
काठमाडौं, असार २५ नेपाली खेल इतिहासमा खेलाडीहरुका लागि उच्चस्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण गर्न नसकिएको यथार्थ हो । जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देखिदै आएको छ । नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पुर्ति गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले नेशनल हाइ पर्फमेन्स सेन्टरको निर्माण गरेको जानकारी गराउन पाउँदा हामी नकै हर्षित छौं ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीहरुको उच्चस्तरको खेल प्रदर्शनमा सुधार ल्याउने उदेश्यबाट सेन्टर निर्माण गरिएको हो । सेन्टरबाट पाउने सुविधाले गर्दा उनीहरुको आगामी प्रदर्शनमा निकै सुधार हुने अपेक्षा राष्ट्रिय खेलकुद परिषद्ले लिएको छ । खेलाडीहरुले गर्ने दैनिक अभ्यासमा नेशनल हाइ पर्फमेन्स सेन्टरको उपयोगिताले शारीरिक तन्दुरुस्तीमा सकारात्मक सुधार ल्याउने अपेक्षा गर्दछौ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टरको निमार्ण गरिएको छ । जसकोे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०८२ असार २६ गते समुद्घाटन हुने जानकारी दिएको छ ।
–केन्द्रीय हलको क्षमताः १०० जनाले एकै पटक अभ्यास गर्न सक्ने
–केन्द्रीय हलको क्षेत्र ७ हजार ५ सय ७८ स्क्वायर फिट
–जीम हल ४ हजार ९६ स्क्वायर फिट
माउच्च परफरमेन्स हलमा भएका सुविधाहरु:
(१) जीमहल(२) महिलातथा पुरुषकालागि ५÷५ वाट बाथरुम(३) १५÷१५ जनाले एकै पटक प्रयोग गर्न सक्ने पुरुष तथा महिला चेन्जिङ रुम (४) पुरुष तथा महिला लकर रुम (५) अफिस रुम(६) भण्डार कोठा (७) सुविधा सम्पन्न शौचालय (महिला÷पुरुष) (८) थेरापीरुम (९) स्टिम रुम (१०) ट्रेडमिल, (११) इलिप्टिकल (१२) इन्डोर बाइक (१४) सिटेड रो (१५) पुलडाउन (१६) स्क्वाट स्टेन्ड (१७) फङसनल ट्रेनिङ सिस्टम (१८) एङगल्ड लेग प्रेस (१९) लेग एक्सटेन्सन (२०) लेग कर्ल (२१) स्मिथ मसिन (२२)पावर स्टेन्ड (२३) एड्जस्टेबल डिक्लाइन स्टेन्ड (२४) फ्लेट स्टेन्ड (२५) ओलम्पिक फ्लेट स्टेन्ड (२६) डिप÷चिन एसिस्ट (२७) सिटेड काल्फ (२८) वेट प्लेट ट्रि (२९) टु टायर डम्बेल स्टेन्ड (३०)बारबेल ¥याक स्ट्रेट (३१) ब्याक एक्सटेन्सन लगायतका उपकरणहरु रहेका जनाएका छन् ।
राष्ट्रिय खेलकुद विज्ञान अनुसन्धान केन्द्र
खेलाडीहरुको शारिरीक क्षमता र बनोटको अनुसन्धान आधुनिक खेल जगतमा अनिवार्य सर्तका रुपमा रहेको छ । विश्व खेलकुद क्षेत्रले अध्याधुनिक प्रविधिमा खेलाडीहरुको समग्र पक्ष परिक्षण र अनुसान्धान गर्न थालेको निकै भई सकेको छ । यही प्रकृतिका प्रविधि मार्फत नेपाली खेलाडीहरुको प्रशिक्षणलाई थप प्रभाकारी बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद विज्ञान अनुसन्धान केन्द्रको स्थापना गरेको हो ।
सुविधाहरु
(१) पोर्टेबल भीओ २ टेस्टिङ डिभाइस (२) ब्लड लेक्टेट एनालाइजर (३) सर्फेस इएमजी (४) मोसन ट्रेकिङ (५) बीएफआर (६) एसभीटी (इन ह्यान्ड को–ओर्डिनेसन टेस्ट (७) साइकलइर्गोमिटर (८) बायोमेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर (९) टाइमिङ गेट (१०) इसोकाइनेटेक (११) डुएल प्लेट (१२) इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटर ।
अन्तयमा, नेपाली खेलकुदमा पनि नयाँ प्रविधिको उपयोगका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् निरन्तर क्रियाशिल रहदै आएका छन् । खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उच्च प्रदर्शन योग्य बनाउने प्रयासमा सम्पूर्ण क्षेत्रको सकारात्मक सुझाव तथा सहयोगको अपेक्षा राखेका छौं ।
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
काठमाडौं असार २४, नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम÷आईटीएफ÷एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १–१ प्रतियोगिता खेल्ने छिन् ।
प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन् । त्यसपछि शिभालीले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने छिन् ।
जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने छिन् । जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुने छिन् । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन् ।
उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन् । एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए ।
शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: