
वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा चैत २२ र २३ गते दुई दिने वर्डक्याम्प नेपाल २०२५ कुन्डलिनी दरबारमा हुन लागेको हो ।
काठमाडौंको चण्डोलमा हुने उक्त कार्यक्रममा वर्ड प्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्ड प्रेस जान्न उत्सुकहरु सहभागी हुनसक्ने आयोजकले जनाएको छ ।
सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना हुँदै आइरहेको छ । वर्डक्याम्प वर्ड प्रेस सम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।
वर्ड प्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजवुत बनाउन वर्ड क्याम्पले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश, अमेरिका, युरोपेली मुलुकहरु जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति हुने छन् ।
यसअन्तर्गत अन्तक्र्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत रहने वर्ड प्रेस काठमाडौंले जनाएको छ ।
उक्त सम्मेलनका लागि चाँडै नै अनलाइन रजिस्ट्रेसनको प्रक्रिया खुला हुने बताइएको छ ।
कार्यक्रमका मुख्य विशेषताहरूः
कार्यक्रमको पहिलो दिन वर्ड प्रेसको ओपन–सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ । सहभागीहरूले वर्ड प्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् । यो दिन टिम लीडरले वर्ड प्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू, र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन् । यस दिन वर्ड प्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर–प्रोग्रामर दुबै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ ।
२. कन्फरेन्स डे (अप्रिल ५)ः
यो दिन वर्ड प्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ । वर्ड प्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर हो । यसैदिन वर्ड प्रेस वर्कशपको पनि तयारी हुँदै छ । जसमा कुनै विषयवस्तुलाई आधार मानेर वर्ड प्रेसमा त्यस सम्बन्धित वेभसाइट तयार गरीने छ ।
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च–इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्ड प्रेस प्रेमीहरूले भाग लिन सक्नेछन् ।
किन सहभागी हुने ?
वर्ड प्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न ।
नेटवर्क निर्माण गर्न ।
आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न ।
वर्ड प्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न ।
वर्ड क्याम्प नेपाल २०२५ वर्ड प्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम हो । वर्ड प्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण छ ।
उक्त सम्मेलनमा सहभागिताको लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला हुने बताइएको छ ।
थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइट : https://nepal.wordcamp.org/मा जान सक्छ ।
प्रतिक्रिया दिनुहोस्: