भोली असोज १ राष्ट्रिय शोक दिवस

२०८२ भाद्र ३१

काठमाडौं भाद्र ३१, नेपाल सरकारले २३ र २४ गते जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरु प्रतिको सम्झनामा असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधबार (असोज १) शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा समेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
साथै आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा देशभरी ७२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: