काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नामावलीसहितको विवरण सार्वजनिक गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी कार्य हेर्ने निकायअन्तर्गत रहेको उक्त कार्यालयले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा लुकाइछिपाइ राखिएको सम्पत्ति तथा रकमबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचना उपलब्ध गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।
कार्यालयले सार्वजनिक सूचनामार्फत ती सहकारीका सञ्चालकहरूलाई संस्थाको दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत साधनको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
साथै बचतकर्ताको रकम फिर्ता, दायित्व फरफारक तथा नियामकीय प्रक्रियामा नियमित रूपमा समितिसँग समन्वय गरी सहयोग गर्न समेत भनिएको छ। समितिले निर्देशनको पालना नगरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।
सहकारी संस्थाका संञ्चालकहरुको उपलव्ध नामवली सहितको विवरण _mrucgqp

प्रतिक्रिया दिनुहोस्: