इरान र इजरायलबीच फेरि भीषण युद्ध शुरु

२०८३ जेष्ठ २५

काठमाडौं । इरानले आइतबार मध्यराति प्रहार गरेको मिसाइलका विरुद्धमा इजरायलले प्रत्याक्रमण शुरु गरेको छ। इरानको राजधानी तेहरानसहितका शहरहरूमा शक्तिशाली विस्फोटन भएका छन्।

इरानको राजधानी तेहरान सहित अन्य शहरहरु तरबिज र इस्फहानमा विस्फोटन भएका छन्। आईआरजिसीले इजरायलले हवाई आक्रमण गरेको दाबी गर्दै उचित जवाफ दिने जनाएको छ।

केही दिनदेखि शान्त रहेको मध्यपूर्वमा पुनः युद्ध शुरु भएको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण जारी राखेपछि नयाँ परिस्थिति विकास भएको हो। इरानले अमेरिकासँग युद्ध विरामको लागि लेबनानमा पनि युद्ध रोकिनुपर्ने माग गर्दै आइरहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनलाई समेत अवज्ञा गर्दै अघि बढेको इजरायलको कारण पछिल्लो युद्ध भड्किएको हो।

नयाँ परिस्थितिमा विकास भएको युद्धको प्रत्यक्ष प्रभाव दुबईमा पर्ने देखिएको छ। चार लाख भन्दा बढि नेपाली रहेको दुबईबाट नेपालीहरुलाई स्वदेश फर्काउने पक्षमा सरकारले ठोस पहल गरेको छैन।

तर युएई विस्तारै युद्धको चपेटामा फस्ने निश्चित जस्तै देखिएको छ । मध्यपूर्वमा जारी युद्धमा अबको निशाना इरानले युएईलाई बनाउने सम्भावना छ। पाकिस्तानले जारी राखेको वार्ता प्रयास इजरायलको कारण भाँडिने अवस्थामा पुगेको छ। अमेरिकासँग इरानको युद्ध भाँडिएको अवस्थामा इजरायलसँग मात्रै भएपनि युद्ध हुने निश्चित छ। यस्तो अवस्थामा पनि मध्यपूर्वमा रहेका धेरै नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्: