
काठमाडौं भाद्र २०, विश्वकप २०२६ का लागि थप तीन टोली छनौंट भएसँगै अहिलेसम्म १६ टोलीको टिकट पक्का
२०२६ फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाबाट उरुग्वे, कोलम्बिया र पाराग्वे छनौंट भएका छन् ।
यी टोलीले पछिल्ला खेलमा हात पारेको नतिजाले आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का गरेका हुन् ।
यससँगै विश्वकपमा छनोट हुने टोलीको संख्या १६ पुगेको छ ।
दक्षिण अमेरिकी छनोटका पछिल्ला खेलको नतिजाः
– कोलम्बिया ३–० बोलिभियाः कोलम्बियाले बोलिभियामाथि प्रभावशाली जित दर्ता गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गर्यो ।
– उरुग्वे ३–० पेरुः उरुग्वेले पेरुलाई सहजै हराउँदै विश्वकपमा छनोट भयो ।
– पाराग्वे ०–० इक्वेडरः पाराग्वेले इक्वेडरसँग गोलरहित बराबरी खेलेर पनि विश्वकपमा स्थान बनाउन सफल भयो ।
– अर्जेन्टिना ३–० भेनेजुएलाः अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गर्यो। यस खेलमा लियोनल मेसीले २ गोल गरे ।
– ब्राजिल ३–० चिलीः ब्राजिलले चिलीमाथि सहज जित हात पार्यो ।
यसअघि दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र कोलम्बियाले स्थान पक्का गरिसकेका थए।
यससँगै दक्षिण अमेरिकाबाट छनोट हुने टोलीको संख्या ६ पुगेको छ। अब भेनेजुएला र बोलिभियामध्ये एक टोलीले अन्तर महादेशिय प्लेअफ खेल्नेछन्। यो क्षेत्रबाट पेरु र चिली भने बाहिरिएका छन् ।
अहिलेसम्म विश्वकप २०२६ का लागि छनोट भएका टोलीहरूः
एसिया (६) :
– अष्ट्रेलिया
– इरान
– जापान
– जोर्डन (पहिलो पटक)
– दक्षिण कोरिया
– उज्वेकिस्तान (पहिलो पटक)
उत्तर अमेरिका (३ – आयोजकको रूपमा)ः
– क्यानडा (सह–आयोजक)
– मेक्सिको (सह–आयोजक)
– संयुक्त राज्य अमेरिका (सह–आयोजक)
दक्षिण अमेरिका (६)ः
– अर्जेन्टिना
– ब्राजिल
– कोलम्बिया
– इक्वेडर
– पाराग्वे
– उरुग्वे
ओशिनिया (१):
– न्युजिल्याण्ड
यसरी, विभिन्न महादेशबाट १६ वटा टोलीले विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
विश्वकप फुटबल २०२६ आगामी वर्ष उत्तर अमेरिकाका मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
अर्को वर्ष हुने फिफा विश्वकपमा ४८ टोलीको सहभागिता हुनेछ। प्रतियोगिताका खेलहरू तीन देशका १६ वटा शहरमा हुनेछन् ।
अमेरिकाको एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायमी, न्यूजर्सी, फिलाडेल्फिया, सियाटल र सान फ्रान्सिस्को बे एरिया गरी ११ वटा शहरमा खेल हुनेछन् ।
क्यानडाको टोरन्टो र भ्यान्कुवरमा खेल हुँदा मेक्सिकोको मेक्सिको सिटी, ग्वादलाखारा र मोन्टेर्रेमा विश्वकपमा खेल हुनेछन् ।
विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ । अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन् ।
यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ ।
४८ टिमलाई अब चार–चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ ।
१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस्: