काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका छन्।
उनीहरूलाई आज राष्ट्रपति कार्यालय शीतलन निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि उपस्थिति रहेको थियो।
महावीर पुन म्याग्दीबाट गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए। सुधन गुरुङ गोर्खाबाट निर्वाचित भएर गृहमन्त्री बनेका थिए। तर उनको सम्पत्ति सम्बन्धी विवाद उत्पन्न भएपछि छानबिनका लागि राजीनामा दिएका थिए। छानबिन समितिले उनलाई सफाई दिएसँगै गृहमन्त्री पदमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्: