काठमाडौं । अन्तिम समयमा इरानले भाँजो हालेपछि अमेरिका र इरानबीचको युद्ध लगभग भाँडिने निश्चित भएको छ । जसको परिणाम मध्यपूर्व भिषण युद्धको खतरा अगाडि आएको छ ।
शनिबारसम्ममा वार्ता अन्तिम चरणमा पुग्दै लागेको र धेरै कुरामा सहमति भइसकेको बेला इजरायलले भाँजो हालेपछि अमेरिका–इरान वार्ता भंग हुने अवस्थामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिजोसम्म गुड डिल भन्दै खुशी व्यक्ति गरिरहेका थिए भने आजदेखि डिल गर्न हतार नभएको भन्दै पन्छिदै गएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो भाका फेर्नुमा इजरायल मुख्य रुपमा जिम्मेवार रहेको विश्लेषण गरिएको छ । इरानको आधिकारिक सरकारी संञ्चार माध्यम तास्निमले जारी शान्ति वार्तामा अमेरिकी अवरोधले काम गरेको टिप्पणी गरेको छ । साथै आज विहान इरानसँग जारी वार्तामा हुन लागेको डिल यसअघि ओबामा सरकारको पाला भन्दा राम्रो हुन लागेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युरेनियम ध्वस्त पार्नुपर्ने, मिसाइल प्रविधिमा रोक लगाउनु पर्ने लगायतका मागहरु अघि सारेर अमेरिकालाई अप्ठेरोमा पारिरहेका छन् । दि जेरुसेलम पोष्टका अनुसार इरानको मिसाइल प्रविधि, प्रोक्सी वार र युरेनियमका मुद्दामा डिल गर्न अमेरिका असफल भएको टिप्पणी गरिएको छ । जसले अमेरिका इरानबीचको युद्ध अन्त्यको लागि नभई भड्काउने कार्यमा योगदान गरिरहेको छ ।
लाखौं नेपाली श्रमिकहरु कार्यरत रहेको मध्यपूर्वमा अर्को अकल्पनीय दुर्घटनाको संघारमा पुगेको विश्लेषण गरिएको छ । हिजो अन्तिम चरणमा भनिएको वार्ता कतै यसअघि स्वीटजरल्याण्डमा वार्ता गर्दागर्दै फ्रेबुअरी २८ मा आयोतोल्ला खामेनीसहित शीर्षस्थ नेताहरुको हत्या गर्ने यसअघिकै चाल झै अर्को रणनीति त होइन ? कुटनीतिक क्षेत्रमा पनि प्रश्नहरु उठेका छन् । पुनः युद्धमा फर्केको अवस्थामा मध्यपूर्वमा रहेका थुप्रै नेपालीहरुले महंगो मूल्य चुकाउनुपर्ने हुँदा नेपाल सरकार पनि इरान–अमेरिका युद्धलाई नजिकबाट नियाल्नु आवश्यक हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस्: