स्तरोन्नतिले नेपाललाई आत्मनिर्भरतातर्फ अगाडि डोर्याउँछ : प्रधानमन्त्री

२०८२ श्रावण १५

काठमाडौं साउन १४, प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा अल्पविकसित मुलुकबाट नेपाल स्तरोन्नति हुँदा पर्ने प्रभावका बारेमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा अल्पविकसित मुलुकबाट नेपाल स्तरोन्नति हुँदा पर्ने प्रभावका बारेमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो खुशीको कुरा हो । यसले हाम्रो अन्तर्राष्ट्रिय छवी उचो हुने र नेपाल आत्मनिर्भरता तर्फ अगाडि डो¥याउँछ ।
‘यो खुशीको कुरा हो । यसले हाम्रो अन्तर्राष्ट्रिय छवी उचो हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको यो संकेत हो । नेपालको कन्ट्री रेटिङको सूचकाङ्क बलियो बन्नेछ र लगानीको लागि थप वातावरण तयार हुनेछ,’ उनले भने ।
यसले नेपालको भिजिट डिप्लोमेसी र सगरमाथा सम्बाद, लगानी सम्मेलन जस्ता कन्फेरेन्स डिप्लोमेसीमार्फत आर्थिक कुटनीति मजबुत बनाउनसक्ने अवसर दिने उनले बताए ।
नेपालको अधिकांश व्यापार तथा सहकार्य द्वीपक्षीय भएकोले स्तरोन्नतिका कारण यस क्षेत्रमा धेरै असर पर्ने स्थिति नभएको उनले बताए ।
सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्र संघको महासभाले नेपाललाई अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत गरेको थियो । नेपाल अल्पविकसित मुलुकमा सूचीकृत भएको ५५ वर्षपछि नेपाल आगामी वर्ष सन् २०२६ मा स्तरोन्नति हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्: