बीमा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू (अस्पताल) लाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ।
स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई स्वीकृत भएको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी दिइएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ।
मोरङको नोबेल मेडिकल कलेजलाई सबैभन्दा धेरै ३ करोड ७९ लाख ९४ हजार रुपैयाँ दोस्रोमा चितवनको भरतपुर अस्पताललाई ३ करोड ७९ लाख ८३ हजार, तेस्रोमा मोरङकै विराट मेडिकल कलेज टिचिङ अस्पताललाई ३ करोड ३३ लाख ४७ हजार र काभ्रेको धुलिखेल अस्पताललाई ३ करोड १४ लाख ७४ हजार रुपैयाँ भुक्तानी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: