जेन जी आन्दोलन : काठमाडौंमा मात्रै १५ जनाको मृत्यु, विभिन्न स्थानमा काठमाडौं संससद भवन, देशको विभिन्न शहरमा कफ्र्यू जारी

२०८२ भाद्र २३

काठमाडौं भाद्र २३, काठमाडौंमा भएको जेनजीको प्रदर्शन हिंसात्मक बनेको छ । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौं लगायत देशको विभिन्न भागमा भएको प्रदर्शनीमा आन्दोलनकारीहरु निषेधाज्ञ क्षेत्र तोड्ने र आगजानी प्रयास गरिएको भन्ने आरोपमा प्रहरीको गोली लागी १५ जनाभन्दा बढीको मृत्यु समेत भइसकेको छ ।
प्रदर्शनकारीहरूले संघीय संसद्को बैठक बस्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका केही संरचनामा आगजनी गरेका छन् ।
नेपालमा सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि प्रतिबन्ध लगाएपछि युवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले घातक बल गर्दा काठमाण्डूमा कम्तीमा १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
¥यालीका क्रममा झडप भएपछि काठमाण्डूमा स्थानीय प्रशासनले विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । प्रदर्शनकारीहरू अराजक हुँदै निषेधित क्षेत्रमा प्रवेश गरेपछि बल प्रयोग गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
केही प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित संघीय संसद् परिसरमा धावा बोलेका थिए । त्यहाँ तोडफोड र आगजनी पनि गरेका थिए। नयाँबानेश्वर क्षेत्र अझै अपराह्ण ४ः१५ बजेसम्म अशान्त रहेको देखिएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनकारीहरू हताहत भएकोमा दुःख व्यक्त गर्दै सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्णयबारे “केही न केही गर्ने’’ प्रतिक्रिया दिएका छन् ।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई ‘जेन जी’ भनेर चिनाउने विशेष गरी नवयुवा पुस्ताका प्रदर्शनकारीहरूले देशका विभिन्न मुख्य सहरमा विरोध¥याली निकालेका थिए ।
कास्की र मोरङका स्थानीय प्रशासनले पोखरा र इटहरीका केही स्थानमा कफ्र्यू आदेश जारी गरेका छन् ।
वीर अस्पतालसँगै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा अहिलेसम्म सात जनाएको मृत्यु भएको उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गरे । थप चार जनाको अवस्था गम्भीर रहेको जानकारी उनले दिए ।
नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा दुई जनाको मृत्यु भएको त्यसका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले बताए ।
त्यसै गरी सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा एक घाइतेको मृत्यु भएको उक्त अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बताए ।
काठमाडौंका विभिन्न अस्पतालमा ठूलो संख्यामा घाइतेहरूलाई भर्ना गरिएको छ
रेग्मीका अनुसार मृत्यु हुनेमा झन्डै ३५–४० वर्षका देखिने पुरुष र एक जना अन्दाजी २०–२५ वर्षका युवा छन् ।
“तीस जनाभन्दा धेरै घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ । दुई जनाको यहाँ आइपुग्नुअघि नै मृत्यु भइसकेको थियो, ’’ डा रिजालले भने । उनका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक छ ।
यसअघि निजामती कर्मचारी अस्पतालका मेडिकल निर्देशक दीपक पौडेलले उक्त अस्पतालमा मात्रै १०० जनाभन्दा धेरै घाइतेलाई ल्याइएको बताएका थिए । उनका अनुसार धेरै घाइतेहरूलाई रबरको गोली लागेको छ ।
के नेपाल प्रहरीले नियम कानुन पालना गरेर आन्दोलनकारीमाथि बल प्रयोग गर्ने गरेको छ ?

तीनकुनेमा घातक बल प्रयोग गरेको भन्दै प्रहरीमाथि प्रश्न ?
घाइतेको संख्या धान्न नसकिने गरी अत्यधिक भएको भन्दै सिभिल अस्पतालले केही घाइतेलाई अन्य अस्पताल पठाएको छ । प्रहरीले अधिकांश घाइतेहरूलाई निजामती कर्मचारी (सिभिल) अस्पताल र वीर अस्पताल पु¥याइएको बताएको छ ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कैयौं घाइतेहरूलाई लगिएको छ । तीमध्ये केही गम्भीर अवस्थामा भएको अस्पतालस्थित सूत्रले जनाएको छ ।

प्रहरी र प्रशासन के भन्छन्
“कति जना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ । सुरक्षा निकाय र प्रदर्शनकारी दुबैतर्फ मानिसहरू घाइते भएका छन्,’’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले भने ।
¥यालीका क्रममा झडपहरू भएपछि काठमाडौंमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँ लगायत विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ ।
बिहान देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए । त्यहाँ तनाव बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो भने स्थानीय प्रशासनले सो क्षेत्र वरपर कफ्र्यू आदेश जारी गरेको थियो । त्यसको लगत्तै कफ्र्यू अन्य केही स्थानमा पनि विस्तार गरिएको थियो ।
“हामीले १२ः३० बजे जारी भएको कफ्र्यू विस्तार गरेका छौं । अब राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार संग्राहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कफ्र्यू लागेको छ,’’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता मुक्तिराम रिजालले भने ।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको बताइएको छ ।
“विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले’’ बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि झडप भएको थियो ।

सेनाको टुकडी सडकमा
स्थानीय प्रशासनले कफ्र्यूको घोषणा गरेलगत्तै काठमाण्डूको सडकमा नेपाली सेनाको टुकडी तैनाथ भएको देखिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको उनले बताए ।
“शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ,’’ ।

पोखरा र इटहरीमा पनि कफ्र्यू
गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयतर्फ अघि बढेका प्रदर्शनकारीहरूसँगको झडपपछि पोखरामा पनि प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।
प्रहरीले ठूलो संख्यामा अघि बढेका युवाहरूलाई रोक्न अश्रुग्यास र रबरको गोली प्रयोग गरेको बीबीसी संवाददाता कृष्णमणि बरालले बताएका छन् ।
अपराह्न २ बजेदेखि अर्को आदेश नभएसम्म पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिम, फिश्टेल गेट, उत्तर मालपोत कार्यालय र दक्षिण राष्ट्र ब्याङ्क चोक हुँदै दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय रहेको ड्यामसाइडसम्म कफ्र्यू आदेश जारी गरिएको छ ।
विराटनगरस्थित हाम्रा संवाददाता विक्रम निरौलाका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी उपमहानगरपालिका भित्रका केही क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेका छन् ।

काठमाडौंमा कफ्र्यू किन
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ताका अनुसार शान्तिपूर्ण प्रदर्शन “अराजक बन्दै’’ गएको र निषेधित क्षेत्र तोडिएकाले कफ्र्यू लाउने निर्णय गरिएको हो ।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि बल प्रयोग गर्नुपरेको उनको भनाइ छ । “त्यस क्रममा सामान्य बल प्रयोग भएको छ। हामीले तत्कालै केही जनालाई नियन्त्रणमा लिएका छौँ,’’ यसअघि रिजाललाई बताएका थिए ।
यसअघि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कफ्र्यू आदेश जारी गर्ने निर्णयसहित विज्ञप्ति जारी गरेका थिए ।
सामाजिक सञ्जालबाट उठेको ज्वाला
अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए ।
टिकटकमा विभिन्न नेताका छोराछोरीको ’विलासी जीवन’ झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पु¥याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित ‘‘नेपो बेवी’ ट्रेन्ड सुरु गरेका छन् ।
त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ ।
बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए ।
नेपालगन्जमा आयोजित विरोधप्रदर्शनमा युवायुवतीहरूले नेपालको झण्डा बोकेका छन्
देशैभरि प्रहरीको निगरानी
काठमाण्डू र बाहिरका प्रमुख सहरहरूमा पनि विरोधप्रदर्शन हुने भएकाले प्रहरीले निगरानी गरेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे सोमवार बिहान बीबीसीलाई बताएका थिए।
“यो काठमाडौं उपत्यकामा मात्रै छैन । बाहिर पनि भएकाले जुनजुन ठाउँमा छ सम्बन्धित जिल्ला सुरक्षा समिति बसेर सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक सुरक्षा योजना तयार गरेर जनशक्ति परिचालन गरिएको छ,’’ उनको भनाइ थियो ।
युवाहरूको सोमवारको प्रदर्शन “शान्तिपूर्ण“ हुने भनिए पनि प्रहरी प्रवक्ताले आफूहरूले त्यसलाई सामान्य रूपमा नलिएको बताएका थिए ।
’जेन जी’को प्रदर्शनमा काठमाडौं महानगरपालिकामा मेअर बालेन शाहसहित कैयौं राजनीतिज्ञ, चर्चित कलाकार र गायकगायिकाले पनि ऐक्यवद्धता व्यक्त गरेका थिए ।
गायक तथा कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत् नै समर्थन व्यक्त गरेका थिए ।
“यसपालि उनीहरूलाई जेन जीको साङ्केतिक प्रदर्शनले गहिरो महसुस होस् कि समय धेरै अगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ,“ उनले फेसबुकमा लेखेका थिए ।

‘अवस्था बदल्न सडकमा’
बिहान काठमाडौंको माइतीघरमा पुगेका न्यूज नेपालीका अनुसार प्रदर्शनमा सहभागी हुनेमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थीहरू थिए ।
उनीहरूले नेपालको राष्ट्रिय झण्डासहित “अब अति भयो’’ र “भ्रष्टाचारलाई अस्वीकार गरौं ।’’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।
उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा नारा समेत लगाएका थिए।
काठमाण्डू उपत्यकामा युवाहरूको अगुवाइमा भएको प्रदर्शन अहिलेसम्मकै ठूलो देखिएको छ। उनीहरूले देशको अवस्था बदल्न आफूहरू सडकमा आएको बताए ।
बंगलादेशमा विद्यार्थीहरूले ल्याएको राजनीतिक परिवर्तनको उदाहरण दिँदै उनीहरूले नेपालमा पनि युवाहरूको प्रदर्शनले त्यस्तै किसिमको अवस्था ल्याउन सक्ने बताएका छन् ।

देशैभरि युवाहरूको प्रदर्शन
बुटवलको राजमार्ग चौराहामा भेला भएका युवाहरू भ्रष्ट्राचार विरोधमा नाराबाजी गर्दै ट्राफिकचोकसम्म पुगेका थिए ।
उनीहरूले “आज होइन भने कहिले ? हामी होइन भने को ?’’ “अब पालो युवाहरूको’’ जस्ता नारा अंकित प्लेकार्डहरू पनि बोकेका थिए ।

बुटवलको प्रदर्शनमा राम्रै संख्यामा युवाहरूको सहभागिता थियो ।
बुटवलमा जेन जीको प्रदर्शन
जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरुद्धका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे ।
जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरूद्धका नारा लेखिएका प्लाकार्ड‍सहित प्रदर्शन गर्दै
। वीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूले सरकारको निर्णयविरुद्ध विरोधसभा गरे । सामाजिक सञ्जाल बन्द गर्ने र भ्रष्टाचार बढेको भन्दै उनीहरूले सरकारप्रति आक्रोश पोखे । विरोध¥यालीमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।
सहभागीहरूले “भ्रष्टाचार अन्त्य गर’’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । उनीहरूले भ्रष्टाचार र कुशासन दिन प्रतिदिन बढ्दै गएको भन्दै सरकार जनताप्रति गम्भीर हुनुपर्ने माग गरेका छन् ।
युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको दाबी गर्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरे ।
वीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूको प्रदर्शन ।
विराटनगरको सन्सारीमाइस्थानमा भेला भएर युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका थिए। विरोध¥यालीमा कलेजमा अध्ययनरत विद्यार्थी धेरै थिए ।
उनीहरूले भ्रष्टाचार र कुशासन बढेको भन्दै सरकारविरोधी नारा पनि लगाएका थिए ।
विराटनगरको सुनसारीमाइस्थानमा भेला भएका युवाहरूको प्रदर्शन ।
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि युवाहरूले प्रदर्शन गरे ।

इटहरी उपमहानगरको कार्यालय आगजनी
पछिल्लो घटनाक्रम अनुसार इटहरी उपमहानगरको कार्यालयमा जेनजीले लगाइदिए आगो
आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् ।
सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् ।
आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्: