
हाम्रो देशको सरकार देख्दा किन युवाहरू विरक्त हुन्छन् भन्ने कुरा त्यति टाढा जानु परेन । घटना असोज ११ देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण हो । ३६ घण्टासम्म परेको पानीबाट सरकार कानमा तेल हालेर बसेकै हो । ३६ घण्टा होइन २४ घण्टा पानी निरन्तर परिरहेको अवस्था थियो । २४ घण्टा भित्र बितिसक्दा पनि सरकार केही हुन सक्छ है भनेर पूर्व तयारी नहुनु नै सरकारको लापरवाही हो । राज्यलाई थाहा थियो निरन्तर एकनाशको पानी परिरहेको थियो । जल तथा मौसम विज्ञान विभागले बढी पानी पर्ने सम्भावना हुन्छ भनेर सचेतना दिएको थियो । तर वेवास्ता गर्दाको परिणाम धेरै क्षेति हुन पुगेको छ ।
सचेत कुनै पनि सम्भावित आएको अविरल वर्षाको कारण देशको विभिन्न भागमा अकल्पनीय जनधनको क्षेति भएको छ । २ दिनसम्म परेको अविरल वर्षाको कारण भएको क्षेतिले देशमा करिब २६ खर्बको क्षति भएको जनाएको छ । बाढी पहिरोका कारण ३२ जना बालबालिका सहित मारिनेको संख्या २३६ जना पुगेको छ । १९ जना हराइरहेको र १६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण ४ हजार ६ सय ६७ घर पूर्ण रुपमा क्षेति भएको छ भने ५ हजार ३ सय १० घरमा सामन्य क्षति पुगेको जनाएको छ ।
साथै उक्त वर्षाकोका कारण आएको बाढीले दर्जनौं पक्की पुल, दर्जनौं विजुलीका पोल, दर्जनौं बाटोघाटो पुरिएका छन् । दर्जनौं बस र गाडीहरुको क्षति पु¥याएको छन् भने दर्जर्नौ सिँचाईका बाँधहरू बगाएर लगेका छन् । जसको कारण भएको ठूलो क्षेतिका कारण त्यही अवस्थामा ल्याईपु¥याउने महिनौं लाग्ने अनुमान गरिएको छ ।
जसमा बाढी पहिरोका बिचमा देशभर १७ हजार जनालाई उद्धार गरेको छ । उक्तमा कार्यको लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरेको नेपाल सरकाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज सम्मकै सबैभन्दा बढी वर्षा भएको र वर्षाले ठूलो क्षति पु¥याएको छ । काठमाडौंका विष्णुमति, बागमति, रुद्रमति, मनोहरा, सुन्दरीजल लगायत ठाउँबाट आएको बाढीले काठमाडौंको उपत्यकोको सुन्दरीघाट धोवीघाट वरिपरि, चोभार, कुलेश्वर, टेकु दोभान, बल्खु, लगायतका क्षेत्रमा पूर्ण रुपमा डुवानमा परेका थियो उक्त डुवानले बल्खु तरकारी बजारको भुइतला पूर्ण रुपमा डुवान मात्र भएन बुढाथोकी नर्सरी, काठमाडौं उपत्यका खानेपानी, त्रिविको प्रवेशद्धारसम्म र पीच सडक नाघेर पर्खाल समेत भत्काई लेबोरेटोरी पाठशालामा समेत बाढी पसेको थियो ।
शनिबार नख्खु खोलामा आएको बाढीले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना लगायत ५ जनालाई बगाएका थिए । भने
राजु शाह र उनकी छोरी मेघनालाई साहसी व्यक्ति काभ्रे तिमाल गाउँका चनिकलाल तामाङले उद्धार गर्न सफल भएका थिए ।
राजधानीको मुटु नख्खु खोलामा दिनको अवस्थामा नै बाढीबाट मानिस बग्नु, घ्याप्ले खोलामा ३ दर्जन भन्दा बढी नागरिकहरु गाडी सहित पहिरोले पुरिनु सानो घटना होइन । आकस्मिक घटनालाई घण्टौं समय व्याथित हुँदा पनि उद्धारमा सक्रिय हुन नसक्नु दुखःको राज्यको संयन्त्रको लाचार पन हो । यो खेदजनक पनि हो । ५ मिनेट र ५ सेकेण्डको कुरा आउँछ । तर राजधानीमा तीन घण्टा, घ्याप्ले खोला घटना झन सुरक्षा निकायले जानकारी दिदाँ समेत थप सुरक्षाकर्मीर थप उद्धारको लागि प्रभावकारी पहल नभएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्: