द नाम दिए र अब आइन्दा यसै गुप्त नामबाट आफ्ना रचनाहरू प्रकाशित गर्न सुझाव दिए । यही नाम उनको जीवनपर्यन्तसम्म रह्यो । यसरी धनपत राय, नवाब राय हुँदै सँधैका लागि उनी प्रेमचन्दको नामले प्रसिद्ध रहे ।
प्रेमचन्दले धेरै युग जनित कथा र उपन्यासहरू लेखे । निर्मलालगायत ‘सेवासदन’, ‘गोदान’, ‘कर्मभूमि’, ‘प्रेमाश्रम’, ‘कायाकल्प’ आदि उनका चर्चित उपन्यासहरू हुन् । उनका उपन्यासहरूमा आजभन्दा करिब दुईसय वर्षअघिको भारतीय समाजको पृष्ठभूमि पाइन्छ । र, यी उपन्यासहरू अहिले पनि उत्तिकै समसामयिक र सान्दर्भिक छन् । उनका उपन्यासहरूमा समाजको यथार्थ पाइन्छ । उनी सामाजिक यथार्थवादी साहित्यकार हुन् । उनले सँधै भारतीय समाजमा नारीहरू विरुद्ध रहेको कुरीतिहरूसँग लड्दै आइरहे । र, त्यसका विरुद्ध निरन्तर लेखिरहे । सन् १९३५ मा उनको ‘गोदान’ उपन्यास प्रकाशनमा आएपछि उनी एकाएक चर्चाको केन्द्रमा रहे । यो उपन्यासको प्रकाशनले उनलाई सामाजिक न्याय र समानताका लागि सँधै पक्षपाती र विद्रोही साहित्यकारको रूपमा उभ्याइदिए । उनको ‘मङ्गलसूत्र’ उपन्यास भने अधुरो रह्यो । यही नै उनको अन्तिम कृति पनि रह्यो ।
सन् १९३६ मा प्रेमचन्द अचानक गम्भीर बिरामी परे । कमजोर आर्थिक अवस्थाका कारण उनको राम्रोसँग उपचार हुन सकेन । बिरामीको यस्तो अशक्त अवस्थामा पनि उनी एकदिन आफ्ना मित्र जैनेन्द्रसँग आफ्नो स्वास्थ्यबारे ठट्टा गरिरहेका थिए– ‘जैनेन्द्र, मान्छेहरू अक्सर यस्तो समयमा ईश्वरलाई सम्झन्छन् । र, उनीहरू मलाई पनि ईश्वर सम्झन भनिरहेका छन् । तर मलाई अझै पनि किन ईश्वरलाई कष्ट दिने आवश्यकता महसुस भइरहेको छैन ।
‘प्रेमचन्द, कलमका सिपाही’ को प्रस्तावनामा प्रेमचन्दका अन्तिम दिनहरूबारे आलोक राय लेख्छन्ः ’प्रेमचन्द की आखिरी तस्वीर आज भी हिला देती है–५६ सालका जीर्ण, मृतप्राय चेहरा, कैमरे मे नजर मिलाए, बीच महफिल से चले जाने पर मजबूर, आज भी कुछ कह रहा है ।’
जीवनसँग उनको अगाध आस्था थियो । तर पनि जीवनभरि आफूले पाएको दुःखका कारण ईश्वरप्रति उनले कहिल्यै आस्था राख्न सकेनन् । उनी अनिश्वरवादी रहे ।
र उनले लेखे–
विपत्ति से बढकर
अनुभव सिकाने वाला विद्यालय
आजतक नहीं खुला ।
सन् १९३६ अक्टोबर ८ मा प्रेमचन्दको देहान्त भयो ।
प्रतिक्रिया दिनुहोस्: