अर्थ
काठमाडौं । निजी क्षेत्रबाट प्रदान हुने शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत कर चौतर्फी विरोधपछि अन्ततः सकारले हटाएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त कर हटाएको हो।
गत जेठ १५ गते बजेट मार्फत् अर्थमन्त्री स्वर्णीम वाग्लेले निजी क्षेत्रबाट प्रदान हुने शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता शुल्क कर लगाएको थियो भने उक्त निर्णय साउन १ गतेदेखि लागू भएको थियो।
तर चौतर्फी रूपमा संविधान प्रदत्त निःशुल्क मौलिक हकमै सरकारले कर लगाएको भन्दै चौतर्फी विरोध भएपछि अन्ततः सरकार पछि हट्न बाध्य भएको हो। बालेन्द्र शाहले हिजै फेसबूक मार्फत् उक्त कर हटाइने जानकारी दिएकोमा आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त करलाई पूर्ण रूपमा हटाएको हो।
मन्त्रिपरिषदको बैठकले नै उक्त करलाई हटाउने निर्णय गरेपछि अब सो कर हटाउने निर्णय कार्यान्वयनमा जाने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्: