
काठमाडौं साउन १३, समाजवादी मोर्चाले सीमा सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
बैठकले देशमा बढेको निराशा र आक्रोशलाई सम्बोधन गर्ने कार्यक्रम बनाउने निर्णय गर्यो ।
मोर्चाले भदौको अन्त्यतिर देशव्यापी कार्यक्रम र जनसंघर्ष गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ । देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ । समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ’, उनले भने, ‘अर्को देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔं भन्ने निर्णय ग¥यो ।’
यस्तै भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाऔँ । देशैभरी जनसंघर्ष र अन्तरक्रिया गर्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: