
काठमाडौं बैशाख १०, सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् । बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ ।
मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार नै सञ्चार माध्यमहरूमा सार्वजनिक भएको थियो । त्यसपछि ती नेपालीबारे सोधखोज शुरु भएको थियो ।
गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी हमलामा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरे । मृतकका परिवारबाट पनि यो कुरा पुष्टि भएको छ ।
पारिवारिक स्रोतका अनुसार आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनको काका नाता पर्ने बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।
‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन,’ वडाध्यक्ष न्यौपानेले अनलाइनखबरसँग भने ।
सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् ।
उनीहरू बुधबार साँझसम्म काठमाडौं फर्कने गरी जम्मु कश्मिर विमानस्थलमा पुगिसकेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । सुदीपको शव पनि आज साँझसम्म काठमाडौं आइपुग्ने न्यौपानेले बताए ।
आमा–बुबाको सम्बन्ध बिच्छेद भएपछि आमा र बहिनीसँग सुदीप बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।
उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको स्थानीय थानेश्वर पौडेलले बताए । ‘घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ,’ पौडेलले भने ।
सुदीपको सवारी लाइसेन्स समेत घटनास्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुदीपको परिवार घुम्न गएको जम्मुकश्मिरको उक्त ठाउँ मिनी स्वीट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र हो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ ।
‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ ।
यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन् । उनले यसलाई आतंकवादी हमला भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् ।
मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।
सुदीप आमासँग घुम्न गएका थिए । नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमा–बुबा र दिदीसँग घुम्न गएका बेला आतंकवादी हमलामा परेका थिए ।
गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् ।
नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी गराएका हुन् ।
‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।
मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
स्रोतः द इकोनोमिक्स टाइम्स
प्रतिक्रिया दिनुहोस्: