अर्थ
काठमाडौं । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई २१ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको पक्राउ गरेको हो ।
भट्टराईले स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट गएको टोलीले उनीमाथि निगरानी गरेको थियो ।
निगरानीकै क्रममा लेखा अधिकृत भट्टराईले सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिएपछि उक्त रकम सहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई वडा कार्यालयबाटै आज साउन ८ गते पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: