
काठमाडौं साउन १३, अधिवक्ता विष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छन् नागरिक समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्यक रहेको बताए । कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूनीकरणमा सहयोग अधिवक्ता गिरीको भनाइ छ ।
ज्यान सम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भाव सम्बन्धी कानूनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको उनले बताए । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्दाको बारेमा पनि स्थानीय निकायले कानूनी साक्षरताको माध्यमबाट जनतालाई बुझाउनको लागि पनि अभियान आवश्यक रहेको अधिवक्ता गिरीको भनाइ छ ।
अधिवत्ता गिरीले अनलाईन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता प्राप्त गरेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानुनको बारेमा जानकारी आवश्यक भईरहेकाले कानुनको जानकारी जो सुकैमा हुनुपर्नेमा अधिवत्ता गिरीको जोड छ ।
अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ–संस्थाहरुमा कानुन सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानुन सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानुन सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: