
काठमाडौं असार २६, वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद हरिबहादुर चुमानले किसानको पहिचान र वर्गीकरण गरी अनुदानको व्यवस्था गरेमात्रै किसानको जीवनस्तर माथि उठ्ने बताए ।
सुक्खा र वर्षायाममा हुने कृषि र पशुजन्य विपद्को अवस्थामा किसानका समस्या सम्वोधन गर्न सम्बन्धित मन्त्रालयमा विपद् कोष स्थापना गरिनुपर्छु, उनले भने, कोष स्थापना गरेमा विपद्मा परेका किसानलाई तत्काल राहतको व्यवस्था गरी विस्थापित हुनबाट जोगाउन सकिन्छु ।
प्रदेशसभा सदस्य श्यामराजा महतले किसानलाई प्राथामिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले किसान आत्मनिर्भर बन्दै गए नागरिकको जीवनस्तरमा सुधार हुनुका साथै मुलुकको अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सकिने धारणा राखे ।
गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईंले गुणस्तरीय उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए । अवैधानिक आयातलाई निरुत्साहित गरी स्थानीय उत्पादनको बजारीकरणमा स्थानीय र प्रदेश सरकारले नीति बनाएर कार्यान्यन गर्नुपर्नेमा उनले जोड दिए ।
कृषिलाई रुपान्तरण गर्न आधुनिकीकरणमा जोड दिइनुपर्छ। बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसानको पुनःस्र्थापना कार्यक्रमलाई प्राथामिकता दिन आवश्यक छु, सचिव प्रसाईँले भने, वास्तविक किसानको पहिचान गरी विभिन्न तहमा वर्गीकरण गरेर बीमा र सहुलियतमा ऋण दिने व्यवस्था गर्न सके किसान लाभान्वित हुनुका साथै विस्थापितहरूलाई पुनःस्थापन गर्न सकिन्छु ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कृषिलाई संरक्षण र संवद्र्धन गर्न व्यावसायिक कृषि पेशालाई जोड दिनुपर्ने बताए। कृषिलाई सुलभ ब्याजदरमा ऋण प्रवाह गर्न वर्गीकरण गरी उत्पादन परिणामका आधारमा अनुदान दिने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछाने र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा.राजेशकुमार चौधरीले कार्यालयले वार्षिक रूपमा गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा जिल्लाका १० वटै पालिकाका व्यावसायिक किसान, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्: