
धनबहादुर मगर :
पुष्पलाल विचार प्रवद्र्धन केन्द्रको आयोजनामा कमरेड पुष्पलाल र नेपाली कम्युनिष्ट आन्दोलनमा अबको बाटो विषयक अन्तरक्रियात्मक गोष्ठी २०८२ सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीमा कार्यगत एकता गर्ने उद्देश्य राखेको छ । जनाआधार नभइकन अत्यधिक केन्दीय विद्रोह सोचीरहेका धेरै राजनीति दलहरुले शहरी विद्रोहमा केन्द्रीत गरेका छन् ।
ग्रामीण आन्दोलनमा ध्यान दिएको छैन । कार्यक्रमहरु केन्द्रीय संघर्षमा स्थानीय स्तर भएको संघर्ष उठेको छैन ।
पुष्पलाल विचार प्रवद्र्धन केन्द्रका सदस्य कृष्णहरी भट्टले जनसंघर्ष र प्रतिरोध संघर्ष गरौं भन्ने पुष्पलालले दीर्घकालीन सशस्त्र संघर्ष र कृषि क्रान्तिको बाटो लिएको थियो । अबको बाटो कार्यदिशा के हुन सक्छ भनेर सत्ता बाहिर छलफल गरेका छौं ।
भट्टले समकालीन कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्नेमा पुष्पलाललाई नेपाल जनवादी आन्दोलनको धरोहरको रुपमा लिएको छ । गद्दार किन हुनुपर्ने र मुख्य अन्तरविरोध के हो ? नेपाल अर्ध सामन्ति अर्ध औपनिवेशिक भएको देश हो । र भारतीय विस्तारवाद, घरेलु प्रतिक्रियावादी, कृषि क्रान्ति, किसान संघर्ष, गद्दार मान्छेहरुले संसदीय अभ्यासमा भोट माग्ने काम भई राखेको छ । पुँजीपतिहरुसँग दलालीकरण गरिरहेकाहरु वास्तविक कम्युनिष्ट होइनन् ।
पुष्पालाल दर्शनद्धारा अगाडि बढाउन जनतालाई आन्दोलन अगाडि बढाउनु पर्छ । पुँजीवादले प्राकृतिक माथि अनावश्यक दोहन गरेर वैशिक अन्तरविरोध सिर्जना गरेको छ । प्रकृति माथि दोहन गरेको छ । प्राकृतिक द्धन्द्ध अगाडि आएको छ । समाज शास्त्रीय ढंगले विरोध गरेको अवस्थामा प्रकृतिक द्धन्द्धलाई सरोकार बढाएको छ ।
१ संसदवादी धार
२ क्रान्तिकारी धान
संसदवाद विरुद्ध कसरी तयार हुने ? हामी झिनो मतभेद राखेर अगाडि बढेका छौं । द्धन्द्धात्मक भातिकवादी दृष्टिले काम गरौं । पुष्पलाल विचार प्रवद्र्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको २००६ देखि २००८ सालसम्म संशोधनवादले कसरी प्रवेश ग¥यो । २००८ देखि २०२५ सम्म के किसान आन्दोनल अगाडि बढेन ? संशोधनवादले पार्टीलाई दरबारमा समातेर लगेका थिए । त्यसपस्चात ६ जना कम्युनिष्ट सदस्यहरु बिच सम्मेलन गरेर कम्युनिष्ट पुनर्गठनमा महत्वपूर्ण योगदान गरेका थिए ।
२०२८ साल देखि २०३६ सालसम्म झापा विद्रोहमा विद्याथी आन्दोलनबाट पञ्चायती सरकार झुक्न वाध्य भयो । वहुदलीय झिनो मतबाट हारे पनि गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको जनआन्दोलन गर्न सफल भयो । आन्दोलनहरु २००६ सालदेखि २०६३ सम्म आएर पनि सम्झौतामा टुंगेको अवस्था छ । माओवादीले केही त गरेका छन् । उपरी संरचना र आधारभूत जनतासम्म परिवर्तन हुन सकेन । सबैको धेय क्रान्तिकारी धार उत्पन्न भएको छ भन्ने कुरामा पार्टीहरु एकमत भएपनि आज पनि पार्टी टुटफुटको अवस्थामा छ । जोसुकै नाम लिएर गएपनि जानु पर्ने बाटोमा पुग्न सकेनौं । वर्तमान अवस्थामा ठाउँ परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, अन्तरविरोध बढे पनि द्धन्द्धमा चाहीँ गएको छैन । हामीले गरेको कुराहरु आधारभूत तहमा क्रान्तिकारीहरु एकजुट नभईकन अगाडि बढ्न सक्दैन ।
नेकपा २००६को अध्यक्ष टंक पौडलले सबैको विचार एउटै छ । नेपालको जनवादी संघर्ष समय परिवर्तन भएको छ । संघर्षको समयमा परिवर्तन भएको छ । १ करोड श्रमजीविहरु बाहिर गएका छन् । पहाडमा सारा भूमी बञ्जर भएको छ । बाँदर र जंगली जनावर बस्ने ठाउँ भएको छ । गाउँ–गाउँमा बस्न नसकेर शहरको सदरमुकाममा आएर बस्न थालेका छन् ।
राती गाउँमा, दिनभर जंगलमा युवाहरु संगठित भएर बस्थे । युवाहरु संगठित नभइकन संघर्ष अगाडि बढ्दैन । ५० भन्दा माथिकोले संघर्ष गर्न सक्दैन । २५÷३० वर्षका युवाहरुको आवश्यकता पर्छ । हाम्रो कोठे गफले मात्र हुँदैन । काँग्रेस पनि, काँग्रेस छैन, कम्युनिष्ट पनि कम्युनिष्ट छैन । नयाँ क्रान्तिकारी खोज्नु जरुरी छ । जिल्लामा १० जनाले आन्दोलन उठ्दैन । काम गर्न गएकाहरु, क्रान्ति गर्न आउ भन्दा मान्दैन ।
मनाउन घरमै बस्ने अवसर मिलाउनु पर्छ । कसरी क्रान्ति गर्न सकिन्छ भन्ने कुरा गरौं । गाउँमा फर्काउन त्यति सजिलो छैन । प्रत्येक गाउँमा साना कृषि उद्योग चलाउनु पर्छ । बजार हामीले लिनु पर्छ । वन, जंगल हुनु राम्रो कुरा हो । जंगल भएपछि जंगलको माटो रोकिएको छ । सरकारलाई वाध्यकारी बनाउन जरुरी छ । संगठन नबनाइकन संघर्ष अगाडि बढ्न सक्दैन ।
माओवादी आन्दोलन पछि यो नहुँदो रहेछ भन्ने भएको छ । गाउँको आन्दोलनले भन्दा शहरी विद्रोहले नै परिवर्तन गर्न सक्छ ।
पुष्पलाल अध्ययन समाजको अध्यक्ष मुकुन्द न्यौपानेले तत्कालीन विशेष परिस्थिति संशोधन गरेका थिए । अखिल नेपाल क्रान्तिकारी माले बन्दा संशोधन गर्नुपर्ने थियो, आएन ।
पार्टी स्थापनाको घोषणा गर्दा विरोध गरेको थियो । २०१६ सालमा हस्त लिखित भएको वक्तव्य बाहिर प्रकाशनमा आएन । २०३० सालमा मोहन विक्रम सिंहले पुष्पलालाललाई गद्दार भनेर भन्यो । तर अहिले सुधार गरेको कुरा गथ्र्यो । तर दरवारका लागि छद्मभेसहरु गद्दार त हो नि ।
झापा विद्रोहको कुरा कम्युनिष्ट आन्दोलनमा तान्नु । पुष्पलालले गरेको कुरा प्रायोजित हो भने, रायमाझी वाला हुन् । २०४६ सालको आन्दोलनलाई आलोचनात्मक समर्थन ग¥यो । २०४७ सालमा बनेको संविधानलाई समर्थन ग¥यो । जनआन्दोलनको समीक्षामा लेखेको छ ।
घरेलु पँुजीवाद तल्लो ढाँचामा परिवर्तन नभएको अवस्थामा उपरी ढाँचामा परिवर्तन हुँदँन । पुष्पलालले पूरानै दलाल नोकरशाही पुँजीपति लेख्नु भएन । पुष्ष्पलालको नाम लिँदा मोहनविक्रम सिंहले भने सुधार हुँदैन । उनले २०२९ सालमा लेखेको पाइन्छ ।
नेपालमा उद्योग धन्दा नभए पछि मजदुर वर्ग हुँदेन । विसर्जन गर्ने कुरा नगरौं ।
चिन्तित हुनु पर्दैन । बीउ जस्तो रोपेको छ फल पनि त्यस्तै फल्छ ।
हिचकिचाउनु पर्ने र अन्तर्राष्ट्रिय समाजवाद र सोभियत समाजको पतन नभनांैं । विघटन लेख्दा ठीक हुन्छ कि । संसदवादीहरु संसदलाई साध्य मान्छन् । जनआन्दोलनमा समीक्षा लेखेको छ ।
कार्यनीति परिस्थितिजन्य हुन्छ । ओठे भक्ति र कोठे कुराले क्रान्ति सम्पन्न हुन्न ।
क्रान्तिकारी हितका लागि कुनै पनि अवसरहरु छोड्ने हुन्छ ।
कायनैतिक प्रश्नमा यही नै हुन्छ भनेर राख्नु पर्छ । जनताको हितमा कुनै पनि कार्य हुन सकेको छैन ।
वामपन्थी नेता दिनेश वर्तौलाले कम्युनिष्ट आन्दोलन कसरी अगाडि बढ्छ । आंशिक उपलब्धी भएका छन् । वास्तविक कम्युनिष्ट आन्दोलन नयाँ जनवादी कार्यक्रम हो भन्ने लाग्छ । सशक्त आन्दोलनले माग पनि गर्छ । बल प्रयोगको सिद्धान्तले आन्दोलन गर्ने सम्भव छ कि छैन । कारवाहीको अवस्थाको एक्ला–एक्लै हिड्ने र झुण्ड–झुण्डमा बाडेछौं । नयाँ जनवादी सिद्धान्तलाई अंगीकार गर्ने र सशस्त्र संघर्षमा जनतालाई सहभागी गराउने प्रतिनिधित्व हुने गरि गर्नु पर्छ ।
टुटफुट र विभाजनको शिकार हामी आफै भइरहेका छौं । क्रान्तिकारी शक्ति बिच बलियो संरचनाको आवश्यकता छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिव रामसिंह श्रीसले कम्युनिष्ट आन्दोलनको अबको बाटो के हुने भन्ने लाग्छ । नयाँ जनवादी क्रान्ति पूरा गरेर कम्युनिष्ट आन्दोलनको अबको बाटो के हुने हो जस्तो लाग्छ ।
नयाँ जनवादी क्रान्ति पूरा गरेर समाजवादी क्रान्ति तर्फ जाने हो । नयाँ जनवादी क्रान्ति गरेर वैज्ञानिक समाजवादी क्रान्तिको कुरा गरौं । राजनीतिक परिवर्तन नयाँ जनवादी क्रान्न्तिनै हो । त्यो बेला र अहिलेको परिस्थितिमा के फरक छ ? एउटा नयाँ जनवादी क्रान्ति सकेर समाजवादी क्रान्तिमा गयो भन्ने छ । वैज्ञानिक समाजवादी क्रान्तिको विषय आएन । नयाँ जनवादी भन्ने हो भने वैज्ञानिक समाजवादी विषय आउनु पर्छ । अन्तरविरोधको कुरा सामन्तवाद र घरेलु प्रतिक्रियावाद नव सामन्तवादमा फरक के छ ? हिजो पुष्पलालले विश्लेषण गरेको बेलाको जस्तो सामन्तवाद अहिलेको सामन्तवाद होइन । दलाल पुँजीवादको विकास भएन ।
गुणात्मक राजनीतिक प्रतिक्रियावादीहरुको हातबाट खोस्न सकेन । माक्र्सवादी दृष्टिकोण ध्वस्त गरेर प्रतिक्रियावादी शक्ति लागि परेको छ । नयाँ जनवादी क्रान्ति २००७ सालदेखि २०६२÷०६३ मा आएर नयाँ पनि संरचना त्यही बस्यो । सेना, प्रहरी, प्रशासन र अदालत पनि उही ।
सामन्तवादहरु धेरै जसो दलाल पुँजीवादमा परिवर्तन भयो । को–को हुने भनेर पार्टीको किटानै गरेर जानु पर्छ । कम्युनिष्ट आन्दोलनमा सबैभन्दा धेरै भ्रममा परेका एमाले र माओवादी नै हुने ।
क्रान्तिकारी शक्तिहरुको आत्मगत अवस्था कमजोर हुँदै गएको छ । बलियो भयो जस्तो देखिन्छ ।
क्रान्तिकारी शक्तिहरु कमजोर छ भन्नु प¥यो । जनसंघर्षले नै वर्ग संघर्षको उत्थान गर्न सक्छ ।
जनसंघर्ष नै वर्ग संघर्षको रुप हुन् । वर्ग संघर्षको रुप हुने हातहतियार नउठ्दा पनि वर्ग संघर्ष उच्चतम् विकास हुँदै गएको छ ।
वेल्जियम जस्तो सानो देशमा दीर्घकालीन जनयुद्ध लागु हुँदैन भनेर स्पष्ट पारेका थिए । चिनमा रुसले सहयोग गरेका थिए । जुनदिन पुष्लाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनायो, त्यहीबाट नेपालमा नेपाल कम्युनिष्ट पार्टीमा संशोधानवाद भित्रियो । पहिले सबैले भने तर अहिले गद्दार भन्ने सच्चिएको छ । मोहन विक्रम सिंहले गद्दार भन्नु हुन्न भनेर फिर्ता लियो रे । अब मोहन विक्रममा गद्दार भन्ने साहस छैन । २०५७ सालमा रिजर्भेशेन छ भनेको हो । मिल्ने कुरामा सहकार्य चाहीँ गरौं । सानो कुरामा पार्टी पुटछन् । हामी संकीर्ण छौं । ठूला भएपनि साना मिल्ने भएपनि कार्यगत एकता गर्ने हो ।
सांगठानिक कुरामा मिल्ने भएपछि कार्यगत गर्ने संविधान संशोधन गर्ने कुरा आएको छ । प्रगतिशील खालकालाई समर्थन गर्नु पर्छ । पूर्ण समानुपातिक निर्वाचन गर्ने हो भने विरोध गर्ने होइन ।
प्राध्यापक डा.केशव खाड्काले विषय अति गम्भीर भएको बताए । कम्युनिष्ट पार्टी गठन भएको ७ दशक पुगिसकेको छ । गन्तव्यमा पुग्ने बाटो खोज्दाखोज्दै अलमलिएका छौं । फेल भएको कुराको आंकलन नगरिकन अगाडि बढ्न सक्दैनौं । अलि बुढो भयौं कि, १० मिनेट ढिलो भयो भने हिड्ने गथ्र्यौं ।
चिनमा गुगल प्रतिबन्ध छ । चिनमा बस्दा ४२ दिनसम्म पनि परिवर्तन गर्नमा असमर्थ भएको थिएँ । २०८२ सालको लागि के कार्यक्रम गरौं । पारिवारिक भित्रको निष्पक्षता पनि हामीमा रहेनछ । स्टेफेन हप्किन र विलगेट्सले पनि पुँजीवादीले गन्तव्यमा पु¥याउने नसक्ने बताएका छन् ।
पँजी चाहिदो रहेछ । निर्माणका लागि युवा जमात हेरेर सिद्धान्त पढ्दैनौं । इन्टरनेटको जमाना छ । २०४६ सालमा संसद भएन भनेर गएको माओवादी सबभन्दा ठूलो संसदवादी भएका छन् । तथ्याङ्क २ रोपनीमा अर्थात ६६ प्रतिशत किसान छन् । कामको खोजीमा २० होइन, ८० प्रतिशत युवाहरु विदेश गएका छन् । १८ वर्ष पुगेको ४ लाख युवाहरु यो भुमिबाट पलायन भएका छन् । यदि तिनीहरु देशमा रहे भने सत्ता ५ महिना पनि टिक्दैन । बाँकी रहेको सानो ग्रुप छ । त्यसलाई सम्वोधन गर्न सक्नु पर्छ । हामीहरुले बढी पढियो । शिपयुक्त श्रमले पढेको कुरा थाहा छ । चेपाङ्को छोरोले हेलिकप्टर बनाए । एउटा डाँडाबाट अर्को डाँडामा आलु ओसार्न त काम लाग्छ होला नि ! पुँजीवादी सरकारमा के फरक पर्छ । हामी भुमिमा बाँची रहेका छौं । पुष्पलाल मनमोहन, खड्ग ओलीमा जोड्छौं । र खड्ग ओली खड् हो । अन्तर्राष्ट्रिय स्तरमा साम्यवादी दृष्टिकोणमा हेर्ने हो भने विरालो चाहे कालो होस् वा सेतो, मुसा मारे भईहाल्छ नि । तेङ्ग स्याओपिङ्गले प्रविधिमा गरेको विकास, पँुजी र प्रविधिको विकासलाई जनताको निमित्त प्रयोग गर्ने कि नगर्ने ? उत्पादनको परिणाम ठूलो हुुनु पर्छ । जनताका लागि हो नि । नाफाको लागि संयुक्त जनसंघर्ष गर्ने आधार क्रान्तिकारी संसदबाट अनुभव भयो ।
युवालाई जोडेर उनीहरबाट सिकेर अहिलेको जमाना अनुसार जाने हो । किन ओभर भएर जाने । कोरिया र भियतनामको सोसलिष्ट एटिच्यूतसँग मिल्ने आवश्यकता छ ।
कम्युनिष्ट नेता टंक पोखरेलले अन्तरक्रिया गर्न सकिएला, कम्युनिष्ट आन्दोलन अबको बाटो के हुन सन्छ ? भन्ने तर्फ जानु पर्छ । २०१७ सालमा संसद विघटन गरेपछि पुष्पलालले संसद पुनस्र्थापना गर्ने माग राखेका थिए । २०४६ सालदेखि ०६२÷०६३ पछि नयाँ संविधान निर्माण भयो । नयाँ जनवादी भनेको कम्युनिष्ट पार्टीहरुको सम्बन्ध कता–कता जोडिएको छ । त्यसमा तीन मुद्दाहरु जोडिएका छन् ।
राष्ट्रियताको मुद्दा,
लोकतन्त्र स्थापनाको मुद्दा । जनजीविकाको मुद्दालाई संविधानमा टेकेर कार्यक्रम बनाउन सके अगाडि बढन् सक्छौं । र समग्रमा यति पनि ठूलो कुरो हुन्छ । वृहत राष्ट्रिय एकता, ३ खम्बे अर्थतन्त्रको नीति अपनाउनु पर्छ । वामपन्थी युवा नेता निलगगनले नेपाली युवाहरु खाडी गएका छन् । युवाहरुको अभावमा खडेरी किसानहरु कृषि उत्पादन गर्न सकेको छैन । सबै पार्टीहरु एक ढिक्का हुनु पर्छ । ६३ प्रतिशत किसानको जमीन छैन ।
जनवादी मोर्चाका नेता तथा सल्लाहकार उदय अधिकारीले २००५ सालमा कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखेपछि सामन्तलाई राष्ट्रिय पुँजीपति चल पँुजी, चिन भन्दा फरक विचारको सुधार आयोग गठन गर्ने पुँजीको औद्यौगिकीकरण गरेर मात्र समाजवाद आउने हो । कम्युनिष्ट पार्टी मात्र होइन अरु पार्टीहरुसँग पनि मिलेर जानु पर्छ । त्यतिबेला पञ्चायतलाई एक्लो पार्ने नीति थियो ।
२०१७ सालदेखि ४६ सालसम्म महान वहस भयो । सशस्त्र क्रान्ति मात्र भनेर चुनाव लड्नु भयो । रायमाझीको षद्यन्त्रमा पर्नु भयो । पुष्पलाल वहुपक्षीय संघर्षको पक्षपोषक थियो ।
वामपन्थी नेता डा.मोहन सिंह प्रधान देशको विकास गर्न युवाहरुलाई लिनु पर्ने बताउँदै देश निर्माण गर्न युवाहरु चाहिन्छ । हामी नयाँ एटिच्यूटको कम्युनिष्ट बनाउन चाहन्छु ।
१५ सेप्टेम्वरका अध्यक्ष टंक भट्टराइले माओ विचारधारा उल्लेख हुनुपर्छ । कमरेड पुष्पलालले २०२५ सालमा नयाँ जनवादी क्रान्ति अबको बाटो भनेर स्पट पारेका थिए । नेपाली जनताको मुख्य दुस्मन को हो उल्लेख गर्नु पर्छ । पार्टीको सैद्धान्तिक एकतामा जोडदिन्छ । स्पष्ट राख्न नसके कित उग्रवाद हुन्छ । कित दक्षिणपन्थी संशोधनवाद हुन्छ । पार्टीका सैद्धान्तिक एकतामा जोड दिन्छ । कित दक्षिण पन्थी हुन्छ । सैद्धान्ति स्तरलाई स्पष्ट गर्नु पर्छ । माघ १२ गते एकदेव आले स्मुति दिवस मनाउन गएका छौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले २००६ सालपछि बन्द भएको भए । कम्युनिष्ट आन्दोलनको इतिहासमा नेकपा एकीकृतलाई जोगाउन नसक्दा ठूलो नोक्सान भयो ।
संगठनात्मक इतिहास हेर्दा विद्रोह पनि होला । वहुमतका नेतृत्व गर्ने ढंगले केलाउँदा एमाले र माओवादी हो । माओवादी, चौम सहित माओवादी बन्यो । वैधानिक शक्ति भने पनि कम्युनिष्ट आन्दोलन भने पनि विघटन भयो ।
पुनस्र्थापित गर्ने वैचारिक अवस्था के ? पुनर्गठनको अभ्यास के होला । नेपालमा कम्युष्टि पार्टीलाई पुनगर्ठन गर्नु पुष्पलालको वैचारिक आधारलाई टेकेर, अगाडि बढ्नु वर्गीय रपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आवश्यकता परेको छ । कम्युनिष्ट पार्टीको विसर्जन धारलाई छोडेर क्रान्तिकारी धारको पुनगर्ठन गर्नु पर्ने हुन्छ । मिटरव्याज पीडितहरु आत्महत्या गराउने प्रयास भएका छन् । जो उत्पीडित वर्गसम्म पुग्न सकेको छैन । राजाको निरङ्कुश व्यवस्था फाल्ने काम त भए तर आधारभूत वर्गलाई छुन सकेको छैन । एउटा संसद वहिष्कार गर्ने । एउटा संसदलाई उपयोग गर्ने रुसी डुमाको प्रयत्न सफल भयो ।
शताब्दी अघि विश्वभर राजतन्त्र थियो । उपनिवेशको अन्त्य हिजोको उपनिवेश छैन । शान्तिपूर्ण विकासवादी सिद्धान्तबाट आएको औपनिवेश छ । यहाँको कम्युनिष्ट नेताहरु भन्दा धेरे साधकी छन् र डेरामा बस्थे । सरल शासन चलाए पँुजीवादीहरुले ८० हजार उद्योगहरु उठाए । किसानको जग्गा हडप्यो भनेर बंगालबाट न्यानो कारको कारखाना ४ दिनमा उठ्यो । संसदवादबाट समाजवाद हुँदैन । संसदवादको ध्वांस गर्ने हो । संसद अहिले सबै दलालहरुको संसदको रुपमा रुपान्तरण भयो । नभए संसद वादको ध्वांश हुने थिएन । रुसी क्रान्तिको मोडेल, सफल भयो । बाटो पहिल्याउनु प¥यो । अहिलेको अवस्थाको जनविद्रोह नै हो । अबको बाटो दीर्घकालीन जन जनयुद्धबाट हुँदैन संसदबाट पनि हुँदैन । अबको बाटो जग्गाको हदवन्दी भन्दा माथि रहेको छ । जमीनहरु बचेर खानु पाउने भयो । ८० प्रतिशत जनता यही छ । संसदवादीहरु कम्युनिष्ट होइन । यिनको भ्रमबाट मुक्त हुनु प¥यो । वैज्ञानिक समाजवाद र नयाँ जनवादी क्रान्ति विषय छलफल गर्नु पर्छ ।
१ विसर्जनवादको पतन,
२ संसदीयवादलाई कायम गर्ने प्रचण्ड सारा संसार हल्लाउने मान्छे । अहिले क्रान्तिको बाटो नयाँ जनवादनै हो । अबको जनक्रान्ति भनेको ८० प्रतिशत जनताको मुढेबलले गर्ने जनक्रान्ति हो । त्यसले मात्र जनक्रान्ति गर्न सक्छ । अहिले सडकको हिरो दर्गाप्रसाई भएको छ ।
वृहत जनक्रान्तिको आधार तयार गर्ने राष्ट्रको पुँजी कब्जा व्यूरोक्रेसीको हातमा गएको छ ।
नयाँ शिराबाट संगठन विकास गर्न सकिएन भन्न सकिन्छ ।
हिजो दमन गर्ने अग्रगमन मोर्चा एमाले हुनु । क्रान्ति त्यसै भएको होइन । महान वहस हुन्थ्यो यथास्थितिवादले सम्भव छैन । नयाँ जनवाद कि वैज्ञानिक समाजवाद कार्यक्रम बनाऔं ।
पुष्पलाल विचार प्रवद्र्धन केन्द्रका भवानी केसीले संशोधनवादी विचारसँग सहमत हुन । संसदवादी व्यवस्थालाई तिरस्कृत गरि अगाडि बढ्ने नै हो ।
कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले गरेका थिए ।
मिति : २०८१ माघ ८ गते पुष्पलाल विचार प्रवद्र्धन केन्द्रद्धारा आयोजित छलफल कार्यक्रम भएको वहस कार्याक्रम
प्रतिक्रिया दिनुहोस्: