मुस्ताङ भेप तस्करीमा अनुसन्धान सुस्त, कहिले समातिन्छन् मुख्य व्यक्ति?

२०८३ जेष्ठ २०

काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएको ठूलो परिमाणको भेप तस्करी प्रकरणमा हालसम्म प्रभावकारी अनुसन्धान अघि नबढेको भन्दै सरकारी संयन्त्रमाथि प्रश्न उठ्न थालेको छ।

जेठ १ गते कोरोला नाकाबाट नेपाल प्रवेश गराइएको करिब एक लाख २० हजार थान भेप बरामद भएको घटनामा वास्तविक आयातकर्ता तथा तस्करीको मुख्य योजनाकार पहिचान गर्ने दिशामा पर्याप्त प्रगति हुन नसकेको आरोप लागिरहेको छ। घटनापछि तीन साताभन्दा बढी समय बितिसक्दा पनि विस्तृत अनुसन्धान अघि नबढेको भन्दै आलोचना भइरहेको छ।

तस्करीसँग सम्बन्धित विषय भएकाले नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) वा राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। तर हालसम्म उक्त घटनाको प्रारम्भिक अध्ययन भन्सार कार्यालयकै तहबाट भइरहेको बताइएको छ।

घटनाको निष्पक्ष र गहिरो अनुसन्धान हुन नसकेको भन्दै विभिन्न कोणबाट आशंका व्यक्त भइरहेका छन्। तस्करीमा संलग्न व्यक्ति तथा सम्भावित नेटवर्कबारे सार्वजनिक रूपमा विभिन्न दाबीहरू गरिए पनि सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने भएको छैन।

प्रतिक्रिया दिनुहोस्: