विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

२०८३ असार १०

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ।

पौडेलकी पत्नीले दायर गरेको उक्त रिटमा राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाण र पर्याप्त कानुनी आधारबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।

निवेदनमा संविधान र प्रचलित कानुनले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रताको अधिकारविपरीत पौडेललाई हिरासतमा राखिएको जिकिर गरिएको छ। साथै पक्राउ र हिरासत प्रक्रिया कानुनसम्मत नभएको दाबी पनि गरिएको छ।

विभागले मंगलबार अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पौडेललाई सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्: