अर्थ
काठमाडौं साउन २, एकता घोषणापछि एकता राष्ट्रिय अभियानका अध्यक्ष रहेका वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसँग अंकमाल गरी खुशी साटेका छन् ।
कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दबवैले स्वागत गरेका थिए ।
गौतमले एकीकृत समाजवादीसँगको एकता प्रयास चार वर्षपछि सफल भएको बताएका थिए ।
उनले एकता घोषणा हुँदा आफू शब्दमा बयान नै गर्न नसक्नेगरी खुशी भएको बताएका थिए । त्यही भाव उनले नेताहरूसँग खुशी साटासाट गर्दा गरेका अंकमालमा पनि देखिएको छ ।
एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: