
हाम्रो देश नेपालको ऐतिहासिक धेरै लामा नभएपनि विश्वको मानचित्रमा भने नेपाल धेरै पूरानो राज्य मानिन्छ । लिच्छवीकालीन राजवंश अर्थात सम्रात अशोक पछिको नेपालको इतिहास स्पष्ट नभएपनि भिन्न भिन्न अवस्थामा रहेको नेपालको इतिहास पछि गएर शाहकालीन राजवंशको उदयपछि नेपाल राज्यको नामांकरण भएको देखिन्छ । त्यसरी नामांकरण भएर बनेको नेपाल साना साना राजा रजौटा बाँडिए पनि त्यसको इतिहास भने । नेपालको राज्यसँगको एकीकरण त्यस अघिका कैंयौं इतिहास झल्काउने वस्तुहरूको संरक्षणमा तत्कालीन राज्य र वर्तमान राज्य गम्भीर भएर लागेको लागेको पाइदैन । नेपालको इतिहासलाई झल्काउने कैयौं कला कृतिहरु कि त गुमनाम भए कि त वैरभाव साँधेर नष्ट गर्न लगाए । धेरै देशहरू पुरातत्विक क्षेत्रको सोध अनुसन्धानमा लागे पनि नेपालले त्यसमा त्यति धेरै सोधखोज गरेको भेटिदैन ।
विशेष गरी काठमाडौं उपत्यकाको भादगाउँ, ललितपुर, कान्तिपुरी जस्तो राज्यहरु थिए । भिन्नाभिन्नै राज्य सञ्चालन भएपनि गोरखा राज्यबाट नेपाल राज्यमा एकीकरण भएपछि । किरांत राज्य, तामसालिङ्ग र कोचिला, अवध जस्ता राज्यहरुको अस्तित्व थिए तर त्यसेका अध्ययन अनुसन्धान र सोख नहुँदा नेपालले आफ्नो पहिचान राख्न नसकेको आभास हुन्छ । नेपालको राज्य देश कालखण्ड निकै पूरानो इतिहास छ । आज पनि नेपालको रुपरेखा झल्काउने नेपालको इतिहासमा कैयौं कला कृतिहरु रहेको छ । ती कृतिहरु भनेको नेपालको इतिहास झल्काउने प्रमाण पनि हो । इतिहास मानव सभ्यताको इतिवृतान्त सँग मान्छेको इतिहास उसले आर्जेको सौर्य साहसको इतिहाससँग जोडिएको हुन्छ ।
यद्यपी लिच्छवीकालीन इतिहास भन्दा यलम्वरकालीन इतिहास अघि ठोस रुपमा अभिलेखिकरण गर्न सकेको पाइदेन । भारतीय महादीपमा रहेको मगढ नेपालको कोलीय राज्यहरू ऐतिहासिक खोज भएर त्यसको अभिलेखिकरण गरि नेपालको इतिहासको शैक्षिक क्षेत्रलाई अझ बलियो बनाउन सके गोर्खा भने जस्तै विश्व सामू नेपालको इतिहास पढ्न पाउने सक्थे ।
नेपालको उपत्यकामा आएर वस्ती बसाल्ने इतिहास रचेर मञ्जु श्रीले नेपाल खाल्डोमा वस्ती मानव जातिको उपकार गरेको पाइन्छ । मञ्जु श्रीको आगमन इतिहासलाई समेत गहिराइमा पुगेर त्यसको खोज हुन सकेन ।
नेपाल बन्ने क्रममा हजारौं वर्षको इतिहास नेपालमा रहेपनि कला कृतिको वेवास्ता गर्ने गरेको कारण पुरातत्वतिको महत्वको कुराहरु सुझबुझका साथ नष्ट हुन पुगेको देखिन्छ । आज विश्वको कुनै देशमा पुगेर उनीहरुको पहिचान पुरातात्विक वस्तुबाट पाउन सकिन्छ । परापूर्वकालमा नेपालको इतिहासको कसरी भयो भन्ने प्रमाणहरूको संरक्षण हुन नसक्दा देशको इतिहास ओझलमा परेको देखिन्छ । अब पुरातत्वि महत्वको वस्तुको संरक्षण गर्ने जिम्मा सम्बन्धित निकाय र सरकारले हुनु पर्छ । संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । दूरदर्शीहरु नभएको भान हामीले अनुभुतग गर्न सकिन्छ । नेपालमा आज १०० वर्ष नाघेको धेरै कला कृति तथा पुरातात्विक महत्वको वस्तुहरु धेरै ठाउँमा रहेको पाइन्छ । चाहे ति मुद्रा नै किन नहोस् । स्थानीय तहले त्यसको संरक्षण गरेको गर्ने सोचेको छ । दूरदृष्टिमा नेपालीमा कम हुन थालेको छ ।
नेपाल पनि पूर्वी दर्शाको एउटा भाग हो । इतिहास चाहे हिमाली भू–भाग चाहेर तराई वा पहाडी भू–भागको तिनै तहमा जोडिएको भौगौलिक वनावट भएको हाम्रो देश नेपाल परापूवर्त काल देखिने अस्तित्वमा थियो । त्यसको इतिहास पनि लेखकहरुले लेखेका छन् । तर ठोस रुपमा लेख्न सकेको छैन । आफूखुशी इतिहास लेखेर पाठकहरू अल्याउने काम मात्र भएका छन् । आफूलाई बढी स्थापित गर्ने नाममा होडबाजी भएको पाइन्छ । समयमै अब पुरातत्वको महत्वलाई लिएर चासो दिएर नेपालको इतिहासलाई बलियो बनाउने काम गरौं ।
प्रतिक्रिया दिनुहोस्: