
नबराज न्यौपाने
काठमाडौं असार २७, नियामकको आँखामा पट्टी बाँधेर सेटिङमा आइपीओ निष्कासन गर्ने लागेको रिलायन्स स्पिनिङ्ग मिल्सलाई धक्का लागेको छ । चौतर्फी दबाब र आइपीओ स्वीकृत गर्दा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठ्दा तत्कालका लागि कम्पनीको आइपीओ रोक्ने निर्णयमा धितोपत्र बोर्ड पुगेको हो । अब धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्मका लागि कम्पनीलाई आइपीओ निष्कासनको अनुमति नदिइने बोर्डको उच्च स्रोतले बताएको छ ।
सेटिङमा जे पनि हुन्छ भनेर अघि बढी रहेको रिलायन्सको थप अर्का एक कालो कर्तुत बाहिर आइरहेको छ । सर्वसाधारणको लगानी डुबाउने खेल खेलिरहेको रिलायन्स स्पिनिङ मिल्सले स्थानियबासी समेत प्रदुषित पानी उत्सर्न गरेर जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरिरहेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको उद्योग रहेको कोशी प्रदेशस्थित इटहरी–१२, खनार सुनसरीमा रहेको उद्योगबाट निष्कासन हुने घातक प्रदूषणयुक्त पानीका कारण उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणले हैरानी ब्यहोर्नु परेको छ । कारखानाबाट निष्कासन हुने प्रदुषित पानीले स्थानीयबासीहरु प्रभावित भएको र सो सम्बन्धमा गुनासो गर्दा कसैले पनि सुनुवाई नगरेको पीडितहरुले बीमापोष्ट जानकारी दिएका छन् ।
सो उद्योगकै कारण सुनसरीको खनार क्षेत्रमा सर्वसाधारणको कैयन विगाहा खेतीयोग्य जमीन समेत सोहि कम्पनीले गर्दा बाँझो रहेको गुनासो स्थानियहरुको छ ।
रिलायन्सबाट आउने दुर्गन्धित पानी सफा पानी बग्ने खोलामा मिसाउँदा खोला नै फोहोर भइ स्थानीयबासीको जनस्वास्थ्यमाथि गम्भिर असर परिरहेको इटहरी उपमहानगरपालिका वडा १२ का वडा सदस्य संजय कुमार मिश्रले बीमापोष्टलाई बताए । उनले भने, ‘रिलायन्सले आफ्ना कारखानाबाट निष्केको पानी एउटा खोलामा मिसाएको छ । जसले गर्दा सफा पानी बग्ने खोलालाई समेत त्यसले प्रभावित बनाएको छ । जनस्तरबाट त्यसको चर्को विरोध भइरहेको छ ।’
वडा सदस्य मिश्रले रिलायन्स मिलको प्रदुषित पानीका कारण जनताको स्वास्थ्यमा गम्भिर असर परे पनि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तथा संघीय सरकारले कुनै चासो नदिएको बताए ।
कम्पनीबाट निष्कासन हुने घातक प्रदूषणयुक्त पानीले हिउँदको महिनामा स्थानिय बस्ति नै प्रभावित हुने इटहरी १२ का वडा सदस्य सन्यास कुमार शाहले बताए । ‘जेठ असारतिर वर्षाले गर्दा कम्पनीबाट निष्किने पानी बगेर जान्छ । कम्पनीले खोलामा मिसाएको पानीको सतह हिउँद तिर कम हुन्छ । जसले गर्दा आसपासका स्थानिय बस्तिलाई प्रभावित बनाइ रहेको छ । यसबारे बेला बेला जनगुनासो समेत आउने गरेको छ’ शाहले भने ।
कारखानाबाट धागो उत्पादन गर्दा प्रयोग गरिन केमिकलले गर्दा निकै दुर्गन्ध आउने शाहको भनाइ रहेको छ । उनले भने, ‘कम्पनीले धागो उत्पादन गर्दा निष्केको पानी तल एउटा खोलामा मिसाउने गरेको छ । धागो उत्पादन गर्दा प्रयोग हुने केमिकलले आम मानिसको स्वास्थ्यमा असर गर्नुका साथै दुर्गन्ध फैलिने गरेको छ । त्यो खोला तल बुढी खोलासँग नमिसिएसम्म दुर्गन्धित नै हुने गरेको छ । १०० प्रतिशत उसैको पानी बग्दा निकै दुर्गन्धित हुने गरेको छ । सर्वसाधारणका समेत गुनासोपछि ढकन लगाएपनि लत खोलासम्म नहुँदा दुर्गन्ध कायमै रहेको छ ।’
जाडोको समयमा समेतमा सो क्षेत्रमा बस्न नै नकिने अवस्था सिर्जना हुने स्थानियहरुको भनाइ रहेको छ ।
‘जेठ बैशाखमा खोलामा आउने पानीले केहि सहज हुन्छ । तर, पुष माघतिर त हामी यो क्षेत्र तिर बस्न नै सक्दैनौ’ स्थानीयबासी सुमन मिश्रले भने, ‘दुर्गन्धित खोलाको पानीले गर्दा खेति समेत राम्रो हुँदैन । गाई बस्तु पनी बेला बेला मरेको घटना समेत छन् ।’
यता, सो क्षेत्रका वडा अध्यक्ष भुवन राज पोखरेल पनि पानीले सो क्षेत्र दुर्गन्धित भएको पृष्टि गरे । उनले भने, ‘स्थानीयका गुनासा बेला बेला आउने गरेका छन् । सो पानीले गर्दा केहि बस्ती प्रभावित भएका छन् ।’
स्थानीयको आन्दोलनहरुलाई रिलायन्स केही निश्चत व्यक्ति प्रयोग गरेर तथा पैसा परिचालन दबाउने गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट ट्रङ्क तथा डेडिकेटेड लाइन प्रयोग गरे बापत ७३ करोड ४७ लाख (यसअघि एक अर्ब ९४ करोड रुपैयाँ बक्यौता देखिएकोमा लाल आयोगपछि संशोधन गरेर षयन्त्रपूर्वक घटाइएको) रुपैयाँ बक्यौता बाँकी रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया जबरजस्ती अघि बढेको भइरहेको थियो ।
उता, स्थानीयबासी तथा वडा कार्यालय पटक पटक संघीय सरकारको वातावरण मन्त्रालयमा सम्पर्क गरी रिलायन्स स्पिनिङ मिल्सका कारण जनताको स्वास्थ्यमा परेको असर सम्बन्धमा छानविन गर्न माग गरेपनि वातावरण मन्त्रालय कानमा तेल हालेर बसिरहेको आरोप लगाएका छन्
प्रतिक्रिया दिनुहोस्: