
काठमाडौं बैशाख ५, बैशाख, नेपालको समसामायिक राजनीतिक घटनाक्रमका कारण नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो जनाएको छ ।
पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेण्डामा बैठकमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेसँग सत्तागठबन्धन गरेको काँग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । काँग्रेसका शीर्ष नेताहरूले नै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरिरहेका छन् ।
ललितपुरको सानेपास्थित वीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।नेपाली काँग्रेृसका महामन्त्रधी विश्व प्रकाश शर्मालय सरकारको कार्यली प्रति तिीव असन्तुष्टि जनाएका छन् । शर्माले ७ वटा बुादा केलाउँदै सरकारको कार्यशैली प्रति तीवब असन्तुष्ष्टि जनाएका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र उसको साझेदार दल नेपाली काँगे्रसबीच खटपट भइरहेको समाचार आइरहेको बेला महामन्त्री शर्माले ७ बुँदेमा सरकारको आलोचना गर्दै आफ्ना धारणा सार्वजतिक गरेका हुन् ।
काँग्रेसका अर्का महामन्त्री गगन थापालगतै शर्मा पनि सरकारको आलोचनामा कडा रुपमा उत्रिएका छन् ।
मंगलबार एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीको कार्यशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलालिया पुगेको टिप्पणी गरेको थिए । सरकारको भविष्य बारे शंका–उपशंका र गठनवन्धनका नेताबीच असमझदारी सार्वजनिक भएपछि शर्माको पछिल्लो भनाई आएको हो र सामाजिकण् संजाल विधेयक, कुलमान घिसिङ प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिवि उपकुलपतिको राजीनामा, गर्भनर नियुक्ति र नेपाल प्रहरीका एकाइजी पद रिक्त भएको जस्तो ७ वटा बुँदा समेट्दै शर्माले सरकारको कामको आलोचना गरेको छन् ।
शर्माले सरकारको कार्यशैली बदल्नु पर्ने बताएका छन् । सरकारले नगर्नु पर्ने निर्णयमा हतारो गर्ने र गर्नु पर्ने निर्णयमा विलम्व गर्नेगरेको भन्दै शर्माले आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: