
काठमाडौं पुस १९, बौद्धिक सम्पति संरक्षण समाज नेपालको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थापक अध्यक्ष भरतबहादुर थापाले आफ्नो मन्तव्य राख्दै बौद्धिक सम्पति संरक्षण समाज नेपाल ‘सामाजिक संस्था भने पनि, यो आन्दोलन हो’ भने । थापाले भने आज प्रविधि अगाडि बढेको छ । एआईको प्रभाव हुनसक्छ । संसारमा एआईको प्रभाव मानव उपयोगितालाई असर पु¥याउँछन् कि जस्तो लाग्छ । यो प्रविधि जेनेरेशन ग्याप र व्रेन ड्रेनको कारण विकास भएको हो । आइपीपीएसमा यसको के प्रभाव पार्छ । छिटो छिटो भएको विकासले कस्ता प्रभाव पार्दै लान्छ ? डेस्टिीनेशनमा प¥याउँछन् कि पु¥याउँदैन । ‘हेर सन्ध्यामा सूर्यको गति’ भने जस्तै हुने हो कि भन्ने लाग्छ ।
उद्योग विभागका पूर्व महानिर्देशक तथा बौद्धिक सम्पति संरक्षण समाज नेपालका निवर्तमान अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षता वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोखलाल पुरीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले ११ सदस्यीय बौद्धिक सम्पति संरक्षण समाज नेपालको पदाधिकारी निर्वाचित गरेका छन् ।
साधारणसभाले निर्वाचित गरेको पदाधिकारीहरुमा अध्यक्ष विश्वकुमार केसी, उपाध्यक्ष अमरबहादुर थापा, महासचिव लक्ष्मण रिमाल, सचिव सरोज खनाल, कोषाध्यक्ष शिव थापा, सदस्यहरु प्रतिमा पाण्डे, चुडामणी देवकोटा, लक्ष्मी सापकोटा, सज्जनवरसिंह थापा, मुकेश ढुंगाना लगायत पदाधिकारीहरु निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष विश्वकुमार केसीले र संस्थालाई व्यापारी विनोद चौधरीदेखि सडकका साना व्यापारीसम्म प¥याउनु पर्ने बताए । केसीले भने हाम्रो वास्मति चामल, हाम्रो हो भनेर बेच्न नपाउने अवस्था आएको छ ।
बास्मती चामलमा अरु आएर ताल्चा लगाउने दिन नआउला भन्न सकिन्न ।
आइपीपीएसको कारणले गर्दा ठूलो लस पनि भोग्नु पर्ने अवस्था आउन सक्छ ।
स्थानीय तहले बौद्धिक सम्पतिको संरक्षण कानून बनाएर गर्नु लागेको छ । उद्योगहरुको १ प्रतिशत सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय अवार्ड गर्न सक्यो भने काम गर्न सक्छौं । एकीकृत बौद्धिक सम्पति ऐन ड्राफ्ट हुने सिलसिलामा छन् । संस्था आफै पनि समाजन पहिचान नभएको अवस्था छ । समाजमा देखिने गरि कार्यक्रम गर्नु पर्छ । आफूलाई वैज्ञानिक भन्नेहरु छन्, तर व्यवहारको कमी छ । हाम्रो उत्पादनामा ताल्चा लाग्ने अवस्था आउन सक्छ, उनले भने ।
बौद्धिक सम्पतिमा ज्ञान र कानूनी संरक्षण प्रदान गरेको हुन्छ । सबै ज्ञान बौद्धिक सम्पतिमा संरक्षण हुन नयाँ ज्ञान प्रवद्र्धन गर्नु पर्छ ।
यो भावी सन्ततीहरुका लागि हो । जति पनि नेपाललाई चिन्ने मुलुकहरु छन् उनीहरुले ‘नेपाललाई सुनको थालीमा भिख माग्ने देशको रुपमा चिन्दछन् ।’ पालिका र शैक्षिक संस्थाहरुलाई मुख्य आधार बनाउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्: