कोशी प्रदेश सभा : लिम्बु भाषामा सांसदको सम्वोधन

२०८२ श्रावण २६

काठमाडौं साउन २५, जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बुले कोशी प्रदेश सभा बैठकमा लिम्बु भाषामा सम्बोधन गरेकी छन् ।
ण्जसपा संसदीय दलको नेता लिम्बुले आइतबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर लिम्बु भाषामा सम्बोधन गरेकी हुन् ।
प्रदेश सभामा लिम्बु भाषामा सम्बोधन गर्ने क्रममा उनले भाषा आयोगको सिफारिस अनुसार ढिलै भएपनि लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागेकोमा सरकारलाई धन्यवाद दिइन् ।
बिहीबार लिम्बु र मैथली भाषालाई सरकारी कामकाजको भाषा व्यवस्थाका लागि प्रतिपक्षी दलले पेश गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सत्तापक्षले ह्वीप लगाएर अस्वीकृत गरेको थियो ।
प्रतिपक्षीको प्रस्ताव अस्वीकृत गरेको सरकारको तर्फबाट आइतबार प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा पेश गरे ।
अब विधेयकमाथि छलफल प्रक्रिया अघि बढ्ने छ । कात्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनानन्द लिङ्देनको जयन्तीको अवसर पारेर सरकारी कामकाजमा लिम्बु र मैथली भाषा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्: