इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले गाजामा राखिएका बन्धकहरूलाई “आउँदा दिनहरूमा’’ रिहाईको घोषणा गर्ने आशा व्यक्त गरेका छन् ।
टेलिभिजनमा प्रसारित विज्ञप्तिमा उनले भनेका छन्, “हमासलाई निःशस्त्र गरिने छ र गाजालाई असैनिकीकरण गरिने छ । यसो गर्न कठिन भए पनि, यो हासिल हुने छ ।’’
हमासले शुक्रवार एउटा वक्तव्य जारी गरी अमेरिकी शान्ति योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । तर, त्यसमा उसले निःशस्त्रीकरणको बारेमा उल्लेख गरेको थिएन । अन्य मुद्दाहरूमा भने हमासले वार्ताको माग गरेको थियो ।
गाजामा बमबारी रोक्न ट्रम्पको आग्रह, हमास र इजरेलले के–के भने ?
शनिवार अक्टुवर ४, बिहान गाजामा हमला भएपछि हमासले इजरेलले “नरसंहार’’ जारी राखेको भनेको छ, र उसले इजरेलमाथि विश्वव्यापी दबाव दिन आग्रह गरेको छ ।
इजिप्टमा दुई पक्षबीच सोमवारदेखि युद्धविरामसम्बन्धी अप्रत्यक्ष वार्ता शुरु हुँदैछ ।
युद्ध अन्त्यका लागि माग गर्दै र्याली
‘आउँदा दिनहरूमा’ बन्धक रिहाइको घोषणा हुने नेतन्याहूको आशा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासले सम्झौता पूरा गर्न “ढिलाइ गरेको नसहने’’ बताएका छन् ।
ट्रूथ सोशल प्ल्याट्फर्ममा एउटा पोस्टमा ट्रम्पले भनेका छन् ः “हमास चाँडै अघि बढ्नु पर्छ, अन्यथा सबै सम्झौताको अवसर बन्द हुने छ । यो काम छिटो पूरा गरौं ।’’
उनले त्यसपछि इजरेलले “फिर्ता हुने प्रारम्भिक रेखामा सहमत भएको’’ भन्दै पोस्ट गरेका छन् । उनले अमेरिकी योजनासँगै प्रकाशित इजरेली सेना फिर्तीका लागि विभिन्न रेखाहरूलाई संकेत गरेको देखिन्छ ।
बीसबुँदे योजनाले युद्धको तत्काल अन्त्य गर्ने र हमासद्वारा बन्धक बनाइएका २० जना जीवित इजरेली बन्धकहरूको रिहाइको प्रस्ताव गरेको छ । साथै ज्यान गुमाएका ठानिएकाहरूको पनि शव फिर्ता गर्ने प्रस्ताव छ । त्यसका लागि सयौं गिरफ्तार गरिएका गाजाका वासिन्दालाई पनि फिर्ता गर्नुपर्ने छ ।
एक्समा एउटा पोस्टमा इजरेली डिफेन्स फोर्सेस आईडीएफले उसले “बन्धकहरूको रिहाइको लागि ट्रम्पको योजनाको पहिलो चरणको कार्यान्वयनको लागि तयारी अघि बढाउन’’ आदेश जारी गरेको छ ।
आईडीएफका सैनिकको सुरक्षा ‘उच्च प्राथमिकता’ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
ट्रम्पको भूमिका
हमासलाई ट्रम्पको योजनाका केही बुँदाहरू स्वीकार गर्न दबाव थियो । अनि, “हो तर“ प्रतिक्रियासहित उनीहरूले ठ्याक्कै त्यसो गरेका छन् । बाँकी रहेका सबै इजरेली बन्धकहरू, जीवित र मृत दुबैलाई रिहा गर्न अनि गाजालाई विषय विज्ञ (टेक्नोक्र्याट)हरूको शासन शुरु गर्न हमास सहमत भएको छ ।
तर, अन्य चीजहरूको बीचमा, हमासले निःशस्त्रीकरण गर्ने छ कि छैन भन्ने उल्लेख गरेको छैन, जुन इजरेलको मुख्य माग हो ।
अहिलेको प्रयासले अन्ततः सम्झौताको विन्दुमा पुर्याउँछ भन्ने सचेत आशा गाजा र इजरेल दुबैतर्फ छ । अहिलेको मुख्य भिन्नतामध्येको एक भनेको ट्रम्पको व्यक्तिगत संलग्नता हो, जो युद्ध अन्त्य गर्ने व्यक्तिको रूपमा सम्झिइन र पुरस्कृत हुन इच्छुक छन् ।
उनले सार्वजनिक रूपमा हमासलाई सम्झौता स्वीकार गर्न आग्रह गरेका छन् । त्योभन्दा बढी सैन्य बललाई धम्की दिएका छन् । हालसालै इजरेलको नेतृत्वसँग उनको बढ्दो रिसको संकेतहरू छन् । तर ट्रम्पको प्रभाव पर्याप्त छ कि छैन भन्ने स्पष्ट छैन ।
इजरेल–गाजा युद्ध ः शान्तिको मूल्य के हो ?
हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो
वास्तविकता के हो भने पहिलेका सम्झौताहरूलाई रोक्ने बाधाहरू उस्तै छन् । जसमा हमासको पूरा इजरेली फिर्तीको माग र बन्धकहरू मुक्त भएपछि इजरेलले युद्ध पुनः शुरु नगर्ने सुनिश्चितता रहेको थियो । समूहलाई बन्धकहरूको रिहाइविना असुरक्षित हुनेछ भन्ने थाहा छ र उसले त्यस्तो नहोस् भन्नका लागि निस्सन्देह बलियो आश्वासनको माग गर्नेछ ।
अन्यत्र पनि आशंकाहरू छन् । इजरेलभित्र र बाहिरका धेरैले नेतान्याहूले राजनीतिक उद्देश्यका लागि युद्ध लम्ब्याउने विगतका प्रयासहरूलाई तोडेको आरोप लगाएका छन् ।
उनलाई अतिराष्ट्रवादी मन्त्रीहरूले समर्थन गरेका छन् । जसले हमासको पूर्ण पराजयविना युद्ध समाप्त भए गठबन्धन छोड्ने धम्की दिएका छन् । यसले सरकार ढल्न सक्छ । अहिलेका लागि प्रधानमन्त्री सुरक्षित देखिन्छन् ।
यद्यपि, घरेलु सर्वेक्षणहरूले अधिकांश इजरेलीहरू बन्धकहरूको रिहाइ र युद्धको अन्त्यका लागि हमाससँग सम्झौता गर्ने पक्षमा छन् भन्ने सुझाव लगातार दिइरहेका छन् । देश गहिरो रूपमा विभाजित छ, युद्धबाट थकित छ र अन्तर्राष्ट्रिय रूपमा थप एक्लिएको छ ।
बन्धकका परिवारले बीबीसीलाई आफ्ना प्रियजनहरू चाँडै फर्किनेछन् भन्ने आशा व्यक्त गरेका छन् ।
विक्की कोहेनका छोरा निम्रोद गाजामा पक्राउ परेका २० कैदीमध्ये एक हुन् जो अझै पनि जीवित रहेको विश्वास गरिएको छ । उनले आफू शनिवार आशाको भावनासहित ब्युँझिएको बताइन् । तर “केही गलत हुने डर’’ पनि रहेको उनले बताइन् ।
‘यो नाजुक अवस्था हो र हामी फेरि निराश हुन चाहँदैनांै । र, अझै पनि मलाई आशा छ कि म चाँडै निम्रोदलाई देख्नेछु र मैले फेरि उनलाई अँगालो हाल्न सक्छु,’’ उनले भनिन् ।
विगत दुई वर्षमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ ।
गाजामा प्यालेस्टिनीहरूको प्रस्तावलाई लिएर आशादेखि गहिरो शंकासम्मका प्रतिक्रियाहरू व्यक्त भएका छन् ।
केहीलाई इजरेलले आफ्ना बन्धकहरूलाई फिर्ता लिन मात्रै यसो गरेको र युद्ध पुनः शुरु गर्ने भन्दै हमास पासोमा फसेको डर व्यक्त गरेका छन् । केहीले दुई वर्षको द्वन्द्व अन्त्य गर्ने ऐतिहासिक अवसर खुलेको विश्वास गरेका छन् ।
गाजाका वासिन्दा इब्राहिम फारेसले बीबीसीलाई भने, “आशावादी नहुनुहोस् ।’’
“विस्तृतमा चरणवद्ध रूपमा छलफल हुने छ । त्यस्तो विवरणमा नराम्रो कुरा पक्कै हुने छ ।’’
इजरेल र प्यालेस्टाइनबारे नेपालको विदेश नीति के छ ?
गाजा शहरमा शनिवार बिहान तीनवटा हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको अल–सिफा अस्पतालका चिकित्सा स्रोतले जनाएको छ ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा गाजामा इजरेली सैन्य कारबाहीमा ६६ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै गाजामा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७,०७४ पुगेको छ ।
करिब दुई वर्षअघि युद्ध सुरु भएयता इजरेलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई स्वतन्त्र रूपमा गाजा स्ट्रिपमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसले गर्दा दुवै पक्षको दाबीलाई पुष्टि गर्न गाह्रो भएको छ ।
इजरेली सेनाले सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा अभियान चलाएको थियो जसमा करिब १,२०० मानिसहरू मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो ।
गाजाको अधिकांशजसो जनसंख्या विस्थापित भएको र ९० प्रतिशतभन्दा बढी घरहरू क्षतिग्रस्त वा नष्ट भएको बारम्बार विवरणहरूमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: