
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
मनप्रसाद न्यौपाने
काठमाडौं असार २९, महानगरपालिकाले सहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आइतबार नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
जसअनुसार उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ ।
स्थानीय भाषा, संस्कृति तथा सम्पदाहरूको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई बिदेसिने दर घटाउने जस्ता लक्ष्यहरू पनि लिएको छ ।
‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने जस्ता विषयलाई जोड दिने छौं,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले भनिन् , ‘सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरू मार्फत योगदान, खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने लक्ष्य लिएका छौं ।’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च भएको हो ।
यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । यो खर्च क्रमशः ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत बराबर हो ।
महानगरपालिकाले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
माफी माग्दै सुनिताले भनिन् ‘काठमाडौं महानगर फेरि एकढिक्का भएको छ’
उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् ।
ण्काठमाडौं महानगरले आगामी आवको नीति कार्यक्रम ल्याउने क्रममा आज सार्वजनिक गरेको चालुको आर्थिक वर्षको प्रगति विवरणमा ५५ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ ।
यस्तै १०.३१ किलोमिटर सडक ढलान भएको छ भने १२.२५ किलोमिटर ढल निर्माण भएको छ । यस्तै महानगरले ४२.४७ किलोमिटर ब्लक छापेको छ ।
महानगरका मेयर बालेन्द्र शाह(बालेन)को इजलासमा आएको १३५ वटा विवाद मध्ये ४८ वटा निरुपण भएका छन् ।
यस्तै न्यायीक समितिको इजलासमा पेश भएको २८१ वटा विवादमध्ये ७७ वटाको मिलापत्र प्रमाणित भएको छ ।
काठमाडौं महानगरले ‘सेफ फुड’ अभियान चलाउने
आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले उपभोक्ताको हितको लागि सेफ फुड काठमाडौं अभियान चलाउने बताएका हुन् ।
नगर सभाबाट मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले बजेट ल्याउने कार्यक्रम छ ।
बालनेले गुरागाईंलाई नगर सभामा पनि गरेनन् सम्बोधन
१७ औं नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।
काठमाडौं महानगरपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्न निर्णय गरेको छ । आज २ बजे बस्ने नगर सभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय भएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछिन् ।
महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए । बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।
बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।
एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक
प्रतिक्रिया दिनुहोस्: