सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ

२०८२ आश्विन १९

काठमाडौं असोज १९, ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् ।
वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए ।
वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।
‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भने ।
काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए । पुर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।
पोहोर असोजकै अवस्थामा पुग्यो बीपी राजमार्ग, रोशीले बगायो साढे चार किलोमिटर
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको हो ।
१९ असोज, काठमाडौं । बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले बताइन् ।
‘बगेको ठाउँमा गएर हेर्न सक्ने अवस्था छैन । तर, गत वर्ष बाढीले राजमार्ग बगाएपछि बनाएको डाइभर्सनमध्ये सबैजसो बाढीले कटान गरेको जस्तो देखिन्छ,’ उनले भने ।

करिब ८ सय मिटर डाइभर्सन आइतबारको बाढीले बगाएको हुन सक्ने उनको भनाइ छ ।
अहिले पनि रोशी खोलामा बाढीको सतह कम नभएकाले डाइभर्सन बगेको ठाउँमा पुनर्निर्माणको काम सुरु हुन नसकेको सडक डिभिजन भक्तपुरकी सूचना अधिकारी अधिकारीले बताइन् ।
७२ घण्टाभित्र सडक पुनः सुचारु गर्ने गरी काम गर्ने योजना बनाएका छौं । तर, बाढी घटी नसकेकाले काम सुरु गर्न सकिएको छैन । त्यसो हुँदा कहिलेबाट बीपी राजमार्गमा सवारी खुलाउन सकिन्छ, यसै भन्न सकिन्न,’ उनले भनिन्, ‘वर्षा हुन छाडेर खोलामा बाढी घट्ने बित्तिकै काम सुरु गरिहाल्छौं ।’
बीपी राजमार्ग पुननिर्माणका लागि दुई खण्डमा ठेक्का लिएका निर्माण व्यवसायीका उपकरण पनि साइटमै रहेकाले तिनीहरू र सरकारका उपकरण समेत प्रयोग गरेर यथाशक्य चाँडो राजमार्ग खुलाइने उनले बताइन् ।
‘आज पानी परेन र बाढी घट्यो भने आजै काम थालिहाल्छौं,’ उनले भनिन् ।
गत वर्ष असोजमा बीपी राजमार्ग बाढीले बगाएपछि त्यसको मर्मतमा सरकारले ठूलो मात्रामा खर्च गरेको छ ।
सडक विभागले आफ्नै यन्त्र उपकरण प्रयोग गरी तथा आफैंले आवश्यक सामग्री खरिद गरी यो डाइभर्सन निर्माण गरेको डिभिजन सडक भक्तपुरकी सूचना अधिकारी अधिकारीले बताइन् ।
‘ठेक्का लगाएर नभई कार्यालय आफैंले डाइभर्सन निर्माण गरेको हो,’ उनले भनिन् । आफू कार्यालय बाहिर रहेकाले डाइभर्सन बनाउन लागेको खर्चबारे अहिल्यै भन्न नसक्ने उनले बताइन् ।
गत वर्ष बाढीले बगाएको बीपी राजमार्गलाई काभ्रे जिल्लामा चार खण्डमा विभाजन गरेर पुननिर्माणको तयारी थालिएको छ । तर, त्यसमध्ये दुई खण्डको मात्रै पुनः ठेक्का लागेको छ । भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्म पुननिर्माणको ठेक्का लामा–नवकान्तिपुर जेभीले पाएको छ ।
चारसयबेँसीदेखि डालाबेँसीसम्मको सडक खण्ड निर्माणको ठेक्का खानी–कमलजित–एवान निर्माण सेवाले पाएको छ । बाँकी दुई खण्डमध्ये एक खण्डको पुननिर्माण जापान सरकारले गरिदिने आश्वासन दिएको छ भने अर्को एक खण्डको ठेक्का लाग्न नै बाँकी छ ।
राजमार्गको सिन्धुली जिल्लामा पर्ने बर्खेखोला–नेपालथोक खण्ड पुननिर्माणका लागि खरीढुंगा–घिसिङ–क्षितिज जेभीले ठेक्का पाएको छ । तर, ठेक्का लागेका खण्डमा पनि पुनःनिर्माणको ठोस काम सुरु हुन सकेको छैन ।
कहाँ–कहाँ बगायो रोशीले बीपी राजमार्ग ?
क्र.सं. ठाउँ बगेको अनुमानित दूरी
१ माम्ती खोला ४०० मिटर
२ माथिल्लो माम्ती २३० मिटर
३ पिप्ले सिरान ८१ मिटर
४ तल्लो पिप्ले २३५ मिटर
५ माथिल्लो पिप्ले २२० मिटर
६ सुक्खा पहिरो पिप्ले ३५० मिटर
७ डालाबेंसी ४०० मिटर
८ कालढुंगा (भ्याकुरे खोला) १७५ मिटर
९ बोक्सी कुना २०० मिटर
१० चिउरी बाँसझाङ १७५ मिटर
११ नार्के ७५ मिटर
१२ गिमतीबेंसी २०० मिटर
१३ चारसयबेंसी २५० मिटर
१४ कटौनीबेंसी १५० मिटर
१५ चौकीडाँडा ३५० मिटर
१६ दाप्चा पुल ८० मिटर
१७ सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म तीन ठाउँमा ८०० मि

प्रतिक्रिया दिनुहोस्: