सम्पादकीय : पलेशाको जीतले विश्वभरिका नेपालीहरूमा खुशी

२०८१ भाद्र २४

पेरिस पारालिम्पिक–२०२४, मा ऐतिहासिक कास्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनको यतिबेला उनलाई उनलको जितको सफलताले नेपाल मात्र होइ विश्व भरिका नेपालीहरूमा खुशी छाएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने जस्तै पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनको जीतले विश्वभरिका नेपालीहरूलाई पलेशा प्रतिको गर्वको महशुस गराएको छ ।
नेपालको व्यवसायिक खेलको रुपमा स्थापित गर्न पहिलो त सरकारले अभिभावकत्व निभाउन भुल्नु हुँदैन । खेलको विकास र देशको समृद्धि पनि सँगसँगै जोडिन्छ । नेपाल विगतमा धेरै खेलहरुमा सफलता हासिल गर्दै आएको इतिहास पनि छ । तर बिचमा खेलको स्तर कमजोर बन्दै गएको र खेल क्षेत्रमा धेरै विषयमा सुधार गर्नु पर्ने विभिन्न सल्लाह सुझाव पनि आइरहेको र दिइरहेको अवस्था थियो । तर अझै खेल क्षेत्रमा सुधार भएको देखिदैन । देशको खेलाडीहरु प्रायः मनोबलको भर आफ्नै बलबुक्ताले मात्र साहसका साथ अगाडि बढेको आभास हुन्छ ।
यसमा राज्यको अभिभावकत्वको जरुरी छ । यसमा सरकार चुक्दै आएको छ । पलेशाको खेल क्षेत्रमा निरन्तर योगदान प्रशंसनीय छ । स्वयम विजेता पलेशाले समेत व्यवसायिक खेलको लागि प्रयाप्त आधारहरु देशसँग नभएको कुरा व्यक्त गरेकी छन् उनको सुझावलाई समेत मनन गरेर खेलकुद परिषद् अगाडि बढ्नु पर्छ ।
नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशाले प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोवर्धनको हात धेरै सम्मानयोग्य छ ।
मानिसहरु सफलता प्राप्त गर्न जन्मदिने बुबा आमा गुरुहरुको उत्तिकै योगदान हुन्छ । खेलमा नेपालको इतिहास रच्ने पलेशालाई बधाई नदिइरहन सक्दैन । यो जीतले संसारभरि रहेका नेपालीहरूले गौरव गर्ने अवसर प्राप्त भएको छ । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ । ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कुटनीतिलाई प्रवद्र्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’
राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने स्वयम् पलेशाले बताएकी छिन् । पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।
पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवद्र्धनमा ऐतिहासिक बन्न पुगेको छ । आगामी ओलम्पिकमा पनि थप सफलताका जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा धन्यवाद र बधाईको पात्र हुन् ।
पलेशाको परिवारलाई विशेष बधाई दिँदै उनले एउटा अप्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय होइन ।
विभिन्न खेलहरुमा अरूभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको थियो ।
अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा हालसम्म नेपाललाई ११ पदक प्राप्त भएका छन् । त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ ।
पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धी हो । पेरिस पारालिम्पिकअघि कुनैपनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन ।
नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको इतिहास पाइन्छ ।
पेरिस पारालिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ । पेरिस पारालिम्पिकमा पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।
तर, नेपालमा अझै पनि व्यक्तिवाद, नातावाद, कृपावादको लोगो लागेको खेलकुद परिषद्ले आफूलाई सच्याउँदै पलेशा जस्तो साहसी मिहिनेती खेलप्रेमीको जन्मदिन जरुरी छ । उनले जितेको खेलले नेपालीको गौरव मात्र बढाएको छैन नेपालको इतिहासमा स्वर्ण अक्षरले लेख्न समेत सफल भएको छ ।
उनलाई हाम्रो प्रतिस्पर्धा साप्ताहिकको तर्फबाट पनि हार्दिक बढाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्: