ज्ञानेन्द्रको सन्देशमा पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन

२०८२ आश्विन १२

निर्मलनिवासले पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ । दसैंको अवसरमा आइतबार निर्मलनिवासबाट जारी भएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई ‘पूर्व श्री ५’ भनेर उल्लेख गरिएको गरिएको छ ।
यसअघि निर्मलनिवासबाट प्रकाशित हुने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ भनेर उल्लेख गरिन्थ्यो । संविधानले चिन्दै नचिनेको ’श्री ५ महाराजधिराज’ सम्बोधन गरिएको लेटरप्याड प्रयोग गरेको भन्दै गत असारमा पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्र पाठकसँग प्रहरीले सोधपुछ समेत गरेको थियो । त्यतिबेला प्रहरीले त्यसरी सम्बोधन गरिएको लेटरप्याड प्रयोग नगर्ने सर्तमा पाठकलाई छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्: